क्विन्सल्याण्ड
म त क्विन्सल्याण्डमा पो छु, मेरो लागि के छ त भन्नुहुने पाठकहरूका लागि भने त्यहाँको राज्य सरकारले आइसोलर्न भनेर कार्यक्रम सञ्चालन गरेको छ।
टेफ क्विन्सल्याण्ड अन्तर्गत पढ्न वा तालिम लिन सकिने यी कोर्सहरूले माथि उल्लेखित अन्य राज्यहरू झैँ कुनै विशेष सिप सुधार गर्न सहयोग गर्ने क्विन्सल्याण्ड राज्य सरकारको भनाइ छ।
आइसोलर्न अन्तर्गत पहिलो श्रेणीमा माइक्रो-क्रेडेन्सियल नाम दिइएको एक घण्टा भित्र जसो नै गर्न मिल्ने ६ वटा पूर्ण रूपले निःशुल्क अनलाइन कोर्सहरू छन्। तिनमा भर्ना हुन तपाईंले एउटा फाराम भरेर दर्ता हुनुपर्छ र यिनका लागि योग्यता तोकिएको छैन।
६ निःशुल्क माइक्रो-क्रेडेन्सियल कोर्सहरू

ISOLEARN Source: SBS Nepali
- डिजिटल लिट्रेसी एसेंसियल्स
- साइबर सेक्युरिटी एसेंसियल्स
- कम्युनिकेसन टेक्नोलोजीस फर बिजिनेस सक्सेस
- डिजिटल डाटा एसेंसियल्स
- डाटा सेक्युरिटी एसेंसियल्स
- डाटा अनालिसिस एसेंसियल्स
क्विन्सल्याण्ड टेफले यी बाहेक नौ निःशुल्क “स्किल सेट” पनि उपलब्ध गराएको छ तर यी सबैका लागि भने होइनन्।
यिनमा पहुँच पाउन सबैभन्दा पहिले तपाईँ क्विन्सल्याण्डको स्थानीय हुनुपर्यो अनि कि त रोजगारी खोजिरहेको व्यक्ति वा त कोभिड-१९ ले प्रभावित।

Source: SBS News/Omar Dabbagh
रोजगारी खोजिरहेको व्यक्ति भन्नाले तपाईँ कि त जबसीकर कार्यक्रममा दर्ता भएको हुनुपर्छ वा कन्सेसन कार्ड होल्डर हुनुपर्छ।
कोभिड-१९ प्रभावित हुनुहुन्छ भन्नका लागि चाहिँ तपाईंले कोरोना सङ्कटका कारण क्विन्सल्याण्ड टेफलाई आफ्नो आय स्रोत गुमेको वा कामबाट हटाइएको वा रोजगारीमा समय कटौती भएको भनेर भन्नु पर्छ।
अनि ती स्किल सेटमा के-के पर्छन् भनेर सोध्नु होला, नौ स्किल सेटहरू यस प्रकारले रहेका छन्:
- कम्युनिटी केयर
- हेल्थ सर्भिस सपोर्ट
- असिस्ट क्लाएन्ट विथ मेडिकेसन
- मेन्टल हेल्थ पीयर वर्क
- बेसिक कस्टमर इन्गेजमेन्ट
- मेन्टरिङ्ग एण्ड सुपरभिजन
- फूड सर्भिस
- फार्म लेबरर
- ट्रान्सपोर्ट (ड्राइभर)
क्विन्सल्याण्ड टेफका अनुसार हाल यी कुनैमा पनि भर्ना लिन थालिएको छैन, तपाईँलाई यी मध्ये कुनैमा भर्ना हुन मन लाग्यो भने “स्किल सेट रेजिस्ट्रेसन फर्म” भर्न भनिएको छ।
नर्दन टेरोटेरी
नर्दन टेरोटेरीमा बस्छु भन्नुहुन्छ भने त्यहाँको राज्य सरकारले कोभिड-१९ का कारण आफ्नो जागिर गुमाएकाहरूले “टेरोटेरी जब्स हब” प्रयोग गरेर काम खोज्न मिल्ने व्यवस्था गरेको छ।
तपाईँ रोजगारदाता हुनुहुन्छ भने उक्त सरकारी सेवा प्रयोग गरेर आफूलाई चाहिएको कामदारहरू खोज्न सक्नुहुन्छ।
टेरोटेरी जब्स हब सेवा प्रयोग गर्न, नर्दन टेरोटेरीका बासिन्दाहरूलाई शुल्क लाग्दैन।
वेस्टर्न अस्ट्रेलिया
वेस्टर्न अस्ट्रेलियाका हाम्रा पाठकहरूले आफ्नो क्षमता बढाउन तालिम वा प्रशिक्षण लिन्छु भन्ने सोच लिनुभएको छ भने तपाईंले आफू नजिकैको “जब्स एण्ड स्किल्स सेन्टर”हरूमा सम्पर्क राख्नुपर्छ।
राज्यभर छरिएर रहेका यस्ता सहायता केन्द्रहरूले निःशुल्क आफ्नो सेवा दिन्छन् र यी सुविधा वेस्टर्न अस्ट्रेलियामा बस्ने सबैलाई प्राप्त हुन्छ।
स्थानीय जब्स एण्ड स्किल्स सेन्टरलाई सम्पर्क गर्नु अघि के-कस्ता तालिमहरू सस्तोमा गर्न मिल्छ भनेर हेर्ने भए वेस्टर्न अस्ट्रेलियामा यो वर्षको सुरुदेखि नै कम शुल्क लाग्ने क्वालिफिकेसनहरू यस प्रकार छन्:
सर्टिफिकेट फोरका कोर्सहरू

