नेपाली क्रिकेट कप्तान पारस खड्काले दिए राजिनामा

सन् २०१० देखिनै पारस खड्काले नेपाल क्रिकेट सङ्घको कामबारे विरोध गर्दै आएका थिए।

Nepal Cricket captain Paras Khadka before ICC triangular T20 series at Lords cricket ground on 29 July 18.

Nepal Cricket captain Paras Khadka before ICC triangular T20 series at Lords cricket ground on 29 July 18. Source: Twitter

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पद बाट राजिनामा दिएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आइसिसीले) नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाएको तीन वर्षे लामो निलम्बन फुकुवा गरेपछि मङ्गलबार सामाजिक संजाल मार्फत आफुले कप्तानको पद त्यागेको खड्काले बताएका हुन्।

नेपाल विरुद्ध रहेको निलम्बनलाई अन्त्य गर्ने आइसिसीको निर्णयको स्वागत गर्दै उनले नेपाली क्रिकेटमा सुधार ल्याउन राष्ट्रिय क्रिकेट सङ्घका नयाँ सदस्यहरुले काम गर्ने आशा व्यक्त गरेका थिए।
३१ वर्षीय खड्काले सन् २००९ मा राष्ट्रिय टोलीको कप्तानको पद सम्हाल्न सुरु गरेका थिए र उनि नेपाली क्रिकेटको इतिहासकै सबैभन्दा सफल कप्तान हुन्।

उनको नेतृत्वमा नेपालले एक दिवसीय मान्यता प्राप्त गर्यो भने सन् २०१४ मा बंगलादेशमा भएको टि-२० विश्वकपमा पनि सहभागी भएको थियो। एक दिवसीय र क्रिकेटको छोटो स्वरूप टि-२० दुवैमा सतक बनाउने पारस एक्लो नेपाली खेलाडी हुन्।

यसैबीच वरिष्ट खेलाडी ज्ञानेन्द्र मल्लले पारसको उक्त निर्णयलाई अप्रत्यासित भनेका छन्।

पारससंगै क्रिकेट खेलेका राष्ट्रिय टिमका पूर्व बलर अमृत भट्टराईले भने पारसले राखेको स्टेटसमा प्रतिकृया जनाउँदै उनको निर्णयबाट आफू ‘पटक्कै खुशी नभएको’ भनी लेखेका छन्।

बलिंग र ब्याटिंगमा पनि बलियो रहेका खड्काले गए महिना मात्र टि२० क्रिकेटमा आफ्नो पहिलो शतक बनाएका थिए।

आइसिसीको निर्णय

आइसिसीले सोमवार जारी गरेको विज्ञप्तिमा उसले नेपालको निलम्बन सशर्त फुकुवा गरेको उल्लेख गरिएको छ। तर ती शर्तहरू के हुन् भन्ने खुलाइएको छैन।

आइसिसीको बैठक दुबईमा आइतबार र सोमवार बसेको थियो। हालै मात्र क्यानको निर्वाचन सकिएकाले नेपालको पक्षमा आइसिसीले केही सकारात्मक निर्णय गर्ने अपेक्षा गरिएको थियो।

क्यान २०७३ वैशाख देखि निलम्बनमा परेको थियो।

सरकारी हस्तक्षेप, निर्वाचन स्वतन्त्र र स्वच्छ हुन नसकेको लगायतका कुरा देखाउँदै आइसिसीले निलम्बन गरेको थियो।
Nepal's cricket team celebrating after defeating Canada in World Cricket League Division 2 on 14th February 2018.
Nepal's cricket team celebrating after defeating Canada in World Cricket League Division 2 on 14th February 2018. Source: Paras Khadka
केही साता अघि मात्र आइसिसीकै प्रत्यक्ष संलग्नतामा सम्पन्न भएको क्यानको निर्वाचनले निलम्बन फुकुवा गर्ने आधार बनाइदिएको जानकारहरू बताउँछन्। आइसिसीका सर्त आर्थिक पारदर्शिता र सुशासनसँग जोडिएको हुन सक्ने धेरैले अडकल गरेका छन्।

यसअघि २०७२ मङ्सिरमा भएको क्यानको निर्वाचनले हालका अध्यक्ष चतुर बहादुर चन्दलाई अध्यक्षका रूपमा निर्वाचित गरेपछि क्यान विवाद सुरु भएको थियो।

त्यस लगत्तै राष्ट्रिय खेलकुद परिषदले तत्कालीन क्यानका सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा क्यान पुनर्गठन गरिदिएको थियो। जसका कारण क्यानको दोहोरो अस्तित्व कायम भयो र विवाद झन् बल्झिन पुगेको थियो र क्यान निलम्बनमा परेको थियो।

थप समाचार केहीबेरमा।


Share

Published

Updated

By Pratichya Dulal

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand