अस्ट्रेलियामा इतिहास रच्ने यी अद्भुत नेपाली महिलाहरू

अस्ट्रेलियामा आयोजित आइएफसीपीएफ एसिया-ओसियनिया च्याम्पियनशिपका सहभागीहरू मध्ये नेपाली महिला टोली पनि एक रहेको छ। मुख्यतः सेरिब्रल पल्सी (सीपी)को बारेमा जनचेतना फैलाउने उद्देश्यका साथ आयोजना गरिने यस प्रतियोगितामा भाग लिएको नेपाली टोलीको लागि यो आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल थियो।

Rewati Karki (L) and Ranjana Dhami (R) after Nepal secured a goal against Japan.

Rewati Karki (L) and Ranjana Dhami (R) after Nepal secured a goal against Japan during the 2023 IFCPF Asia-Oceania Championships in Australia. Source: Facebook / SBS Sport

टोलीले अस्ट्रेलिया र जापान गरी दुई देशसँग खेलेका खेलमा जित्न सफल नभए तापनि, यस मौकाबाट धेरै कुराहरू सिकेको र नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस गरेको एसबीएस नेपालीलाई बताएको छ।

जापानसँगको खेलमा नेपालका लागि पहिलो र एक मात्र गोल गर्दै रञ्जना धामीले इतिहास रचेकी हुन्।

नेपालमा विभिन्न किसिमका विशेष अवस्थाका साथ बाँचिरहेका मानिसहरूका लागि थप सहयोगको आवश्यकताको माग गर्दै, यस प्रतियोगिताबाट सिकेका नयाँ कुराहरूलाई स्वदेशमा लागु गर्ने उद्देश्य रहेको टोलीको भनाइ छ।
पूरा रिपोर्ट हाम्रो अङ्ग्रेजी संस्करणमा उपलब्ध छ:

‘A big step’: Nepali para women’s football team kick historical goal in Australia


Share

Published

Updated

By Dinita Rishal
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand