तपाईँ बस्ने राज्य तथा प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरू थुप्रै भाषामा उपलब्ध छन्।
तर प्राय: गरेर यी सेवा प्रदायक संस्थाहरूसँग आफ्नै दोभासे छैनन्।
उनीहरूले सङ्घीय सरकारद्वारा अनुदान प्राप्त ट्रान्सलेटिङ एन्ड इन्टर्प्रेटिङ सर्भिस (टीआईएस नेश्नल) को सहायता लिँदै तपाईँलाई सेवा दिन्छन्।
टीआईएस नेश्नलले १५० भन्दा बढी भाषाहरूमा फोन मार्फत तथा प्रत्यक्ष रूपमा दोभासे सेवा दिने गरेको छ जुन हप्ताका सातै दिन, २४ अै घण्टा उपलब्ध छ।
इम्ब्रेस मेन्टल हेल्थको माध्यमबाट सांस्कृतिक तथा भाषिक हिसाबले विविधता रहेका मानिसहरू समक्ष आवश्यक स्रोत, सेवा तथा जानकारीसम्म सांस्कृतिक रूपमा सहज हुने किसिमले मानसिक स्वास्थ्य सेवाको पहुँच पुग्छ।
दि फोरम अफ अस्ट्रेलियन सर्भिसेज फर सर्भाइभर्स अफ टर्चर एन्ड ट्रमा अस्ट्रेलियामा रहेका आठ विशेषज्ञ पुनर्स्थापना संस्थाहरूको एक सञ्जाल हो।
छोटकरीमा एफएएसएसटीटी वा फास्ट भनिने यस सञ्जालले यातना र आघातबाट पीडित भएका र अस्ट्रेलिया बाहिरबाट आएका मानिसहरूसँग काम गर्छ।
विशेष गरेर शरणार्थी तथा मानवीय भिसामा अस्ट्रेलिया आउनेहरूलाई सेवा दिने फास्टको हरेक राज्य तथा प्रदेशमा कम्तीमा पनि एक सदस्य सङ्गठनको उपस्थिति छ।
सेवा तथा सम्पर्क:
- लाइफलाइन: १३ ११ १४
- मिसन अस्ट्रेलिया: १८०० ८८ ८८ ६८
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- हेडस्पेस: https://headspace.org.au/contact-us/
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- किड्स हेल्पलाइन: १८०० ५५ १८००
- मेन्सलाइन अस्ट्रेलिया: १३०० ७८ ९९ ७८
यसै गरी 'द सर्पोट फर पिपुल फ्रम डिफरेन्ट कल्चरल व्याकग्राउन्डस्' पेज मार्फत मानसिक स्वास्थ्यमा सांस्कृतिक कारकहरूको पहिचान गर्न र मानसिक स्वास्थ्य हेरचाह कसरी गर्ने वा आवश्यक पर्दा समर्थन पहुँच गर्ने बारेमा व्यवहारिक सुझावहरू पेस गर्छ।
न्यु साउथ वेल्स
यो सेवा राज्यका सबै बासिन्दाहरूलाई दिनको २४ अै घण्टा उपलब्ध छ।
हप्ताको सातै दिन कुनै पनि बेला तपाईँले १८०० ०११ ५११ मा फोन गरेर सेवा लिन सक्नुहुन्छ।
यस मानसिक स्वास्थ्य केन्द्रले न्यु साउथ वेल्समा बसोबास गर्ने सांस्कृतिक तथा भाषिक हिसाबले विविधता रहेका समुदायका मानिसहरूलाई सेवा दिन्छ।
यो केन्द्रबाट नि:शुल्क सेवा प्राप्त गर्न तपाईँले स्थानीय मानसिक स्वास्थ्य टोलीबाट सिफारिस लिनुपर्ने हुन्छ।
यसै गरी सर्भिस फर ट्रिटमेन्ट एन्ड रिहाबिलिटेसन अफ टर्चर एन्ड ट्रमा सर्भाइभर्स वा स्टार्ट्सले पनि सांस्कृतिक रूपमा सुहाउँदो मनोवैज्ञानिक उपचार तथा सहायता प्रदान गर्छ।
भिक्टोरिया
भिक्टोरियाली सरकार मातहत रहेको सेन्टर फर कल्चरले थुप्रै भाषाहरूमा मानसिक स्वास्थ्य बारे जानकारीहरू उपलब्ध गराउँछ।
दुई अन्य भिक्टोरियाली सङ्गठनहरूले मानसिक स्वास्थ्य सम्बन्धी तालिमहरू प्रदान गर्ने भएता पनि व्यक्तिहरूलाई सिधै सहायता उपलब्ध गराउँदैनन्।
