प्रक्रियामा ढिलासुस्ती हुँदा निकै मानिसहरू ब्रिजिङ भिसामा नै अल्झिन बाध्य

अध्यागमन मन्त्री एन्ड्रु जायल्सले अस्ट्रेलियाको भिसा प्रक्रियामा जारी ढिलासुस्तीलाई गति प्रदान गर्नु आफ्नो सरकारको एक प्रमुख “प्राथमिकता” रहेको बताएका छन्।

passports visa

A bridging visa acts as a bridge between lodgement of a visa and the determination of that application. Source: Getty Images/Jodie Griggs

देशको आप्रवासी कार्यक्रम हेर्ने एक सरकारी विभागमा कामको चाप अत्यधिक बढेर सबै कार्यसम्पादन “ठप्प” हुने अवस्थामा पुगेको एक जना समीक्षकको भनाई छ।

प्रधानमन्त्री एन्थोनी एल्बनिजी नेतृत्वको नयाँ सङ्घीय सरकारले अस्ट्रेलियाको आप्रवासन प्रणालीमा प्राथमिकताका साथ सुधार थाल्ने बताउँदै गर्दा एक जना पूर्व अध्यागमन अधिकारीले देशको भिसा प्रणाली कामै गर्न नसक्ने अवस्थामा रहेको चेतावनी दिएका हुन्।

अध्यागमन विभागका भूतपूर्व उप-सचिव अबुल रिज्भी भन्छन् कि समस्या निकै ठुलो छ र यसलाई सम्बोधन गर्न लामो समय लाग्नेछ।

उता, अघिल्लो सरकारले गत मार्च महिनामा अध्यागमन विभागको बजेटमा ८७ करोड ५० लाख डलर कटौती गर्ने घोषणाले पनि समस्या समाधानमा सहयोग नगरेको बताइएको छ।

तर नीतिगत रूपमा जटिल र मानवीय रूपमा गहिरो प्रभाव पार्न सक्ने अध्यागमन तथा भिसा प्रक्रियालाई आफ्नो कार्यकालमा छिटो-छरितो बनाउने तर्फ ध्यान दिने भनाई एल्बनिजी सरकारको छ।

अध्यागमन मन्त्री एन्ड्रु जायल्स मान्छन् कि अस्ट्रेलियाको अध्यागमन कार्यक्रमलाई पुनः चुस्त बनाउन गरिनुपर्ने काम धेरै छ।
Minister for Immigration Andrew Giles (left) shakes hands with Australian Governor-General David Hurley during a swearing-in ceremony at Government House in Canberra.
Minister for Immigrationt House in Can Andrew Giles (left) shakes hands with Australian Governor-General David Hurley during a swearing-in ceremony Source: AAP/LUKAS COCH
विशेष गरी कोभिड-१९ महामारीको प्रभावले पुराना आवेदनहरूको सङ्ख्या निकै धेरै भएकोले पनि भिसा प्रणालीमा चाप बढेको सरकारी बुझाइ छ।

“भिसा प्रशोधनमा देखिएको व्यापक ढिलासुस्तीलाई सम्बोधन गर्नु म र एल्बनिजी सरकारको प्रमुख प्राथमिकता हो,” जायल्सले एसबीएस न्युजसँग भने।
“चाहे त्यो मानवीय भिसाका बारेमा होस्, पारिवारिक पुनर्मिलनका बारे होस् वा दक्ष कामदार भिसाहरूमा बारेमा, हामीले ठिक गर्नुपर्ने धेरै (काम) छ।”
तर, भिसा प्रक्रियामा ढिलासुस्ती हुँदा निकै मानिसहरू ब्रिजिङ भिसामा नै अल्झिन बाध्य भएका छन्।

एक सरकारी तथ्याङ्क अनुसार हाल अस्ट्रेलियामा करिब ३६७,००० जना मानिसहरू ब्रिजिङ भिसामा छन् र जुन २०१९ को तुलनामा यो करिब १८०,००० ले बढी हो।

गृह मामिला विभाग भने यो वृद्धिको पछाडि कोभिड-१९ महामारी र त्यसका कारण अन्तर्राष्ट्रिय यात्रामा लागेका प्रतिबन्धहरू जिम्मेवार रहेको बताउँछ।

अबुल रिज्भी चाहिँ छिट्टै आवश्यक कदमहरू नचालिए आउँदा दिनहरूमा समस्या झन् विकराल बन्न सक्ने चेतावनी दिन्छन्।

“पहिले त, पुराना केसहरू सम्बोधन हुनुपर्‍यो,” उनले भने।
“पुराना केसहरू (ब्याकलग) थुप्रै किसिमका भिसा आवेदनहरूको भएकाले एउटै उपायले मात्रै सबै काम फत्ते हुन सक्दैन।”
यस्तै विद्यार्थी भिसा आवेदनहरूमाथिको निर्णय पनि ढिलो गरी आउन थाल्दा, उच्च अध्ययनका लागि अस्ट्रेलिया आउन चाहनेहरू पनि मर्कामा परेका छन्।

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको परिषद् वा काउन्सिल अफ इन्टर्नेश्नल स्टुडेन्ट्स अस्ट्रेलिया (सिसा)का राष्ट्रिय अध्यक्ष झी साओ ओङ भन्छन् कि यस्ता थुप्रै आवेदकहरू छन् जसले आफ्नो विद्यार्थी भिसा आवेदनको निर्णय पाउन निकै समय कुर्नु परेको छ।

आधिकारिक आँकडाहरू हेर्ने हो भने पनि देश बाहिरबाट हालिएका ५२,००० भन्दा बढी र अस्ट्रेलियाबाटै दर्ता गरिएका लगभग ७६,४०० जति ‘स्टुडेन्ट भिसा’ आवेदन माथि निर्णय हुन बाँकी छ।

यी मध्ये करिब ७६ प्रतिशत चाहिँ दुई महिनाभन्दा कम पुराना हुन भने लगभग अर्को दुई प्रतिशत चाहिँ झन्डै १८ महिनाभन्दा पनि पुराना हुन्।
Council of International Students Australia
File Image: CISA in a collaboration meeting with the highest advisory board, National Council for International Education, with Ministers, Directors. Source: Mr Unknown Media
अस्ट्रेलियाका विश्वविद्यालयहरूको छाता सङ्गठन युनिभर्सिटिज अस्ट्रेलियाले पनि भिसा निर्णयमा हाल देखिएको ढिलासुस्तीलाई सम्बोधन गरिनुपर्ने मागलाई समर्थन गरेको छ।

“भिसा प्रक्रियालाई यथासम्भव छिटो-छरितो, सहज र तगडा बनाएर विदेशमा रहेका विद्यार्थीहरूलाई आश्वासन र निश्चिन्तता प्रदान गर्नु आवश्यक छ,” संस्थाका एक प्रवक्ताले भने।

गृह मामिला विभागका अनुसार गत नोभेम्बरमा सीमा खुलेदेखि हालसम्म १,३०१,००० भिसा प्रदान गरिसकिएको छ।

Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
प्रक्रियामा ढिलासुस्ती हुँदा निकै मानिसहरू ब्रिजिङ भिसामा नै अल्झिन बाध्य | SBS Nepali