लेबर नेता बन्न अल्बनीजीको बाटो खुल्ला हुँदै

राष्ट्रिय स्तरमा लेबर पार्टीको नेतृत्व गर्ने जिम्मेवारी एन्थोनी अल्बनीजीलाई जाने सम्भावना देखिएको छ। लेबर नेताका लागी अर्का प्रत्यासी क्रिस बोवेनले नेतृत्वका लागी नलड्ने बताए पछि अल्बनीजीको सम्भावना बलियो भएको हो।

DJ albo

Source: The Feed

प्रतिनिधि सभामा ७६ सिट सुरक्षित गर्न सफल हुँदा गठबन्धनले बहुमतको सरकार बनाउने तयारी गरिरहँदा लेबर भने पूर्व नेता बिल शर्टन को पार्टी नेता नरहने घोषणा सँगै नयाँ नेतृत्वको खोजीमा रहेको छ।

लेबर पार्टीलाई नेतृत्व गर्न योग्य रहेको भन्दै एन्थोनी अल्बनीजीले आफ्नो नाम अगाडी ल्याउँदा उनी सँगै क्रिस बोवेनले पनि यो प्रतिस्पर्धामा आउने बताएका थिए।
तर, बुधवार बोवेनले आफू पार्टी नेताका रूपमा नलड्ने बताएपछि अल्बनीजी निर्विरोध लेबर नेता बन्न सक्ने सम्भावना बढेको छ।
पार्टीका धेरै हस्तीहरूले अल्बनीजीलाई नयाँ पार्टी नेताका रूपमा समर्थन गर्ने बताई सकेका छन्।

बोवेनले आफूलाई लेबर सांसदहरूको समर्थन रहे पनि सामान्य सदस्यहरूले अल्बनीजीलाई समर्थन गर्ने विश्वास गरेका छन्।

उनले जति सक्दो चाँडो उम्मेदवारीबाट आफ्नो नाम हटाए पछि अन्य नेतृत्वका लागी प्रतिस्पर्धा गर्न चाहनेहरूका लागी मार्गप्रसस्त हुने बताएका छन्।

आफू पार्टी नेतृत्वको लागी लडेका कारणले गर्दा नै पार्टीका लागी केही गर्छु भन्ने अन्य सांसदहरू पनि यो प्रतिस्पर्धाबाट हट्ने अवस्था नहोस् भनेर आफ्नो नाम हटाएको बोवेनको भनाइ रहेको थियो।



यस्तैमा एन्थोनी अल्बनीजीले चाहिँ आफूलाई दिइएको समर्थनका लागी कृतज्ञता व्यक्त गरेका छन्।

उनी भन्छन्, "मलाई विश्वास लाग्छ यदि प्रतिस्पर्धा नै हुने भयो भने पनि अधिकांश वरिष्ठ सांसदहरूले आफ्नो नेतृत्वलाई समर्थन गर्छन्। र पक्कै पनि मैले २०१३ मा आफ्नो नाम अगाडी ल्याउँदा देखिएको लेबरका सामान्य सदस्यहरूको समर्थनलाई हेर्दा आत्मविश्वास छ तर पूर्ण सन्तुष्ट भने छैन।"

क्विन्सल्याण्डका जिम चाल्मर्सले नेतृत्वका लागी लड्नेबारे सोची रहेको बताए पनि बिहीबार उनले यो दौडमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेका छन्।
यस अघि चाल्मर्सले आफूलाई पार्टी नेतृत्वका लागी हुने निर्वाचनमा उठ्न प्रोत्साहित गरिएको र यसबारेमा चाडै निर्णय लिने ट्विट गरेका थिए।
नयाँ लेबर नेता छनौट गर्न पर्ने मतहरू दुई भागमा बाँडिएको छ जसमध्ये आधा लेबर सांसद र सिनेटरबाट आउने मतलाई गणना गरिने छ भने आधा पार्टीका सदस्यहरूको मत हुनेछ।

यसअर्थमा सांसद र सामान्य सदस्यहरू दुवैबाट समर्थन प्राप्त व्यक्ति नै पार्टी नेता बन्नेछन्।

तर पार्टी नेतृत्व परिणाम आगामी महिना जुनमा मात्र आउने अनुमान गरिएको छ।



लेबर सिनेटर पेनी वोङ्गले निर्वाचनमा पार्टीले भोगेको पराजय पश्चात् पार्टीलाई एकीकृत गर्न उत्तम व्यक्ति भएको भन्दै आफ्नो समर्थन अल्बनीजीलाई दिएकी छन्।

आफूलाई पार्टीको उच्च पदमा हेर्ने बारेमा भने वोङ्गले लेबर सिनेट नेत्रीका रूपमा नै निरन्तरता दिने भन्दै पार्टी नेत्री बन्ने आफ्नो महत्वाकांक्षा नरहेको बताएकी छन्।
"मैले सिनेटमा लेबरको नेतृत्व गर्न आफ्नो नाम अगाडी सारेको छु।"
अस्ट्रेलियालीहरूले गठबन्धनलाई निर्वाचित गरेको भए पनि मलाई लाग्दैन कि उनीहरूले सिनेटमा सित्तैमा प्रवेश पाउन् भन्ने अस्ट्रेलियाली चाहन्छन्।"

र हाम्रो भूमिका भनेको उनीहरूलाई जबाफदेही बनाउने र उनीहरूको कामलाई जाँच गर्ने हो, र मैले यसलाई निरन्तरता दिने बारे सोचिरहेको छु यदि मेरा सहकर्मी र लेबर सिनेटरहरूले मेरो समर्थन गर्नुभयो भने।"

 

शर्टन राजिनामा र नेतृत्व छनौट
सङ्घीय निर्वाचनमा लगातार तिन पटक हार व्यहोरेको लेबर पार्टीको दुई हारमा भने पार्टीलाई नेतृत्व गरेका बिल शर्टनले पार्टीको भलाइका लागी र परिवारलाई समय दिने भन्दै पार्टी नेता नरहने घोषणा गरे।

उक्त पराजय लाई 'विनाशकारी' बताउँदै अल्बनीजीले लेबरलाई पुन:निर्माण गर्न आफू उपयुक्त व्यक्ति भएको भन्दै आफ्नो उम्मेदवारी दिएका थिए।

केही लेबर सांसदहरूले पार्टी नेतृत्वका लागी आफ्नो नाम अगाडी ल्याए पनि केही समय पश्चात् नै यो प्रतिस्पर्धामा नरहने घोषणा गरिरहेका छन्।

तान्या प्लिबर्सेक, क्रिस बोवेन, जिम चाल्मर्स ती मध्ये केही त्यस्ता नाम हुन् जसलाई यो नेतृत्व चुनावमा उम्मेदवार हुन सक्ने बताइएको थियो।
तर उनीहरूले यो दौडमा भाग नलिने घोषणा गरिसकेका छन्। यी मध्ये एक नाम भने स्थिर रहेको छ - एन्थोनी अल्बनीजी।
अल्बनीजी पूर्वाधार, सहरी यातायात तथा ग्रामीण विकास छायाँ मन्त्री रहेका छन्।

आगामी सोमबार सम्ममा लेबर नेतृत्वका लागी प्रतिस्पर्धा गर्न चाहनेले आफ्नो उम्मेदवारी दिन सक्ने छन् तर यदि कसैले पनि सो समय सीमा भित्र आफ्नो उम्मेदवारी नदिए र एन्थोनी अल्बनीजीले आफ्नो उम्मेदवारी फिर्ता नलिए उनी निर्विरोध लेबर नेता बन्नेछन्।

 

को हुन् डिजे अल्बो?



आगामी लेबर नेता बन्ने दरिलो सम्भावना बोकेका अल्बनिजीको विरुद्धमा यदि सोमबार सम्म पनि कसैले आफ्नो नाम नदिए उनी निर्विरोध लेबर नेतामा निर्वाचित हुनेछन्।

लेबरको पनि वामपन्थी धारमा उभिएका अल्बनीजी यो पक्षधरहरू माझ प्रिय रहेका छन् ।

भित्री पश्चिमी सिड्नीको ग्राएंड्लर निर्वाचन क्षेत्रबाट १९९६ देखि नै निर्वाचित हुँदै आएका अल्बनीजी छायाँ मन्त्री, मन्त्री साथै उप- प्रधान मन्त्री समेत बनिसकेका छ।

सिड्नी युनिभर्सिटीमा अध्ययनरत रहँदा नै विद्यार्थी राजनीतिमा लागेका अल्बनीजी लेबर र त्यसमा पनि वामपन्थी धारको लेबरको हिस्सा बनेका थिए।

The Feed
Young Albo loved politics and football. Source: Facebook


सांसद बन्नु पूर्व अल्बनीजीले लेबर पार्टीको सचिवका रूपमा र तात्कालिन न्यु साउथ वेल्स प्रिमियर बब कार का लागी समेत काम गरेका थिए।

यो त भयो राजनीतिक यात्रा अल्बनीजीलाइ एक डिजेका रूपमा पनि चिनिन्छ भन्दा अचम्म लाग्न सक्छ।
DJ albo
Source: The Feed
विद्यार्थी जीवन देखि नै सक्रिय राजनीतिमा लागेका अल्बनिजीको गीत सङ्गीत प्रतिको मोह र डिजेइङ्ग कला गत वर्ष अक्टोबरमा मात्र क्यानबेरामा पनि देखिएको थियो।

Share

Published

Updated

By SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand