आधुनिक अस्ट्रेलियामा हिन्दुहरुको लहर

हिन्दु धर्ममा आस्था राख्ने मानिसहरुको बढ्दै गर्दा, अस्ट्रेलियामा धार्मिक क्रियाकलापहरु कसरी सम्पन्न हुँदैछ?

A young Hindu Nepali Australian couple wed at small backyard service.

A Nepali Australian Hindu couple at a small backyard wedding service in Minto, Sydney. Source: SBS News

अस्ट्रेलियामा सबैभन्दा द्रुतगतिमा बढिरहेको धर्महरु मध्ये हिन्दु धर्म दोश्रो नम्बरमा पर्छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्ला। अस्ट्रेलियामा बस्ने जम्मा २ प्रतिशत मानिसहरुले आफुहरुलाई हिन्दु भनिरहँदा, यहाँ पछिल्लो ३० बर्षमा करिब २० गुणाले यो संख्या बढेको तथ्याङ्क छ।

नेपालमा भएको भए धुमधामसंग सयौंको संख्यामा आफ्ना इष्ट-मित्र वरिपरि राखेर सम्पन्न हुने विवाह, सिड्नीमा स्थित् एउटा घर पछाडीको सानो बगैँचामा हुँदा केही खल्लो त अवस्य नै हुन्छ। ध्वजापताका सहित नेपालमा झैँ साज-सज्जा गरिएको भएपनि यो विवाह नेपालमा गरिने भन्दा निकै नै सानो स्तरमा सम्पन्न भएको थियो। लगभग २५-३० पाहुनाहरुको अगाडी सम्पन्न यो वैवाहिक कार्यक्रम दुई घण्टामै भित्रै सकिएको थियो।

सिड्नीमा बस्ने हिन्दु पुरेत नारायण भट्टको घरमा भएको यो कार्यक्रम समयको माग रहेको उनी बताउँछन्। उनका अनुसार परम्परागत रुपमा लामो हुने हिन्दु वैवाहिक कार्यक्रम, सिड्नी जस्तो शहरमा धेरै महँगो हुने तथा चाहिएको बेला मन्दिर एवं अन्य पायक स्थलहरु सहजै उपलब्ध नहुने भएकाले छोटो-छरितो रुपमा सम्पन्न गर्नुपर्ने बाध्यता रहेकोछ।
उनले हाँस्दै भने, "मन्दिरहरु पुरै बुक छन्। माग बढेको बढ्यै छ, मान्छेहरु बढेका बढ्यै छन्।"
सन् २०१६को जनगणना अनुसार, हिन्दु धर्म अस्ट्रेलियामा पाँचौ नम्बरमा रहेको छ।

अस्ट्रेलियन कुल जनसंख्याको लगभग २ प्रतिशतले हिन्दु धर्म मान्ने भएपनि आप्रावासका कारण यो धर्ममा आस्था राख्ने मानिसहरुको संख्या द्रुत गतिमा बढिरहेको छ।

"३० बर्ष अघि अस्ट्रेलियामा बसाई सर्ने सबैजसो मानिसहरु यूरोपबाट हुन्थे। अहिले यो परिस्थितिमा आकाश जमीनको अन्तर छ। पछिल्लो जनगणना हेर्ने हो भने यहाँ आउने मानिसहरुमा सबैभन्दा बढी चीन, भारत तथा भिएतनाममा जन्मेकाहरु छन्।" जनसांख्यिकीको रुपमा काम गर्ने मार्क मक्क्रिण्डल भन्छन्।
"सन् १९८६ ताका अस्ट्रेलियामा बीस हजार हिन्दुहरु थिए। अहिले अस्ट्रेलियामा लगभग सांढे चार लाख मानिसहरु आफुलाई हिन्दु धर्ममा आस्था राख्ने छन्।"
शिख धर्म अस्ट्रेलियामा सबैभन्दा द्रुतरुपमा फैलीरहेको धर्म हो तर पछिल्लो जनगणनालाई आधार मान्ने हो भने जम्मा १२५,९०१ मानिसहरु मात्र शिखहरु यहाँ बसोबास गर्दछन्।

विगत पाँच बर्षमा इसाई धर्म मान्ने अस्ट्रेलियनहरुको संख्यामा ७ प्रतिशतले ह्रास आएको छ। यसै अवधिमा कुनै पनि धर्म मान्दैनौं भन्ने अस्ट्रेलियनहरु ५० प्रतिशतले बढेका छन्।

सन् २०११ को तथ्याङ्कलाई आधार मानेर हेर्ने हो भने हिन्दु धर्म मान्ने मानिसहरुको संख्यामा ६० प्रतिशतले वृद्धि भएको छ भने बौद्ध धर्मको अनुयायीहरु ७ प्रतिशतले बढेका छन्।

सिड्नीको दक्षिण-पश्चिमी भेग स्थित् मिन्टो नामक उपनगरमा रहेको श्री शिव मन्दिर तथा श्री मुक्तिगुप्तेश्वर मन्दिरले अस्ट्रेलियाको जनसंख्यामा भएको यो रुपान्तरणलाई राम्ररी दर्शाउँछ।

सन् १९९९ ताका, नेपालका स्वर्गीय राजा बिरेन्द्रले अस्ट्रेलियन जनतालाई उपहार स्वरुप दिएको १३औं तथा अन्तिम ज्योतिर्लिङ्ग रहेको मुक्तिगुप्तेश्वर मन्दिर नजिकै रहेको श्री शिव मन्दिर, सन् १९९० तिर एउटा सानो कोठामा सिमित थियो।

त्यसबेलाको ३०/४० जनाको समुदायलाई यसले राम्रै सेवा दिएको कुरा सम्झदै भट्ट भन्दछन्, "त्यतिबेला मन्दिर आउने २० जना भेट्न पनि मुस्किल थियो। "

हिन्दु धर्ममा आस्था राख्ने मानिसहरु बढ्दै जाँदा मन्दिरको आकार तथा त्यसले ओगटेको क्षेत्र पनि बढ्दै ५ एकड पुगिसकेको छ। आजको दिनसम्म आइपुग्दा, यस मन्दिरले सजिलै ४०० भन्दा बढी भक्तजनहरुको भिडलाई व्यवस्थापन गर्न सक्छ।

हिन्दु परिषद अस्ट्रेलियाका निर्देशक अश्विनी शर्माका अनुसार अस्ट्रेलिया भर नै यस्तो लहर छ।
"मेलबर्न, एडिलेड, पर्थ, न्युक्यासल लगायातका हरेक ठाउँमा पुजा आराधाना गर्ने ठाउँको रुपमा मन्दिरहरुको अत्यधिक माग रहेको छ।"
अस्ट्रेलियामा बसोबास गर्ने ८१ प्रतिशत हिन्दुहरु अरु नै देशमा जन्मेर यहाँ आएका हुन्। मक्क्रिण्डलका अनुसार अस्ट्रेलियामा जन्मने हरेक १ जना हिन्दु बराबर ७ जना बाहिरबाट आएका हिन्दुहरु छन्।

नयाँ पिढींका हिन्दुहरु

नयाँ पिढींका हिन्दुहरुको भने धर्मबारे नै नौलो सोच रहेको छ। विश्वविद्यालयमा अध्यन गर्दै गरेकी संजना यहीं जन्मिन तथा हुर्किन।

आफ्नो धारणा उनी यसरी राख्छिन्, "हामी धर्मबारे हाम्रा माता-पिता जस्तो परम्परागत सोच राख्दैनौ। म त अझ यहीँ अस्ट्रेलियामा जन्मेकी - जीवनलाई बुझ्ने हाम्रो अलग्गै सोच छ। अनि, धर्मबारे पनि धारणा अलिक आधुनिक हुने त भईहाल्यो नि!"
"हाम्रा लागि मन्दिर केवल पुजा गर्ने थलो होइन, ध्यान गर्ने, मनलाई चङ्गा बनाउने र शान्त हुने स्थल हो।"
त्यस्तै विचार किरण सम्पथकुमारको पनि रहेको छ। अस्ट्रेलियामा धार्मिक घुलमिल भएता पनि आफ्नो बाल्यकाल सम्झदै उनी भन्छन्, "मेरा हिन्दु आमा-बुवाले मलाई एक क्याथोलिक स्कुलमा पढाउनु भयो जहाँ हामीले हरेक बिहान स्कुल पुग्ने बित्तिकै इशुको प्राथना गर्नुपर्थ्यो। अनि बेलुकी घर आएर पुजा-आराधना। यस्तो गर्नुपर्दा म निक्कै अलमलमा पर्थें।
"अहिले अलि बुझ्ने भएपछि म केहि सहज भएको छु, आफ्नो पृष्ठभुमि जान्न खोज्दै छु।"

र, यो पनि …

null

null

 

हामीलाई फेसबुक तथा ट्वीटरको माध्यमबाट पनि सम्पर्क गर्नसक्नुहुनेछ। 


Share

Published

Updated

By Abbie O'Brien
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand