'рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛ рдд рдЖрдЗрдпреЛ рддрд░ рдХреНрд╡рд╛рд░реЗрдиреНрдЯрд┐рдирд▓реЗ рдЖрддреНрддрд┐рдПрдХреЛ рдЫреБ': рдмреНрд░рд┐рд╕рдмреЗрди рд╣реЛрдЯрд▓рдорд╛ рд░рд╛рдЦрд┐рдПрдХрд╛ рдиреЗрдкрд╛рд▓реАрдХреЛ рдЕрдиреБрднрд╡

рд╡рд┐рднрд┐рдиреНрди рдХрд╛рд░рдгрд▓реЗ рдиреЗрдкрд╛рд▓ рдЧрдПрдХрд╛ рддрд░ рд▓рдХрдбрд╛рдЙрдирдХрд╛ рдХрд╛рд░рдг рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛ рдлрд░реНрдХрди рдирдкрд╛рдПрдХрд╛ рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛рд▓реА рдирд╛рдЧрд░рд┐рдХ рддрдерд╛ рд╕реНрдерд╛рдпреА рднрд┐рд╕рд╛рдорд╛ рд░рд╣реЗрдХрд╛рд╣рд░реВрд▓рд╛рдИ рдиреЗрдкрд╛рд▓реА рдзреНрд╡рдЬрд╛ рд╡рд╛рд╣рдХ рдЬрд╣рд╛рдЬрд▓реЗ рдмрд┐рд╣реАрдмрд╛рд░ рдмреНрд░рд┐рд╕рдмреЗрдирдХреЛ рд╡рд┐рдорд╛рди рд╕реНрдерд▓рдорд╛ рдЙрддрд╛рд░реЗрдХреЛ рдЫред

Om Krishna Shrestha_quarantine_ Brisbane Hotel_corona virus

Source: Supplied

अस्ट्रेलिया प्रवेश गरिसकेका उक्त विमानका यात्रुहरूलाई देश फर्काएर राहत दिए पनि महँगो टिकट र  १४ दिनको होटेल बसाइले केही पिडा भने दिएको छ। 

कतिले टिकट धेरै महँगो भएको भन्ने गुनासो गरेका छन् भने कतिले आपतमा त्यतिको कदम चाल्नु पनि प्रशंसनीय रहेको प्रतिक्रिया दिएका छन्।

उक्त विमानमा यात्रा गर्नेहरूमा नेपाली पृष्ठभूमिका अस्ट्रेलियाली तथा अस्ट्रेलियाको  स्थायी भिसा भएकाहरू रहेका थिए।  तिनै मध्येका एक हुन् ओम कृष्ण श्रेष्ठ।
Nepal Airlines_Australia_corona virus_rescued from nepal
Source: facebook/Om Krishna Shrestha
महँगो टिकट:

१,८०० अमेरिकी डलर (लगभग ३,००० अस्ट्रेलियन डलर) तिरेर टिकट किनेका ओम कृष्ण श्रेष्ठलाई पनि टिकट मूल्य निकै बढी रहेको जस्तो नलागेको होइन।

"यहाँको झन्डै ३ हजार डलर भयो, त्यो सुन्दा त मलाई पनि अफोर्ड गर्न चाहिँ गाह्रो नै थियो, किनकि वन वे टिकटको लागी त्यो भनेको धेरै नै महँगो हो। यो त समस्यामा परेकालाई लुटेको जस्तो भयो।"

यदि परिवार आफू सँग नै नेपालमा गएको भए यति महँगो टिकट किनेर अस्ट्रेलिया फर्कनु भन्दा त नेपालमा नै बस्ने निर्णय लिने बताउँछन् ओम कृष्ण।

महँगो टिकट शुल्कका कारणले अस्ट्रेलिया फर्कन मन नगरेका मध्ये कृष्ण पोखरेल पनि एक हुन्। आफ्नो श्रीमती र छोराका साथ नेपाल गएका उनलाई अस्ट्रेलिया फर्कनु पर्ने हतारोका बिच पनि त्यति धेरै रकम खर्चेर फर्कनु पर्ने कुरा चित्त नबुझे पछि नेपालमा नै रहने निर्णय गरे।

तर ओम कृष्ण श्रेष्ठले चाहिँ परिवार एकातिर आफू अर्कोतिर हुनु भन्दा महँगो नै भए पनि टिकट काटेर परिवारसँगै बस्ने निर्णय गरे

तर अस्ट्रेलिया आउने बित्तिकै कहाँ परिवारसँग भेट्न पाइन्छ र?

टिकट शुल्क मात्र नभएर कृष्ण पोखरेलका लागी अस्ट्रेलिया आइसकेपछि क्वारेन्टिनमा बस्ने कुरा र अस्ट्रेलियामा भन्दा नेपालमा भाइरस सङ्क्रमण कम देखिदा  नेपाल नै सुरक्षित हुन्छ कि भन्ने कुराले पनि नेपालमा नै रहने सोच आयो।

टिकट शुल्क र अस्ट्रेलिया प्रवेशसँगै १४ दिनको क्वारेन्टिनमा बस्नु पर्दा धेरैले अस्ट्रेलिया आउने योजनालाई स्थगित गरेको बुझाइ पोखरेलको रहेको छ।
१४ दिनको क्वारेन्टिन:

अहिले सरकारी नियम अनुसार विदेश यात्राबाट आएका यात्रुहरूले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएकाले नेपाल बाट आएका सो विमानका यात्रीहरूले पनि अबको १४ दिन ब्रिसबेन स्थित एक होटेलमा बिताउनु पर्ने भएको छ।

पहिले सिड्नी आउने भनिएकोमा उडानको अघिल्लो दिन मात्र उनीहरूलाई ब्रिसबेनमा लाने कुराको जानकारी दूतावासले दिएको थियो।
corona virus_quarantine_Nepali_Brisbane hotel
рдмреНрд░рд┐рд╕рдмреЗрдирдХреЛ рд╣реЛрдЯрд▓рдорд╛ рдУрдо рдХреГрд╖реНрдг рд╢реНрд░реЗрд╖реНрдардХреЛ рдХреЛрдард╛ Source: Supplied
सिड्नीमा यात्रुहरूलाई राख्ने होटलहरू भरिएको भन्दै ब्रिसबेन लाने निर्णय लिएको जानकारी आफूलाई दिइएको श्रेष्ठले बताए।

दुई हप्ता ब्रिसबेनमा क्वारेन्टिनमा बसी सकेपछि सिड्नी जाँदा पनि एक राज्यबाट अर्को राज्यमा जाँदा क्वारेन्टिनमा बस्नु पर्न सक्ने जानकारीहरू पाएकाले पनि एक महिना क्वारेन्टिनमा बस्न सहज नहुने देखेको पोखरेलको भनाइ छ।

"ब्रिसबेनबाट १५ दिन पछाडि फेरी सिड्नी पुग्दा अर्को १५ दिन क्वारेन्टिनमा बस्नु पर्ने हो कि भन्ने कुरा पनि आयो किनभने सूचनाहरू प्रस्ट भएको छैन। अस्ट्रेलियाको एउटा राज्य बाट अर्को राज्यमा पनि बन्देज गरेको हुनाले क्वारेन्टिनमा बस्नु पर्छ कि भन्ने कुरा एउटा कारण भयो।"

अहिले ब्रिसबेनमा रहेका ओम कृष्णले प्लेनबाट आउँदा त्यस्तो हुन सक्ने भए पनि आफैले गाडी रिजर्भ गरेर सिड्नी गए क्वारेन्टिन बस्नु नपर्ने आफ्नो बुझाइ रहेको बताएका छन्।

यात्राका क्रममा जहाज भरिएकोले सामाजिक दुरी त सम्भव थिएन तर सबैले खाना खाने समय बाहेक अन्य समयमा मास्क लगाउने र बेला  बेलामा हात स्यानिटाइज गरेन र धुने गरेको उनको भनाइ छ।
Nepal airlines_Australia_corona virus_rescued from nepal
Source: facebook/Om Krishna Shrestha
यात्रा अवधिमा कसैमा पनि त्यस्तो भाइरस सङ्क्रमणको चिन्ता भएको जस्तो उनलाई लागेन। साथै ब्रिसबेनको एयरपोर्टमा उत्रने बित्तिकै उनीहरूलाई लाइनमा राखेर तापक्रम जाँच गरिनुका साथै कोरोना भाइरस सम्बन्धी विविध जानकारीहरू पनि प्रदान गरियो।

त्यहीँ प्रहरी अधिकारीले उनीहरूलाई क्वारेन्टिनका सम्बन्धमा जानकारी दिएका थिए।

फोर पोइन्ट्स बाइ सेराटन नामक होटेलमा सम्पूर्ण यात्रीहरूलाई आर्मी र प्रहरीले निकै कडाइका साथ पुर्‍याएको उनले बताए।

पछिल्लो समयमा सरकारी रोहबरमा १४ दिनको क्वारेन्टिनमा बसेकाहरूले जेलमा बसेको जस्तो अनुभव भएको भन्दै सामाजिक सञ्जालहरूमा पोस्ट गरिरहेका रहेका छन्।

ओम कृष्णलाई होटेल कस्तो छ त भनी सोधिएकोमा उनले पनि कोठा ठुलै भए पनि गुम्सिएको जस्तो अनुभव भएको बताए।
hotel quarantine system
рдУрдо рдХреГрд╖реНрдг рд╢реНрд░реЗрд╖реНрда рдмрд╕реЗрдХреЛ рдХреЛрдард╛ Source: Supplied
"यहाँ चाहिँ के रहेछ भने बढीमा दुई जना मात्र बस्न मिल्ने रहेछ। परिवार पनि ३-४ जना भए बस्न मिलेन। कोठाको साइजहरू ठुलै छ तर यहाँ ढोका बार्दली केही पनि छैन, हावा आउने पनि केही छैन र एसी पनि राम्रो सँग चलेको छैन। अलि गुम्साएर राखेको जस्तो लागिराखेको छ।"

ताजा हावाका लागी  झ्याल खोल्न पाइँदैन र कोठामा हावा आउजाउ गराउने अन्य व्यवस्था पनि छैन।

 कुनै कोठा बाहिर सुरक्षा कर्मीहरू नबसे पनि कोठा बाहिर निस्कन पाइँदैन भने दिनमा तिन पटक खाना दिने व्यवस्था गरिएको उनले जानकारी दिए।

तर खाना ल्याउनेलाई पनि खासै भेटिने सम्भावना नभएको उनले बताए। खाना ल्याएर ढोकामा ढकढक्याए पछि परैबाट खाना लिनु पर्नेछ। 

१४ दिन एक्लै होटलको बन्द कोठामा बिताउने सम्झँदा आत्तिएका छन् ओम कृष्ण। उनले सिड्नीमा रहेका श्रीमती र आफ्नो आमालाई फोन गरेर सबै कुरा बुझाएको भए पनि आफूलाई नै चाहिँ १४ दिन कसरी बिताउने भनेर अत्यास लागेको छ।
Nepal Airlines_Nepali_quarantine_Brisbane hotel_Australia_Om Krishna Shrestha
Source: Supplied
यदि त्यहाँ बसिरहँदा आफू अस्वस्थ भएको अनुभव भए अपरेसन म्यानेजरलाई फोन गरेर जानकारी गराउन आफूहरूलाई निर्देशन दिइएको उनले बताए।

अस्ट्रेलिया आउनु पुर्वको अनिश्चितता :

पारिवारिक कार्यक्रममा सहभागी हुनका लागी दुई महिना अगाडी अर्थात जनवरीमा नेपाल गएका उनले मार्च देखि नेपालमा पनि कोरोना भाइरस संक्रमणबारे केहि चर्चा हुन थालेको बताए।

तर त्यति बेलासम्म पनि नेपालमा कसैलाई संक्रमण नदेखिएकाले त्यति धेरै चिन्ता भने थिएन। उनको परिवार अस्ट्रेलियामा नै रहेकाले अस्ट्रेलियामा देखिएको घटनाक्रमबारे पनि उनि समाचारहरू मार्फत जानकारी लिइरहेका हुन्थे।

 संघिय सरकारले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्न भन्दै अस्ट्रेलियाका स्थाईबासी र नागरिक बाहेकलाई देश प्रवेश गर्न नदिने नियम ल्याए पछि एक बच्चा र श्रीमती अस्ट्रेलियामा नै रहेकाले उनि पनि केहि आत्तिएका थिए।

त्यहि समयमा नेपालमा लकडाउन सुरु भयो र नेपाल सरकारले नेपालमा अड्किएका अस्ट्रेलियालीहरूलाई फिर्ता पठाउने निर्णय गर्यो जुन निर्णय ओम कृष्ण श्रेष्ठका लागी अन्तिम आशा बन्यो अस्ट्रेलिया फर्कने।
Nepal Airlines_Nepali_quarantine_Brisbane hotel_Australia_Om Krishna Shrestha
Source: facebook/Om Krishna Shrestha
नेपाल लकडाउनमा भएको र अस्ट्रेलियाले पनि अन्तराष्ट्रिय उडान बन्द गरेको सुन्दा अस्ट्रेलियामा रहेका परिवारको याद आउने त छदै थियो उनलाई अस्ट्रेलियामा काम पनि अलपत्र पर्ने थप चिन्ता आइपर्यो।

"कस्तो लाग्यो भने, अब यहाँ अड्किने भयो काम पनि लथालिङ्ग हुने भयो देखि बालबच्चा र परिवारको याद आयो। किनभने नेपालमा पनि अनिश्चित लकडाउन छ, कैले सम्म हुने अत्तोपत्तो छैन। ६ महिना हुने कि १ वर्ष हुने त्यो निश्चित छैन।"

कृष्ण पोखरेलले अहिले सम्मको परिस्थितिलाई हेर्दा  नेपालको लकडाउन कति समयका लागी लम्बिने हो भन्ने अनिश्चितताले भने चिन्ता उब्जाएको बताएका छन्।

तर विश्व जगतले नै कोभिड १९ संक्रमण कम गर्न विभिन्न प्रतिबन्ध लगाई रहेकोले यी सम्पूर्ण अफ्ठ्याराहरूलाई सकारात्मक ढंगले हेर्नु पर्ने उनको भनाइ छ।
Despite the cost, Australians in Nepal relieved to be coming back home
Source: facebook/Krishna Pokharel
जटिल प्रक्रिया :

ओम कृष्णले टिकट खरिद प्रक्रिया लामो र झन्झटिलो भएको बताएका  छन्।

 पहिले सबै प्रक्रिया दूतावास मार्फत गर्ने भनिए पनि पछि तेस्रो पक्ष अर्थात् ट्राभल एजेन्सी मार्फत गरिनु पर्ने बताइयो।

सम्पूर्ण कागज पत्र एजेन्सीलाई पठाए पछि पनि प्रक्रिया अगाडी बढेको बारे जानकारी लिन इमेल र फोनमा निरन्तर सम्पर्क गरिरहनु पर्‍यो।

"जाने ३० मार्चमा भनेको थियो फेरी त्यसलाई सार्‍यो,  हामीलाई टिकट आउने हो कि हैन ठेगान नै छैन। पहिले कतार एयरवेजबाट  सिड्नी आउने भन्या थ्यो  पछि एक्कै चोटि ब्रिसबेन भयो। उडान मिति र समय नै परिवर्तन भयो। हुने नहुने निश्चित नै थिएन।"
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

 

 


Share

Published

Updated

By SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
'рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛ рдд рдЖрдЗрдпреЛ рддрд░ рдХреНрд╡рд╛рд░реЗрдиреНрдЯрд┐рдирд▓реЗ рдЖрддреНрддрд┐рдПрдХреЛ рдЫреБ': рдмреНрд░рд┐рд╕рдмреЗрди рд╣реЛрдЯрд▓рдорд╛ рд░рд╛рдЦрд┐рдПрдХрд╛ рдиреЗрдкрд╛рд▓реАрдХреЛ рдЕрдиреБрднрд╡ | SBS Nepali