“टार्न सकिने जोखिम” कम गर्न जनचेतना नै पहिलो हतियार

अस्ट्रेलियामा पौडी खेल्ने क्रममा नेपाली समुदायका सदस्यहरूको बर्सेनि ज्यान जान थालेपछि समुदायका अगुवाहरूले “टार्न सकिने जोखिम” लाई जनचेतना मार्फत कम गर्नु पर्ने धारणा राखेका छन् ।

Life Saving Nepali Event Altona

Beach safety awareness program organised in Melbourne's Altona Beach for the local Nepali community. Source: आभास पराजुली/एसबीएस

यसै हप्ता एक नेपाली युवाले पानीमा डुबेर ज्यान गुमाएका छन् ।

२३ बर्सिया युवाको सिड्नीको दक्षिणी क्षेत्रमा रहेको रोयल नेशनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भयो । 

र यसरी पौडी खेल्ने क्रममा अस्ट्रेलियाको पानीमा डुबेर मृत्यु हुने उनी पहिलो नेपाली भने होइनन् ।

अघिल्लो  वर्ष अर्थात् सन् २०२० को मार्च महिना सम्म ५ नेपालीले पानीमा पौडी खेल्ने क्रममै  आफ्नो ज्यान गुमाए । 

रोयल लाइभ सेभिङस अस्ट्रेलियाको तथ्याङ्कलाई हेर्ने हो भने सन् २०१९/२० मा पौडी खेल्दा ज्यान गुमाउने मध्ये  ४६  प्रतिशत आप्रवासी छन् ।

तथ्याङकहरुले अस्ट्रेलियाको समुन्द्री अवस्थाका बारेमा राम्रो ज्ञान नभएका अप्रवासि समुदायका  मानिसहरू पानीमा डुब्ने घटनामा पर्ने गरेको देखाउँछ ।

नेपाली समुदायका अभियन्ता एवम् पत्रकार ऋषी आर्चाय अस्ट्रेलियामा नव आगन्तुक एवम् बिद्यार्थीहरुमा अस्ट्रेलियाको पानीको प्रकृतिका बारेमा ज्ञान नहुँदा दुर्घटनामा पर्ने गरेको बताउँछन् ।
Rishi Acharya from the Nepalese Australian Association.
Rishi Acharya from the Nepalese Australian Association. Source: SBS News
“अधिकांस डुबेका घटनामा भर्खरै अस्ट्रेलिया आएका विद्यार्थी वा आप्रवासी परेको देखिन्छ । ” उनले भने ।

नेपालबाट आएका विद्यार्थी, आगन्तुक वा आप्रवासीहरूमा अस्ट्रेलियाको समुन्द्री छाल,ताल, नदी वा पोखरीको  गहिराइ र प्रकृतिको बारेमा ज्ञान हुदैन् ।

पौडी खेल्न आउँछ भन्दैमा पानीको बहावको ज्ञान नभई हाम फाल्नु ज्यान जोखिममा पार्नु हो । 

त्यसो त यस्ता घटनाहरूमा ज्यान गुमाएका अधिकास नेपाली, युवा उमेर समूहका छन् ।
अस्ट्रेलियाको रोयल लाइभ सेभिङसले जारी गरेको २०१९ जुलाई देखि जुन २०२० सम्मको तथ्याङ्क रिर्पोटमा पानीमा डुबेर मृत्यु हुने १७ प्रतिशत मानिस २५ देखि ३४ वर्ष उमेर समूहका रहेका देखाएको छ ।
royal life savings report
Source: website
पत्रकार आचार्य भन्छन् “नेपाली समुदायमा पिकनिक वा क्यापिङ जाने चलन बढी छ, यस्तो अवस्थामा मदिरा सेवन गर्ने र पानीमा पौडी खेल्ने देखिन्छ, जसको कारण दुर्घटना हुन पुग्छ । ” 

रोयल लाइभ सेभिङसको रिर्पोटमा सन् १९/२० मा पानीमा पौडी खेल्ने क्रममा मारिएका घटनामा २७  व्यक्तिहरूले मदिरा सेवन गरी पौडी खेलेको पाइएको छ ।
पत्रकार आचार्य सामुदायिक सङ्घ संस्थाहरू मिलेर प्रत्येक वर्ष कम्तीमा पनि एक पटक पानी र सडक सुरक्षाका बारेमा नेपाली समुदायका सदस्यहरूलाई जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने आवश्यकता रहेको बताउँछन् । 

“अन्य मुलुक बाट आएका मानिसहरूमा अस्ट्रेलियाको पानीका बारेमा राम्रो ज्ञान हुन्छ र सचेत रहन्छन् , नेपाली समुदायका सदस्यहरूमा यस सम्बन्धी ज्ञानको कमी छ,वर्षमा कम्तीमा पनि एक पटक पानीको जोखिमका बारेमा जनचेतना कार्यक्रम गर्नु आवश्यक छ ।” उनले भने । 

यसो त गैर आवासीय सङ्घ अस्ट्रेलियाले पनि यस विषयमा जनचेतना जगाउनका लागि टास्क र्फोर्सको निर्माण गरेको सङ्घका सचिव डाक्टर ज्ञानेन्द्र रेग्मी बताउँछन् ।
leaflet produced by NRNA
Source: suppiled
“गत अप्रिल महिनामा प्रज्वल भट्टराईको संयोजकत्वमा पानी सुरक्षाका बारेमा टास्क फोर्स तैयार पारेका छौ ,चाडै नै यसका बारेमा अनलाइन मार्फत तालिम सञ्चालन गदैछौ ।” उनले भने ।

यस बाहेक सामाजिक संजालहरुमा पानीबाट सुरक्षाका लागि जानकारीमूलक सूचनाहरू राखेको उनी बताउँछन् ।

अस्ट्रेलियामा सन् २०१९/२० मा दुई सय ४८ जना मानिसहरूले पानीमा डुबेर ज्यान गुमाएको रोयल लाइभ सेभिङसको तथ्याङ्कले देखाएको छ ।
royal life savings report
Source: website
यसरी ज्यान गुमाउने मध्ये ८० प्रतिशत पुरुषहरू रहेका छन् । 

पानीको डुबानको घटनामा अत्यधिक जोखिमको महिना चलिरहँदा नेपाली समुदायका सदस्यहरूले पानीमा जाँदा आवश्यक सुरक्षा अपनाउनु आवश्यक देखिन्छ । 

लाइफ गार्ड भएको क्षेत्र वा पानीको बहावको बारेमा राम्रो जानकारी भएको क्षेत्रमा मात्र पौडी खेल्नु उचित रहने पत्रकार आचार्य र डाक्टर रेग्मी सुझाव दिन्छन् ।



Share

Published

Updated

By Krishna Pokhrel

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand