Visa concessions to those impacted by COVID-19 border closures
Visa concessions to those impacted by COVID-19 border closures
This article is more than 2 years old

अस्ट्रेलियामा नेपालीलाई पनि 'लट्री' भिसा दिइने भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना

केही समय यता देखि अस्ट्रेलियामा पनि अमेरिकाको डिभी लट्री जस्तै व्यवस्था ल्याइन लागेको अफवाह सामाजिक सञ्जालमा देखिन थालेको छ।

Published

Updated

By Sunita Pokharel
Source: SBS
Image: Visa concessions to those impacted by COVID-19 border closures (SBS)
‘डिभी’बाट अस्ट्रेलिया जान पाउने दाबी गरिएका पोस्टहरूले नेपाली समुदायको पनि ध्यान तानेको छ।

एसबीएस नेपालीसँग कुरा गर्दै केही अस्ट्रेलियावासी नेपालीहरूले लट्री जस्तो व्यवस्थाबाट नेपालीहरू पनि अस्ट्रेलिया जान पाउने दाबी गरिएका पोस्टहरूले गलत सूचना फैलाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

साथै उनीहरूले त्यस्ता भ्रामक सामाग्री बनाउनेहरू माथि कारबाही गर्न पनि आफूहरूले सम्बन्धित पक्षलाई आग्रह गरेको बताएका छन्।

News in youtube.png
लट्री जस्तो व्यवस्थाबाट नेपालीहरू पनि अस्ट्रेलिया जान पाउने दाबी गरिएका पोस्टहरूले गलत सूचना फैलाएको भन्दै चिन्ता व्यक्त गरिएको छ। Source: YouTube / Screenshot
के हो त अस्ट्रेलियामा लट्री भिसाको यथार्थ

रजिस्टर्ड माइग्रेसन एजेन्ट तथा गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका पूर्व अध्यक्ष केशव कँडेलका अनुसार अमेरिकाले प्रदान गर्ने इलेकट्रोनिक डाइभर्सिटि भिसा वा ई डिभी जस्तो व्यवस्था अस्ट्रेलियामा पनि ल्याउने बारे छलफल भएको छ।

तर उनी भन्छन् कि यो नेपालीहरूको लागि हैन।
Essential Farm Workers Continue Work As Florida Agriculture Industry Struggles During Coronavirus Pandemic
प्यासिफिक इन्गेजमेन्ट भिसा अन्तर्गत प्यासिफिक टापुका उल्लेखित राष्ट्रका नागरिकहरू मध्ये ३ हजारलाई वार्षिक रूपमा गोला प्रथाद्वारा अस्ट्रेलियाको स्थायी वासस्थान भिसा प्रदान गरिने गृह मामिला विभागले उल्लेख गरेको छ। Credit: Joe Raedle/Getty Images
"प्यासिफिक रिजनबाट यहाँ आउने कृषकहरूलाई बढी प्रोत्साहन गर्न के (व्यवस्था) ल्याउन सकिन्छ त भनेर सोच्दा पिआर एउटा (उपाय) हुन सक्छ भनेर सरकारी स्तरमा (डीभी जस्तै भिसाको)छलफल भएको हो", उनले एसबीएस नेपालीलाई भने।

तर त्यसमा 'प्यासिफिक' भन्ने शब्द राख्दा पनि त्यो नेपालीहरूका लागि होइन भन्ने कुरा धेरैले नबुझेको उनको भनाइ छ।

यसै गरी, युट्युबमा अपलोड गरिएका नेपाली भाषाका थुप्रै भिडियोहरूमा पनि अस्ट्रेलियाले डिभी लट्री खुलाउने भन्ने आशयका शीर्षक छन्।
Screenshot of the video.png
अस्ट्रेलियाले डिभी लट्री खुलाउनेबारे बनाइएका केहि भिडियोहरूमा यो व्यवस्था नेपालीहरूका लागि हुने छैन भनेर स्पष्टसँग भनिएको छ। Source: YouTube / Screenshot

ती भिडियोहरू गत फेब्रुअरी १६ मा सिड्नी मर्निङ्ग हेराल्डमा प्रकाशित समाचारलाई आधार बनाएर निर्माण गरिएका छन्।

र समाचारलाई उद्धृत गर्दै भिडियो निर्माणकर्ताहरूले यो व्यवस्था नेपालीहरूका लागि हुने छैन भनेर स्पष्टसँग भनेका पनि छन्।

तर सामाजिक सञ्जालहरूमा भने भिडियोका केही क्लिप राखेर भाइरल हुने नाममा भ्रम सिर्जना गर्न खोजिएको कँडेलको भनाई छ ।

"अहिले के भयो भने अलिकति सानो समाचार पायो भने, त्यसलाई बढाई चढाई गरेर पुरा समाचार नपढी, सामाजिक सञ्जालमा हाली दिने र त्यसलाई झट्ट विश्वास गर्ने प्रवृत्ति बढ्दो छ,” उनले भने।

कँडेलले यसबारेमा पुरा जानकारी भएका व्यक्तिहरू पनि चुप लागेर बस्ने गरेको भन्दै गलत सूचनालाई गलत भनेर सामाजिक दायित्व पुरा गर्न आग्रह गरेका छन्।
NRNA Australia President Keshav Kandel spoke to SBS Nepali.
NRNA Australia President Keshav Kandel spoke to SBS Nepali. Source: Supplied

प्यासिफिक इन्गेजमेन्ट भिसा अन्तर्गतको सो व्यवस्थामा प्यासिफिक टापुका उल्लेखित राष्ट्रका नागरिकहरू मध्ये ३ हजारलाई वार्षिक रूपमा गोला प्रथाद्वारा अस्ट्रेलियाको स्थायी वासस्थान भिसा प्रदान गरिने गृह मामिला विभागले उल्लेख गरेको छ।

सूचीकृत राष्ट्रहरूमा माइक्रोनेसिया, फिजी, किरबास, नरू रहेका छन्।

साथै पलाऊ, पपुवा न्यु गिनी, मार्सल आइल्यान्ड्स, समोआ, सलमन आइल्यान्ड्स, टिमोर लेस्टे, टोङ्गा, टुभलु र भानुआटू पनि उक्त सूचिमा परेका छन्।

विभागका अनुसार आगामी जुलाई देखि उक्त गोला प्रथाका लागि अनलाइन निवेदन हाल्न सकिने छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand