न्यु साउथ वेल्स बजेट २०१९: अभिभावक र विद्यार्थीहरूका लागि थप लगानी

गए मार्चको राज्य निर्वाचन पछि सत्तामा फर्किएको बेरेजिक्लीयन सरकारको बजेट योजनामा यस पटक बालबालिका र अभिभावकहरूलाई फाइदा र सरकारी कर्मचारी र मानसिक बिरामीहरूलाई घाटा हुने देखिएको छ।

GLADYS BEREJIKLIAN

NSW Premier Gladys Berejiklian says education spending will reach $18.5 billion in 2019/20. (AAP) Source: AAP

न्यु साउथ वेल्सका ट्रेजरर डोमिनिक पर्रोटेटले आर्थिक वर्ष २०१९ – २०२० को लागि सरकारी बजेट योजना सार्वजनिक गरेका छन्।

गठबन्धन सरकारको लागि आफ्नो तेस्रो बजेट प्रस्तुत गर्दै ट्रेजरर पर्रोटेटले यो वर्ष संरचना निर्माण, स्वास्थ्य र शिक्षामा लगानी बढाउने घोषणा गरे।

सिड्नी सहर देखि पश्चिमी सबर्ब पारामाटा सम्मको लगायतका मेट्रो सेवा देखि सडक विस्तार र स्कुल भवन निर्माण जस्ता संरचना विकास कार्यका लागि ९३ अर्ब डलर राज्य सरकारले खर्च गर्ने उनले बताए।
DOMINIC PERROTTET BUDGET
NSW Treasurer Dominic Perrottet says in many ways this state budget is for the bush. (AAP) Source: AAP

शिक्षामा लगानी

आगामी चार वर्षका लागि हुने आफ्ना खर्चहरूमा ट्रेजररले सरकारी स्कुलहरूका लागि थप शिक्षकहरू भर्ना गर्न पनि प्रयोग गरिने घोषणा गरे।

यस अन्तर्गत थप ४,६०० शिक्षकहरू भर्ना गरिने, व्यावसायिक प्रशिक्षणका लागि टेफ र अन्य भेट अध्यनका लागि छ लाख भन्दा बढी निःशुल्क स्थान सिर्जना गर्ने योजना पनि सरकारको रहेको छ।

साथै ८० मिलियन डलरको लगानीमा पश्चिम सिड्नीमा टेफको “सुपर क्याम्पस” पनि स्थापना गरिने ट्रेजरर डोमिनिक पर्रोटेटले बताए।

ओपल कार्ड शुल्क

आगामी जुलाई १ देखि सार्वजनिक यातायात प्रयोग गर्नेहरूले प्रत्येक हप्ता ५० डलर भन्दा बढी खर्च गर्नु नपर्ने भएको छ।

ओपल कार्डको कुल साप्ताहिक खर्च ५० डलरमा सीमित गरिने र उक्त कार्ड प्रयोग गर्ने बालबालिकाहरूले २५ डलर भन्दा बढी खर्च गर्नुपर्ने छैन।

बाल-बालिका सहायता

राज्यका बाल-बालिकाहरूलाई प्रदान गरिने सेवाहरूमा पनि लगानी बढाउने निर्णय सरकारले गरेको छ।

राज्यका ५ सय स्कुलका बालबालिकाहरूलाई बिहानको खाना ख्वाउन स्कुल ब्रेकफास्ट फर हेल्थ नामक कार्यक्रम सुरु गरिने छ।

पश्चिम सिड्नी, मध्य नर्थ कोस्ट र सेन्ट्रल कोस्टका बाल-बालिकाहरूका लागि निःशुल्क दन्त सेवा प्रदान गर्न ३५ मोबाइल क्लिनिक पनि सुरु गरिने छ।

बाल-बालिकाहरूको मानसिक स्वास्थ्य सहायताका लागि लाइफलाइन र किड्स हेल्पलाइन मार्फत झन्डै २४ मिलियन डलर लगानी गरिने छ।
Children sit in a classroom
Source: AAP

अभिभावकहरुका लागि

खेलकुद प्रति स्कुले विद्यार्थीहरूको रुचि बढाउन हाल प्रदान गरिने १०० डलरको ‘एक्टिभ किड्स’ भौचरलाई पनि थप गरिने छ।

३०० मिलियन डलरको लगानीका साथ अब अभिभावकहरूले १०० डलर मूल्यको दुईवटा भौचर पाउने छन्।

बाल स्याहार केन्द्रहरूका लागि थप २,३०० स्थान सिर्जना गर्न लगानी बढाउने र सबै प्राथमिक विद्यालयमा कक्षा सुरु हुनु अगाडी र सकिए पछि विद्यार्थी हेरचाहका लागि १२० मिलियन डलर लगानी गर्ने न्यु साउथ वेल्स सरकारले बताएको छ।

सरकारी कर्मचारीहरुलाई घाटा

राज्यमा घर बेच-बिखन वा नयाँ घर दर्ताका साथ प्राप्त हुने राजस्वमा १०.६ अर्ब डलरको गिरावट आउने सरकारको भनाइ छ।

यसका साथ दुई देखि तीन हजार सम्मको सङ्ख्यामा राज्य सरकारका कर्मचारीहरूले आफ्नो जागिर गुमाउने बताइएको छ।

आगामी चार वर्षको अवधिमा हुने उक्त कटौती प्रशासनिक र सहयोगी कर्मचारीहरू बाट हुने र उक्त कटौतीका साथ सरकारले ३ अर्ब डलर सम्मको बचत गर्ने अनुमान रहेको छ।
top jobs in Australia.
Source: AAP

मानसिक स्वास्थ्य

गम्भीर मानसिक समस्याका सामना गरिरहेकाहरूको सहयोगका लागि यस पटक पनि सरकारले लगानी बढाएको छैन।

आगामी चार वर्ष भित्र थप ८,३०० स्वास्थ्यकर्मीहरू बढाउने सरकारले बाचा गरेता पनि सरकारी अस्पतालमा स्कित्जोफ्रेनिया लगायतका समस्या बाट प्रभावित भएका हरूका लागि भने उपलब्ध सहायतामा परिवर्तन नहुने देखिएको छ।

साथै न्यु साउथ वेल्समा निःशुल्क कानूनी सहायता प्रदान गर्दै आएको लिगल एडको लागि पनि सरकारको लगानी २.६ प्रतिशतले घट्ने छ।


Share

Published

Updated

By SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand