यस पटकको दशैंमा कोरोनाभाइरस फैलन नदिनेबारे सोच्न अस्ट्रेलियाका नेपालीलाई आग्रह

अस्ट्रेलिया भर एक महिना लामो हिन्दु उत्सव सुरु भएपछि स्वास्थ्य अधिकारीहरूले कोभिड–१९ का स्वास्थ्य सल्लाहको अनुसरण गरेर आफ्नो आफ्ना प्रियजन र समुदायको सुरक्षामा ख्याल राख्न अनुरोध गरेका छन् ।

Authorities are urging people celebrating Dashain in Australia to think about rules around coronavirus restrictions

Authorities are urging people celebrating Dashain in Australia to think about rules around coronavirus restrictions Source: AAP

 


प्रमुख विषय

  • हिन्दुहरूको चाड दशैको चहलपहल सुरु
  • चाडबाडका बेला सुरक्षित रहन स्वास्थ्य अधिकारीहरूको सुझाव
  • नेपाली व्यवसायीहरूको व्यापारमा वृद्धि


हिन्दुहरूको सबैभन्दा महत्त्वपूर्ण चाडका रूपमा रहेको दशैको आगमन भइसकेको छ ।

चार लाख भन्दा बढी हिन्दु धर्मावलम्बी रहेको अस्ट्रेलियाको यस वर्षको दसैँ भने अन्य वर्ष भन्दा अलिक फरक हुनेछ ।

यस्तै भनाई न्यू साउथ वेल्सका स्वास्थ्य अधिकारीहरूको छ,उनीहरूले यस वर्षको पर्वलाई पहिले भन्दा फरक ढङले मनाउन आग्रह गरेका छन् ।

आफ्नो र आफ्नो प्रियजनको सुरक्षामा ख्याल गदै कोभिडका स्वास्थ्य सल्लाहलाई अनुसरण गर्न अनुरोध गरिएको छ ।

यसै गरी राज्यका कोभिड सम्बन्धी प्रतिबन्धहरूको पूर्ण पालना गर्न र आफन्त वा नजिकका नातेदारहरुलाई भेट्न जाँदा आफू सङ्क्रमित नभएको स्पष्ट हुन पनि सङ्घीय स्वास्थ्य विभागले अनुरोध गरेको छ । 

एसबीएस नेपाली सँगको कुराकानीमा स्वास्थ्य विभागले ठुला जमघट वा भेलामा साझा चीजहरूको प्रयोग गर्दा ध्यान दिन पनि अनुरोध गरेको छ ।
新州政府促請近2萬名居住在雪梨西部和西北部的居民立即進行新冠病毒檢測
新州政府促請近2萬名居住在雪梨西部和西北部的居民立即進行新冠病毒檢測 Source: AAP Image

दसैँ र तिहारमा सुरक्षित रहन स्वास्थ्य अधिकारीहरूले दिएको सुझाव

  • न्यू साउथ वेल्स राज्यमा घर भित्र केवल २० जना मात्र भेला हुन पाइन्छ भने बाहिर भेला हुने सङ्ख्या ३० जना तोकिएको छ ।
  • जतिसक्दो बाहिर र खुला ठाउँमा मनाउनुहोस् भिडभाडबाट टाढा रहनुहोस् ।
  • आफू सँग नबस्ने वा नचिनेका मानिसहरू सँग अङालो हाल्ने वा चुम्बन गर्ने जस्ता कार्य नगर्नुहोस् ।
  • आफ्नो हात नियमित रूपमा धुनुहोस् वा स्यानिटाइजरको प्रयोग गर्नुहोस् ।
  • खानपान गर्दा एउटै भाँडाकुँडा प्रयोग नगर्नुहोस्
  • मन्दिर वा अन्य भिडभाड हुने स्थानमा जाँदा मास्कको प्रयोग गर्नुहोस् सकभर १ दशमलव ५ मिटरको दुरी कायम गर्नुहोस ।
  • कोभिड–१९ का कुनै पनि सङ्केत भए तुरुन्तै जाँच गराउनुहोस् । 

Image

कोभिडका बिच नेपालीको दसैँ

दसैँमा अधिकास अस्ट्रेलियाबासी नेपाली कोभिडका स्वास्थ्य सल्लाह अनुसरण गरेरै मनाउने तैयारीमा छन् । सामाजिक दुरी कायम गर्ने र सकभर भिडभाडमा नजाने प्रयास गर्ने एसबीएससँगको कुराकानीका क्रममा बताएका छन् ।

अलावा सुपर मार्केटमा कार्यरत मन्जील खड्का सँगै बस्ने परिवारका सदस्यहरू सँग टिका थाप्दा सामाजिक दुरीका ख्याल नगरे पनि बाहिर आफन्तकोमा टिका थाप्दा भने विशेष सतर्कता अपनाउन् बताउँछन् ।

उनी भन्छन् “आफ्नै सँग दसैँ मनाउँदा त रमाइलो पनि गर्नु पर्‍यो नि ”
manjil khadka works at allwah supermarket
Source: manjil khadka
काठमाडौँ बुचरीमा काम गर्ने सोनिया राई भने यसपटको दसैँमा पनि टिका नथापी बित्ने भएपछि निराश छिन् ।

लगातार ३ वर्ष देखि निधार खालि राखेकी सोनियाले यसपालि दसैँमा नेपाल जाने सोचेकी थिइन् तर कोभिड–१९ का कारण उनको योजना सफल हुन सकेन ।
soniya rai works at kathmandu buthchery in penshurst
Source: soniya rai

दसैँमा नेपाली व्यापार

न्यू साउथ वेल्सका नेपाली समुदायहरू बस्ने अधिकास सर्बवका नेपाली पसलहरूमा किनमेल गर्नेहरूको भिड बढेको छ ।

विशेष गरी मासु जन्य बस्तुको बिक्री निकै बढेको व्यापारीहरू बताउँछन् ।

हिसीला सुपर मार्केटमा म्यानेजरका रूपमा काम गरी रहेका सञ्जीव खड्गी भन्छन् पछिल्ला केही दिनमा व्यापारमा निकै बृद्धी भइरहेको छ ।

उनी भन्छन् “गत हप्ता देखि दोब्बर तेब्बर व्यापार बढेको छ,ग्राहकले पहिले जस्तो नै गरी दसैँ मनाइरहेका छन् जस्तो लाग्छ, कोभिड छ भनेर मानिसहरू घरमै बसेका छन् जस्तो मलाई लाग्दैन । ”

काठमाडौँ बुचरीमा कार्यरत सिर्जन कठ्यात पहिलाको दसैँ र यस पटकको दसैँमा खासै फरक नपरेको बताउँछन् ।

दसैँ नजिकिँदै गर्दा आफ्नो व्यापारमा पनि निकै वृद्धि भएको उनी बताउँछन् ।

उनी भन्छन् “कोरोनाले असर गर्छ कि भनेको त्यसो भएन, कोरोनाका बिच नि व्यापार सोचे जस्तै छ ।”
sanjib khadki is the manager at hisila grocery shop in rockdale.
Source: sanjib karki

Share

Published

Updated

By Krishna Pokharel

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
यस पटकको दशैंमा कोरोनाभाइरस फैलन नदिनेबारे सोच्न अस्ट्रेलियाका नेपालीलाई आग्रह | SBS Nepali