सिड्नीमा नयाँ कोरोना प्रकोप सँगै प्रतिबन्धहरूमा परिवर्तन

सिड्नीको नदर्न बीचेसमा देखिएको पछिल्लो प्रकोपले बिदाको समयमा अन्य राज्य वा क्षेत्रको भ्रमण गर्ने योजना बनाएका मानिसहरूलाई असर पर्ने भएको छ । पछिल्ला प्रतिबन्धका बारेमा यहाँ जानकारी गराइएको छ ।

Just a week before Christmas, state and territory leaders have rushed to impose new travel restrictions on travellers from Sydney's Northern Beaches.

Just a week before Christmas, state and territory leaders have rushed to impose new travel restrictions on travellers from Sydney's Northern Beaches. Source: Getty Images AsiaPac

सिड्नीको नदर्न बीचेसमा सङ्क्रमितको सङ्ख्या ७० पुगे पछि राज्य र टेरीटरीका नेताहरू नयाँ प्रतिबन्ध कायम गर्न हतारिएका छन् ।

श्रोत पत्ता नलागेको उक्त प्रकोप शनिवार सम्म आई पुग्दा ७० पुगी सकेको छ ।

न्यु साउथ वेल्सकी प्रिमीयर ग्लेडीज बेरीजिक्लियनले नदर्न बिचेसमा शनिवार साँझ ५ बजे देखि बुधवार मध्यरात सम्म लकडाउनको घोषणा गरेकी छन् ।

नयाँ प्रकोपले न्यु साउथ वेल्सका बासिन्दाहरुा लागि भ्रमणमा नयाँ नियमहरू लागु भएका छन् । यहाँ तपाई प्रत्येक राज्यले अवलम्बन गरेका नयाँ प्रतिबन्धका बारेमा बताइएको छ ।

भिक्टोरिया

ग्रेटर सिड्नी लगायत सेन्ट्रल कोस्ट र ब्लु माउन्टेन्सका बासिन्दाहरूलाई भिक्टोरिया प्रवेश गर्नबाट निषेध गरिएको छ। प्रिमियर डानियल एन्ड्रुजले यी सम्पूर्ण क्षेत्रहरूलाई "रेड जोन" अर्थात् खतरा भएका स्थानहरूको रूपमा घोषित गरेका हुन्।

न्यु साउथ वेल्स रहेका भिक्टोरियालीहरू सोमबार मध्य रातसम्म भिक्टोरिया फर्की सक्नु पर्ने छ, र पुगे पछि १४ दिन अनिवार्य घर सेल्फ-आइसोलेट गर्नु पर्ने हुन्छ।

यो तोकिएको समय पछि पुग्नेहरूलाई भने होटेल क्वारेन्टिनमा राखिने छ।
यी पछिल्ला कदमहरू "कठिन तर उचित" भएको प्रिमियर एन्ड्रुजले बताए।

बुधवार मध्य रात पश्चात् नर्दन बीचेसको लकडाउन खुले पछि पनि यी प्रतिबन्धहरू भने "आवश्यकता रहे सम्म" लागु हुने उनले बताएका छन्।

ट्राफिक लाइट व्यवस्था अनुसार ग्रेटर सिड्नी बाहेक न्यु साउथ वेल्सका अन्य क्षेत्रहरू भने "ग्रीन जोन" अर्थात् कम जोखिम भएका स्थानहरूको रूपमा घोषित छन्, तर त्यहाँका बासिन्दाहरूलाई पनि भिक्टोरिया प्रवेश गर्न यात्रा अनुमति अनिवार्य रहेको छ।

११ डिसेम्बरमा या त्यस पछि नर्दन बीचेस गएका र हाल भने भिक्टोरियामा रहेका व्यक्तिहरू कोभिड-१९ को लक्षणका लागि परीक्षण गरी आइसोलेसनमा बस्नु पर्ने छ।

क्वीनसल्याण्ड

क्वीनसल्याण्डका स्वास्थ्य अधिकारीहरूले पनि ग्रेटर सिड्नीका बासिन्दाहरूका आफ्नो सीमा बन्द गरेको छ, र सम्पूर्ण क्षेत्रलाई हटस्पट घोषित गरेको छ।

पछिल्ला दुई हप्तामा सिड्नी, ब्लु माउन्टेन्स, सेन्ट्रल कोस्ट र इलावारा-शोलहेभनमा गएका व्यक्तिहरू कुनै विशेष छुट बिना क्वीनसल्याण्ड भित्रन पाउने छैनन्। विशेष छुटका कारण प्रवेश अनुमति प्राप्त भएमा उनीहरू अनिवार्य १४ दिने होटेल क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ।

हाल न्यु साउथ वेल्समा रहेका क्वीनसल्याण्डका बासिन्दाहरू मङ्गलबार बिहान १ बजेसम्म क्वीनसल्याण्ड फर्की सक्नु पर्ने छ, र पुगे पछि कोभिड-१९ परीक्षण सँगै सेल्फ-आइसोलेसनमा बस्नु पर्ने हुन्छ।

"यदि तपाईँ ग्रेटर सिड्नीबाट हुनु हुन्छ भने, अहिले क्वीनसल्याण्डमा यात्रा गर्ने समय होइन।", उक्त राज्यकी प्रिमियर एनेसटेसिया पलाशेले आइतबार भनिन्।

क्वीनसल्याण्डले यी नयाँ प्रतिबन्धहरू लागु भएको सुनिश्चित गर्नेका लागि न्यु साउथ वेल्सको सीमामा रोड चेक पोइन्टहरू पुनः राख्ने भएको छ।

अस्ट्रेलियन क्यापिटल टेरीटरी

सिड्नी, सेन्ट्रल कोस्ट, इलावारा-शोलहेभन र नेपियन ब्लु माउन्टेन्सबाट अस्ट्रेलियन क्यापिटल टेरीटरी (एसीटी) जाने व्यक्तिहरू अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने छ।

"तपाईँ एसीटीको बासिन्दा हुनु हुन्न भने, र यी क्षेत्रहरूमा यात्रा गर्नु भएको खण्डमा - एसीटीमा प्रवेश नगर्नु होला।", उक्त टेरिटोरीका प्रमुख स्वास्थ्य अधिकारी केरिन कोलम्यानले आइतबार रिपोर्टरहरूलाई बताएकी हुन्।

ती यात्रुहरू सँग एउटै घरमा बस्ने व्यक्तिहरू पनि क्वारेन्टिनमा बस्नु पर्ने छ।

एसीटीको बासिन्दा नरहेका मानिसहरूलाई अत्यावश्यक अवस्था बाहेक अरू समय यात्राका लागि विशेष छुट नदिइने डाक्टर कोलम्यानले बताइन्।

"यी नियमहरूले धेरैलाई कठिन हुने म बुझ्छु, यिनलाई हामीले एकदमै गम्भीरताका साथ लिएका छौँ।

"आवश्यकता नभए पछि यी प्रतिबन्धहरू अवश्य हटाइने छन्, तर क्रिसमस र नयाँ वर्षको अवधिमा पनि यी जारी नै रहन सक्ने सम्भावना छ, र समुदायलाई त्यसै अनुसार तयार रहन हामी आग्रह गर्दछौँ।"

वेस्र्टन अस्ट्रेलिया

नदर्न बीचेसको कोभिड-१९ सङ्क्रमणको सङ्ख्यालाई हेरेर राज्यले "हार्ड बोर्डर" सीमा प्रतिबन्ध फेरी जारी गरेको, प्रिमियर मार्क म्याकगोवनले घोषणा गरे। 

हाललाई न्यु साउथ वेल्सलाई “मध्यम जोखिम”को क्षेत्रका रूपमा राखिएको छ । यसको मतलब यस वर्षको सुरुमा झैँ सीमा प्रतिबन्ध लागु हुनेछन् ।

२० डिसेम्बर पछि न्यु साउथ वेल्सबाट केवल विशेष यात्रा छुट अनुमति भएका व्यक्तिहरू मात्र वेस्टर्न अस्ट्रेलिया भित्रन पाउने छन्। 

प्रिमियर म्याकगोवनले चाडबाडका बेला प्रतिबन्ध कायम गरिनु निकै दुखद रहेको बताए ।

नदर्न टेरीटरी

नर्दन टेरिटोरीले ग्रेटर सिड्नीका यात्रुहरूका लागि आफ्नो सीमा बन्द गरेको कार्यवाहक मुख्यमन्त्री निकोल मेनिसनले आइतबार दिउँसो बताइन्।

सिड्नी, सेन्ट्रल कोस्ट, इलावारा-शोलहेभन र ब्लु माउन्टेन्सका व्यक्तिहरू प्रवेश पश्चात् अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ।

नर्दन टेरिटोरीका बासिन्दाहरूलाई सुरक्षित राख्न कडा प्रतिबन्धहरू जारी गर्न तयार रहेको मेनिसनले बताइन्।

तास्मेनिया

तास्मेनियाले नदर्न बीचेस स्थानीय सरकारी क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरी ११ डिसेम्बरदेखि त्यहाँ पुगेका मानिसहरूलाई अत्यावश्यक भएको खण्डमा बाहेक तास्मेनिया प्रवेशमा रोक लगाएको छ ।

ग्रेटर सिड्नीलाई "मध्यम जोखिम" भएको स्थानको रूपमा घोषित गर्दै, त्यहाँबाट तास्मेनिया प्रवेश गर्ने यात्रुहरू अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने बताइएको छ।

सिड्नीमा देखिएका पछिल्ला कोरोना भाइरस मामिलाहरूका कारण सिड्नी देखि होबार्टसम्म गरिने याच (डुङ्गा) प्रतियोगिता इतिहासमै पहिलो पटक रद्द गरिएको छ।

साउथ अस्ट्रेलिया

साउथ अस्ट्रेलियाले २० डिसेम्बर आइतबारको मध्य रातदेखि ग्रेटर सिड्नीको लागि आफ्नो सीमा बन्द गर्ने राज्यका प्रिमियर स्टिभन मार्शलले बताए।

न्यु साउथ वेल्सका सडकका सीमाहरूमा एडिलेड विमानस्थलमा कोभिड-१९ परीक्षणका लागि चेक पोइन्टहरू राखिने छन्।

ग्रेटर सिड्नीबाट साउथ अस्ट्रेलिया प्रवेश गर्ने सबै व्यक्तिहरू अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने छ।

पछिल्लो समयमा नर्दन बीचेस गएका मानिसहरू मध्य भने साउथ अस्ट्रेलियाका निवासीहरूलाई मात्र राज्यमा भित्रन दिइने छ, र अन्य व्यक्तिहरूलाई प्रवेशबाट रोक लगाइएको छ।

आफ्नो भाषामा कोभिड-१९ बारे पछिल्ला समाचार र स्वास्थ्य आदेशका लागि sbs.com.au/coronavirus मा जानुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्ल्यिाण्ड, वेस्र्टन अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया ।


Share

Published

Updated

By SBS News
Source: SBS News

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
सिड्नीमा नयाँ कोरोना प्रकोप सँगै प्रतिबन्धहरूमा परिवर्तन | SBS Nepali