देशैभर कोभिड-१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दै जाँदा राज्यमा आधारित सेवाहरूले, स्वास्थ्य सेवा चाहिरहेका मानिसहरूलाई सहयोग पुर्याउन आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्।
तर चाडबाडका बेला महामारी मात्र समस्याका रूपमा आउदैन्।
चरम मौसमी घटनाहरू जस्तै कि डँडेलो, बाढी जस्ता पनि आपतकालिन सहयोगका लागि सम्पर्क गर्न कारण बन्न सक्छ।
यो यस्तो समय हो जहाँ मानसिक स्वास्थ्य र हिंसा सम्बन्धी समर्थन सेवाहरू पाउन पनि महत्त्वपूर्ण छ।
यहाँ उपलब्ध केही सेवाहरू र तिनीहरूलाई सम्पर्क गर्न चाहीने जानकारीहरू छन्।
चरम मौसम र तीन सून्य (000)
आगलागी, स्वास्थ्य समस्या वा प्रहरीलाई बोलाउनु परेमा तिन शून्य (000) थिच्नुहोस्।
बाढी, आँधी, सुनामी जस्ता समस्या पर्दा राज्यको आपतकालिन सेवाको नम्बर १३२ ५०० मा सम्पर्क गर्नुहोस्।
000 नम्बरमा फोन गर्दा दोभाषे सुविधा उपलब्ध हुँदैन, यदि तपाई अग्रेंजी बोल्न जान्नु हुँदैन भने तपाईँको कल प्रहरीकोमा जान्छ, जहाँ दोभाषे सेवा उपलब्ध हुन्छ।
अस्ट्रेलियामा अन्य दुई आकस्मिक फोन नम्बर पनि प्रयोगमा छन् तर ती खास सेवाका लागि मात्र प्रयोग हुन्छन्।
११२ मोबाइल फोनबाट मात्र सम्पर्क गर्न मिल्छ।
१०६ टेलिटाईपराईटरमा अथवा बहिराहरूका लागि प्रयोग हुने साधनबाट मात्र सम्पर्क गर्न मिल्छ। यो सेवा बहिरा वा कान कम सुन्ने मानिसहरू प्रति लक्षित छ।
कोभिड-१९ सम्पर्क र खोप
कोभिड-१९ र खोपका बारेमा जानकारी लिन राष्ट्रिय कोरोनाभाइरस हटलाइनको सम्पर्क नम्बर १८०० ०२० ०८० सम्पर्क गर्न सकिन्छ।
यो सेवा २४ घण्टा सातै दिन, प्राथमिकतामा परेका मानिसहरूलाई लक्षित गरी सञ्चालन हुन्छ।
हेल्पलाईन मार्फत कोभिड-१९ खोप केन्द्रका बारेमा जानकारी ,खोप बुकिङ्कका लागि सम्पर्क नम्बर पाउन सकिन्छ।
वियोन्ड ब्लुले महामारीका कारण समस्या परेकाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी कोरोनाभाइरस मेन्टल वेलबिईङ्ग सर्पोट सर्भिस सञ्चालन गर्दछ, यहाँको सम्पर्क नम्बर १८०० ५१२ ३४८ हो।
दोभासे सेवाका लागि अस्ट्रेलियन ट्रान्सलेटिङ्ग इन्टरपेटिङ्ग सेवा (एटिस) १८०० १३१ ४५० मा सम्पर्क गर्न सक्नुहुन्छ।
कोरोना भाइरसका कारण स्वास्थ्य तथा समर्थन सेवा सम्बन्धी आफ्नो भाषामा जानकारीका लागि sbs.com.au/coronavirus
आपतकालिन बाहेकका प्रहरी र आगलागी सम्बन्धी घटनाहरू
प्रहरी समर्थन सेवाका लागि १३१ ४४४-आपतकालिन अवस्था बाहेक प्रहरीलाई घटनाका बारेमा जानकारी गराउन।
क्राईम स्टपर्स १८०० ३३३ ०००- कुनै अपराधका बारेमा जानकारी छ भने।
आपतकालिन अवस्था बाहेकका आगलागी सम्बन्धी घटनाका बारेमा जानकारी गराउन राज्य एवम् प्रादेशिक सेवालाई सम्पर्क गनुहोस्।
मानसिक स्वास्थ्य समर्थन र अनुवाद सेवाहरू
लाइफलाइन Lifeline - १३१ ११४ : यो राष्ट्रिय परोपकार संस्थाले व्यक्तिगत सङ्कटको सामना गरिरहेका अस्ट्रेलियालीहरूलाई २४ घण्टा सङ्कट सहायताको पहुँच प्रदान गर्दछ। आफ्नो क्षेत्रमा सेवाहरू पत्ता लगाउन लाइफलाइन् सेवा हेल्प फाइन्रडर प्रयोग गर्नुहोस्।
बालबालिकाका लागि, किड्स हेल्प लाइन Kids Helpline - १८०० ५५१ ८०० : यो कठिनाइको अनुभव गरिरहेका पाँच देखी २५ वर्षका युवाहरूका लागि नि:शुल्क टेलिफोन र अनलाइन परामर्श सेवा हो।
अस्ट्रेलियाली अनुवाद र दोभाषे सेवा (ATIS): १३१ ४५० : यो दोभासे सेवा अङ्ग्रेजी नबोल्ने मानिसहरूका लागि र तिनीहरूका गैर-अङ्ग्रेजी बोल्ने ग्राहकहरूसँग सञ्चार गर्न आवश्यक एजेन्सीहरू र व्यवसायहरूका लागि गृह विभागद्वारा प्रदान गरिएको हो।
(मेन्सलाइन अस्ट्रेलिया) Mensline Australia - १३०० ७८९ ९७८ : सम्बन्ध र पारिवारिक सरोकार भएका पुरुषहरूका लागि समर्पित २४ घण्टा परामर्श सेवा।
बियन्ड ब्लु Beyond Blue- १३०० २२४ ६३६ : डिप्रेसन, आत्महत्या, चिन्ता र अन्य मानसिक रोगहरूसँग सम्बन्धित समस्याहरू सम्बोधन गर्न २४ घण्टा समर्थन प्रदान गर्दछ।
सुसाइड कल ब्याक सेवा Suicide Call Back Service - १३०० ६५९ ४६७ : टेलिफोन, अनलाइन र भिडियो मार्फत आत्महत्या रोकथाम र मानसिक स्वास्थ्यको लागि २४ घण्टा परामर्श सेवा।
रिलेसनशिप अस्ट्रेलिया Relationships Australia - १३०० ३६४ २७७ : यो व्यक्ति, परिवार र समुदायका लागि सम्बन्ध समर्थन सेवाहरूको एक अग्रणी प्रदायक हो।
नेशनल डेब्ट हेल्प लाइन National Debt Helpline - १८०० ००७ ००७ : यो व्यावसायिक वित्तीय सल्लाहकारहरूबाट नि:शुल्क र गोप्य सल्लाह सेवा हो।
घरेलु हिंसा समर्थन
१८०० RESPECT -१८०० ७३७ ७३२ : यो २४ घण्टा राष्ट्रिय- यौन दुर्व्यवहार, पारिवारिक र घरेलु हिंसा परामर्श लाइन हो।
अस्ट्रेलियन चाइल्डहुड फाउन्डेसन Australian Childhood Foundation - १३०० ३८१ ५८१ : परामर्श, वकालत, शिक्षा, बाल दुर्व्यवहार रोकथाम कार्यक्रमहरू र अनुसन्धान प्रदान गरी बालबालिकाको सुरक्षा र कल्याणलाई प्राथमिकता दिने राष्ट्रिय परोपकारी संस्था।
नो टु भायोलेन्स No to Violence- १३०० ७६६ ४९१ : यो सङ्गठन पुरुषहरूसँग प्रभावकारी प्रमाण-सूचित सहभागितामा विशेषज्ञ छ र यसको प्रमुख चिन्ताको विषय महिला तथा बालबालिकाको सुरक्षा र सुस्वास्थ्य हो।
वेस्ननेट WESNET - १८०० ९३७ ६३८ : घरेलु वा पारिवारिक हिंसाको अनुभव गरिरहेका महिला तथा बालबालिकाको पक्षमा काम गर्ने निकाय हो ।
वृद्ध-बृद्धाको दुर्व्यवहार सम्बन्धी Elder Abuse Help Line - १८०० ३५३ ३७४ : वृद्ध-बृद्धाको दुर्व्यवहारको अनुभव वा साक्षी रहेका व्यक्तिहरूका लागि नि:शुल्क सूचना तथा सहयोग सेवा।