Trauma Education in Jabiru for remote area health workers. Source: NATIONAL CRITICAL CARE AND TRAUMA RESPONSE CENTRE
- एबोरिजिनल एण्ड/अर टोरेस स्ट्रेट आइल्यान्डर प्राइमरी हेल्थ केयर प्राक्टिस
- एजिङ्ग सपोर्ट
- अल्कोहल एण्ड अदर ड्रग्स
- साइबर सेक्युरिटी
- डेन्टल असिसटिङ्ग
- डीस्याबिलिटी
- मेन्टल हेल्थ
- मेन्टल हेल्थ पीयर वर्क
- प्रिप्रेसन फर हेल्थ एन्ड नर्सिङ स्टडिज
सर्टिफिकेट थ्री का कोर्सहरू

Source: Supplied
- एग्रीकल्चरल मेकानिकल टेक्नोलोजी
- एलाइड हेल्थ असिसटेन्स
- अटोमेटिभ इलेक्ट्रिकल टेक्नोलोजी
- सिभिल कन्स्ट्रक्सन
- कमर्सियल कुकरी
- सिभिल कन्स्ट्रक्सन प्लान्ट अपरेसन्स
- कम्युनिटी सर्भिसेस
- ड्रिलिङ्ग अपरेसन्स
- अर्ली चाइल्डहुड एजुकेसन एण्ड केयर
- इलेक्ट्रोटेक्नोलोजी इलेक्ट्रिसियन
- इन्जिनियरिङ - फ्याब्रिकेसन ट्रेड
- इन्जिनियरिङ - मेकानिकल ट्रेड
- इभेन्ट्स
- गाइडिङ्ग
- हार्भेस्टिङ्ग एण्ड हौलेज
- हेभी कमर्सियल विहिकल मेकानिकल टेक्नोलोजी
- हस्पिट्यालिटी
- इन्डीभिजुअल सपोर्ट
- मोबाइल प्लान्ट टेक्नोलोजी
- टुरिस्म
सर्टिफिकेट टुका कोर्सहरू 

Source: Pexels
- सिभिल कन्स्ट्रक्सन
- कम्युनिटी सर्भिसेस
- इण्ट्रोडक्सन टु डीस्याबिलिटी केयर
- इण्ट्रोडक्सन टु एज्ड केयर
साउथ अस्ट्रेलिया
साउथ अस्ट्रेलियामा हुनहुन्छ भने आर्थिक सहायता पाइने तालिम वा टेफ अन्तर्गतका पढाई - तपाईँ - महानगरीय क्षेत्र वा रिजनल कहाँ बस्नुहुन्छ - त्यसमा भर पर्छ।
अनुदान प्राप्त ती कार्यक्रमहरूमा भर्ना हुन भने तपाईँ कि त अस्ट्रेलियाली नागरिक हुनुपर्छ, होइन भने तपाईँसँग पीआर हुनु जरुरी हुन्छ। तर फेरी यी दुई मध्ये एक सर्त पुरा गरेर मात्र पनि पुग्दैन - तपाईँ साउथ अस्ट्रेलियाको बासिन्दा हुनुपर्यो अनि फेरी तपाईँको उमेर १६ वर्ष भन्दा माथि हुनु पनि एक अर्को सर्त छ। योग्यता पुग्ने नपुग्ने बारे हेर्न यहाँ जानुहोस्।
बिजिनेस एण्ड मार्केटिङ, एजुकेसन एण्ड ल्याङ्गवेजेस र इन्फर्मेसन टेक्नोलोजी गरेर तीन सङ्कायमा विभाजित गरिएको महानगरीय क्षेत्र लक्षित छोटो समयमा गर्न मिल्ने ती १६ शर्ट कोर्सहरू यस प्रकार छन्:
- कन्ट्रयाकटर्स लाइसेन्सिङ्ग यूनिट - इस्ट्याबलिश लिगल एण्ड रिस्क म्यानेजमेन्ट रिक्व्यारमेन्ट फर स्मल बिजिनेस
- कन्ट्रयाकटर्स लाइसेन्सिङ्ग यूनिट - प्लान स्मल बिजिनेस फाइनान्सेस्
- फेशन रिटेल रेडी
- रिटेल फेशन स्टाइलिङ्ग
- भिजुअल मर्चनडाइसिङ्ग वर्कशप
- इन्टरप्रेटिङ्ग स्किल्स फर नाटी सर्टिफिकेसन
- ट्रान्सलेटिङ्ग स्किल्स फर नाटी सर्टिफिकेसन
- म्याथ्स फर नर्सिङ
- असेसमेन्ट एक्टिभिटिज एण्ड प्रोसेसेस एण्ड भ्यालीडेसन
- डीसाइन एण्ड डिभेलप असेसमेन्ट टुल्स
- एड्भान्स्ड माइक्रोसफ्ट वर्ड, एक्सेल एण्ड पावरपोइन्ट
- गेट्टिङ्ग टु नो योर कम्प्युटर
- इन्टरमिडियट माइक्रोसफ्ट वर्ड, एक्सेल एण्ड पावरपोइन्ट
- इन्ट्रडक्सन टु पाइथन प्रोग्रमिङ्ग
- क्रिएट अ बिजिनेस वेबसाइट यूसिंग वर्डप्रेस
- क्रिएट, फर्म्याट एन्ड अपलोड अ बेसिक वेबसाइट (एचटीएमएल ५)

Source: Pexels
- रन योर स्मल बिजिनेस - फाईनान्सियल प्लानिङ एण्ड जेरो फर फार्म्स एण्ड रुरल बिजिनेसेस
- असेसमेन्ट एक्टिभीटिज एण्ड प्रोसेसेस भ्यालीडेसन
- रेस्पन्सिबल सर्भिङ्ग अफ अल्कोहल एन्ड लिकर लाइसेन्सिङ्ग लज् अफ साउथ अस्ट्रेलिया
- एड्भान्स्ड माइक्रोसफ्ट वर्ड, एक्सेल एण्ड पावरपोइन्ट
- गेट्टिङ्ग टु नो योर कम्प्युटर
- इन्टरमिडियट माइक्रोसफ्ट वर्ड, एक्सेल एण्ड पावरपोइन्ट
- क्रिएट, फर्म्याट एन्ड अपलोड अ बेसिक वेबसाइट (एचटीएमएल ५)
- इन्ट्रडक्सन् टु शियरिङ्ग एण्ड वूल-ह्याण्डलिङ्ग

Source: AAP
यसको साथै, स्टडी एडिलेडले तपाईँलाई काम पाउन सहज होस् भनेर अस्ट्रेलियाली रोजगारदातालाई चाहिने खाकामा रेसुमे (बायोडाटा जस्तै) बनाउन पनि टिप्सहरू दिन्छ।
अनि, तपाईंले आस्क इज्जीमा गएर पनि कोरोनाभाइरस सम्बन्धी थप जानकारी, काम, बस्ने ठाउँ लगायत अन्य थुप्रै सुविधाहरू प्राप्त गर्न सक्नुहुनेछ।
तास्मानिया
यदि तपाईँ तास्मानियामा बस्नुहुन्छ र डाक्टर, नर्स, मीडवाइफ वा अन्य स्वास्थ्य सम्बन्धी काम गर्नुहुन्छ भने कोभिड-१९ विरुद्ध को अभियानमा सघाउन तास्मनिया सरकार आफू मातहत काम गर्न तपाईँ जस्ता हेल्थ प्रोफेसनललाई आफ्नो रुचि प्रकट गर्न आह्वान गरेको छ।
त्यसका लागि तपाईंले यहाँ गएर आफ्नो नाम दर्ता गर्नुपर्ने हुन्छ।
तास्मानियामा केही समय अघिदेखि नै रोजगारी गुमाएका कर्मचारीहरूलाई सहयोगका रूपमा र्यापिड रेस्पन्स स्किल्स इनिसिएटिभ नामको सरकारी राहत योजना लागू छ।

Source: AAP Image/Supplied by Department of Defence
यदि तपाईंले आफ्नो रोजगारी गुमाउनु भएको छ भने तस्मानिया सरकारले तपाईँलाई नयाँ कामको लागि तालिम वा प्रशिक्षण लिन ३,००० डलरसम्म दिन सक्छ।
उक्त र्यापिड रेस्पन्स स्किल्स इनिसिएटिभका लागि तपाईँ योग्य हुन तपाईंले क्याजुअल, फुल टाइम वा पार्ट टाइम जस्तो सुकै काम गएको १२ महिना गुमाएको हुनुपर्छ।
अनि, त्यसरी काम गुमाउने कारणमा चाहिँ कि त तपाईंले ओगटेको पद तपाईँका रोजगारदातालाई बढी भएको हुनुपर्यो वा उनीहरूले आफ्नो व्यापार व्यवसाय खुम्च्याएको हुनुपर्यो कि तपाईंले काम गर्ने ठाउँ नै बन्द हुनुपर्ने तास्मानिया सरकारको भनाइ छ।
तपाईंले माथि उल्लेखित कारणहरूले गर्दा आफ्नो जागिर गुमाउनु भएको छ भने तपाईंले त्यस बारे सबुत प्रमाण बुझाउनु पर्ने हुन्छ - जस्तै सेन्टरलिङ्कबाट पाइने सेपरेसन सर्टिफिकेट वा तपाईँको कामले तपाईँलाई जागिरबाट हटाइएको ब्यहोरा भएको कागजात। यस्तो सूचना इमेलबाट पाउनुभएको छ भने त्यो पनि मान्य हुन्छ।

People are seen waiting in line at the Prahran Centrelink office in Melbourne Source: AAP
र्यापिड रेस्पन्स स्किल्स इनिसिएटिभबाट प्राप्त हुने अनुदान तपाईँले माथि भने झैँ थप नयाँ तालिम लिन, नयाँ कामका लागि आवश्यक पर्न सक्ने लाइसेन्स लिन वा आफूले रोजगारी पाउने अवसर बढाउन प्रयोग गर्न सक्नुहुन्छ।
उक्त अनुदानबाट पाइने रकमबाट तपाईंले ५०० डलरसम्म रोजगारी बारे सल्लाह लिन प्रयोग गर्न सक्नुहुनेछ।
२७ मार्चमा जारी गरिएको सूचना अनुसार, र्यापिड रेस्पन्स स्किल्स इनिसिएटिभको दायरा बढाइएर कोभिड-१९ बाट प्रभावित तास्मानियावासीलाई पनि समेटिएको छ।

Source: AAP
यो सँगै, रोजगारदाता र काम खोज्ने मान्छेहरूलाई एक आपसमा मिलाउन र्यापिड रेस्पन्स स्किल्स म्याचिङ्ग सर्भिस पनि तास्मानिया सरकारले सुरु गरेको छ।
हाल कामदारहरूको ठुलो माग रहेको स्वास्थ्य एवम् सम्बन्धित सेवाहरू लगायत यातायात, ढुवानी र खुद्रा व्यापार व्यवसायमा केन्द्रित भए पनि उक्त र्यापिड रेस्पन्स स्किल्स म्याचिङ्ग सर्भिस अन्य सबै व्यापार व्यवसायका लागि खुल्ला छ।
र्यापिड रेस्पन्स स्किल्स इनिसिएटिभको लागि व्यक्तिगत रूपमा वा व्यापार व्यवसायको हिसाबले दर्ता गर्न सकिनेछ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।