ती मध्ये एक - एक्सन अन डिसेबिलिटी अन एथ्निक कम्युनिटिज वा एडेकले अन्तर सांस्कृतिक मानसिक स्वास्थ्य पहुँच कार्यक्रमको माध्यमबाट विभिन्न पृष्ठभूमिका मानिसहरूलाई मानसिक स्वास्थ्य सेवाहरूसम्मको पहुँचलाई सहजीकरण गरिदिने काम गर्छ।
एडेकले सांस्कृतिक आवश्यकता अनुरूपको कार्य योजना निर्माणमा पनि सघाउने कार्य गर्छ।
पहिले भिक्टोरियन ट्रान्सकल्चरल साइक्याट्री युनिटको नामबाट परिचित हालको भिक्टोरियन ट्रान्सकल्चरल मेन्टल हेल्थले सांस्कृतिक तथा भाषिक हिसाबले विविधता भएका ग्राहक एवम् तिनका स्याहारकर्तासँग काम गर्ने मानिसहरूका निमित्त क्लिनिकल मानसिक स्वास्थ्य सेवाहरू र मनोवैज्ञानिक अशक्तता सम्बन्धी सेवा दिन्छ।
क्वीन्सल्यान्ड
क्वीन्सल्यान्ड ट्रान्सकल्चरल मेन्टल हेल्थ सेन्टरले सांस्कृतिक तथा भाषिक हिसाबले विविधता भएका मानिसहरूले उनीहरूको पृष्ठभूमि सुहाउँदो किसिमको उत्तरदायी मानसिक स्वास्थ्य तथा स्याहार प्रदान गर्ने गर्छ।
यो संस्थाले उल्था गरिएको सामाग्रीहरू उपलब्ध गराउनुका साथै स्थानीय मानसिक स्वास्थ्य संयोजकहरू मार्फत सेवा प्रदान गर्ने अन्य मानिसहरूसम्मको पहुँचका लागि मद्दत गर्छ।
क्वीन्सल्यान्ड प्रोग्राम अफ असिस्टेन्स टु सर्भाइभर्स अफ टर्चर एन्ड ट्रमाले, अस्ट्रेलिया आउनु पूर्व आघात सहनुपरेका वा यातना खपेका शरणार्थीहरूका लागि काम गर्छ।
यसै गरी वर्ल्ड वेलनेस ग्रुपले ब्रिसबेन नर्थ तथा साउथ क्षेत्रका सांस्कृतिक तथा भाषिक हिसाबले विविधता भएका समुदायहरूलाई बहु-साँस्कृतिक मनोवैज्ञानिक उपचार कार्यक्रम मार्फत सेवा दिन्छ।
सांस्कृतिक तथा भाषिक हिसाबले विविधता भएका समुदायहरूलाई बहु-साँस्कृतिक मनोवैज्ञानिक उपचार कार्यक्रम मार्फत उक्त प्रदान हुन्छ।
यस बाहेक शरणार्थी, अन्तर्राष्ट्रिय विद्यार्थी र १८ वर्ष माथिका बृहत् ब्रिसबेन क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई पनि कल्चर इन माइन्ड नामक सामुदायिक कार्यक्रमबाट वर्ल्ड वेलनेस ग्रुपले प्रदान गर्छ।
फोर्टीफाई हेल्थ ग्रुप
फोर्टीफाई ग्रुपले गम्भीर र जटिल मानसिक स्वास्थ्य समस्या भएका बहु सांस्कृतिक समुदायका मानिसहरूका लागि निःशुल्क मानसिक स्वास्थ्य सेवा प्रदान गर्छ। व्यक्तिगत उपचार, मूल्याङ्कन, पहिचानका साथै समुदायमा आधारित समर्थन सेवाहरू पनि प्रदान गर्दछ। साथै अपाङ्गता भएकाहरूलाई पनि सहयोग सेवा उपलब्ध गराउँछ।
राज्यमा मानसिक स्वास्थ्य सम्बन्धी गोप्य टेलिफोन सेवा पनि उपलब्ध छ। १३०० ६४ २२५५ मा फोन गरेर मेन्टल हेल्थ लाइनबाट तपाईँले सेवा लिन सक्नुहुन्छ।
नर्दन टेरिटरी
एमएचएसीए (सेन्ट्रल अस्ट्रेलिया)
मानसिक स्वास्थ्य समस्या भोगी रहेका १८ वर्ष माथिका मानिसहरूका लागि मेन्टल हेल्थ एसोसिएसन अफ सेन्ट्रल अस्ट्रेलिया सेवा उपलब्ध गराउँछ ।
आवश्यकता परेको खण्डमा बुकिङ मार्फत चिनियाँ, उर्दु, र हिन्दी लगायताका भाषामा दोभासे सेवा पनि उपलब्ध छ ।
टिम हेल्थ (डार्विन)
टिम हेल्थ सेवाले स्थानीय एवम् नर्दन टेरिटरीका कमजोर र जोखिममा रहेका मानिसहरूलाई मानसिक जिज्ञासाहरूको समाधान गर्छ ।
संस्थाको वेबसाइटमा ८० भन्दा बढीमा भाषामा उल्था गर्ने व्यवस्था छ भने टिआईएस मार्फत दोभासे सेवा पनि उपलब्ध छ ।
मेलालेयुका रेफ्युजी सेन्टर
शरणार्थी तथा अन्य आप्रवासी पृष्ठभूमिका मानिसहरू तथा उनीहरूका परिवारलाई मेलालेयुका शरणार्थी केन्द्रले नि:शुल्क सेवा दिन्छ।
नर्दर्न टेरिटरी मेन्टल हेल्थ कोअलिसन (एनटीएमएचसी)
एनटीएमएचसी नर्दन टेरिटरीमा सामुदायिक स्तरमा सञ्चालित मानसिक स्वास्थ्य सेवा प्रदायकहरूको छाता सङ्गठन हो।
मेन्टल हेल्थ हेल्पलाई मार्फत राज्यको मानसिक स्वास्थ्य सेवा प्रदायक सँग सेवा लिन सकिन्छ र यो सेवालाई सम्पर्क गर्न १८०० ६८२ २८८ मा फोन गर्नुहोस्।
टास्मेनिया
फिनिक्स सेन्टर
माइग्रेन्ट रिर्सोस सेन्टरको अन्तर्गत सञ्चालित फिनिक्स सेन्टरले यातना र आघात पीडितहरूका लागि परामर्श, प्रशिक्षण र विभिन्न परियोजनाहरू मार्फत काम गर्छ।
होबार्ट र लन्चेस्टनमा कार्यालय रहेको फिनिक्स सेन्टरले राज्यभर नै सेवा दिन्छ, थप जानकारीका लागि सेन्टरको वेबसाइट जानुहोस्।
टास्मेनियाली सरकार अन्तर्गतका मानसिक स्वास्थ्य सेवाहरूले राज्यका बासिन्दालाई गम्भीर किसिमका मानसिक समस्या भएका बेला विभिन्न सरकारी क्लिनिक, मुख्य धारका स्वास्थ्य सेवा प्रदायक, निजी विशेषज्ञ र जनरल प्राक्टिस्नर मार्फत समुदायमै पुगेर वा स्वास्थ्य संस्थाहरूमा मार्फत सेवा दिने गर्छ ।
अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी)
कम्प्यानियन हाउस, असिस्टिङ सर्भाइभर्स अफ टर्चर एन्ड ट्रमा
परामर्श सेवा र शरणार्थीहरूसँग काम गर्ने सहायताकर्मीहरूको सहयोगमा कम्प्यानियन हाउसले अस्ट्रेलियामा आफ्नो जीवन पुनर्जागृत गर्न खोजेका मानिसहरूलाई सेवा प्रदान गर्छ।
भर्खरै आएका वा लामो समयदेखि बसोबास गरिरहेका मानिसहरूलाई सेवा दिने यो संस्थाले ठुला-साना सबैलाई मद्दत गर्छ।
वयस्क, बालबालिका र युवाहरूलाई सेवाका लागि विशेषज्ञहरूको पनि व्यवस्था पनि कम्प्यानियन हाउसद्वारा गराउँछ।
एसिटी सरकारको मेन्टल हेल्थ क्राइसिस सर्भिसको सेवा टेलिफोन मार्फत (१८०० ६२९ ३५४ वा ०२ ६२०५ १०६५) अथवा वेबसाइटबाट लिन सकिन्छ।
साउथ अस्ट्रेलिया
रिलेसनसिप्स अस्ट्रेलिया
पर्सनल एजुकेसन एन्ड कम्युनिटी इम्पावरमेन्ट वा पीस सेवा बहु-सांस्कृतिक पृष्ठभूमिका समुदायलाई सेवा दिने कुरामा केन्द्रित छ।
भिसाको अवस्था जस्तो सुकै भएता पनि पीस सेवाले व्यक्ति, परिवार र समुदायलाई सबै समक्ष आफ्नो सेवासम्म पहुँच दिन्छ।
सर्भाइभर्स अफ टर्चर एन्ड ट्रमा असिस्टेन्स एन्ड रिहाबिलिटेसन सर्भिस (स्टार्स)
स्टार्सले शरणार्थी वा त्यस्तै पृष्ठभूमिका मानिसहरूलाई उनीहरूको स्वास्थ्य लाभ प्राप्त गर्न सहयोग गर्छ।
सेवा लिनका लागि प्रतीक्षा सुची भएता पनि व्यक्तिगत परिस्थितिलाई मूल्याङ्कन गरी मानिसहरूलाई प्राथमिकतामा रहेकालाई ग्राह्यता दिने गरेको स्टार्सको भनाइ छ।
यो सेवा नि:शुल्क, स्वैच्छिक, गोप्य र योग्य सल्लाहकार एवम् दोभासेका साथ सञ्चालन हुन्छ।
बालबालिका, वयस्क र परिवारका लागि अन्य कार्यक्रमहरू पनि सञ्चालित छन्।