पारस खड्का सहित ३ नेपाली क्रिकेट खेलाडी मेलबर्नमा

एक शैक्षिक तथा अध्यागमन सम्बन्धी परामर्श सेवा प्रदान गर्ने संस्थाको निमन्त्रणामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अहिले अस्ट्रेलिया भ्रमणमा छन्।

Nepali Cricket Team Captain Paras Khadka in Australia

Source: Facebook/Saroj Sharma

उनको साथ नेपाली क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी तथा पूर्व यु-१९ नेपाली खेलाडी सुभाष प्रधान पनि आएका छन्।

अस्ट्रेलियामा रहँदा खड्का, ऐरी तथा प्रधान मेलबर्न लगायत सिड्नी, ब्रिसबेन तथा एडिलेडमा क्रिकेट क्लिनिकमा भाग लिनुका साथै एउटा मैत्रीपूर्ण खेलमा पनि भाग लिनेछन्।

अस्ट्रेलिया हिँड्नु अघि नेपालमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा खड्काले आफ्नो भ्रमणले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन थप सहयोग हुने बताएको त्यहाँबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक दी हिमालयन टाईम्सले लेखेको छ।

यसबारे थप जानकारीको लागि हामीले आयोजकसँग सम्पर्क गरेका छौँ।


Share

Published

Updated

By SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand