рдореБрдЦреНрдп рдмрд┐рд╖рдп:
- рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛рдорд╛ рдЬрдирд╛рд╡рд░рд╣рд░реВ рд░рд╛рдЬреНрдп рд░ рдкреНрд░рджреЗрд╢рдХрд╛ рдХрд╛рдиреБрдирд╣рд░реВрдмрд╛рдЯ рд╕рдВрд░рдХреНрд╖рд┐рдд рдЫрдиреН
- рдкрд╢реБ рдорд╛рдерд┐рдХреЛ рд╣реЗрд▓рд╛ рд╡рд╛ рдкрд░рд┐рддреНрдпрд╛рдЧрд▓рд╛рдИ рдЕрдкрд░рд╛рдзрдХрд╛ рд░реВрдкрдорд╛ рд▓рд┐рдЗрдиреНрдЫ
- рдЬреЗрд▓ рд╕рдЬрд╛рдп рд╡рд╛ рдЬрд░рд┐рд╡рд╛рдирд╛ рдкрдирд┐ рд╣реБрди рд╕рдХреНрдЫ
- рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛рдорд╛ рд░реИрдерд╛рдиреЗ рдЬрдирд╛рд╡рд░ рд╕рдореНрдмрдиреНрдзреА рдмреЗрдЧреНрд▓реИ рдХрд╛рдиреВрди рдЫрдиреН
पशुको संरक्षणका लागि बनेका कानूनहरू राज्यको स्वामित्व भित्र पर्ने भएकाले राज्य र प्रदेश पिच्छे कानुनहरू फरक फरक हुन्छन्।
कतिपय राज्यहरूले पशुको हेरचाहमा कुनै कमी नहोस् भन्ने मनसायका साथ थप कल्याणकारी कानूनहरू निर्माण गरेको पाइन्छ।
यी कानूनहरूले कुनै पनि पशुलाई शारीरिक र मानसिक रूपमा क्षति पुर्याउनबाट रोक्ने, рд░реЛрдпрд▓ рд╕реЛрд╕рд╛рдЗрдЯреА рдлрд░ рдж рдкреНрд░рд┐рднреЗрдиреНрд╕рди рдЯреБ рдХреНрд░реБрдПрд▓рд┐рдЯреА рдЯреБ рдПрдирд┐рдорд▓реНрд╕ नामक पशु कल्याणकारी संस्थाकी सिनियर साइन्टीफिक अफिसर डाक्टर सेरा जितो बताउँछिन्।
рд╣реЗрд░рдЪрд╛рд╣рдХреЛ рдХрд░реНрддрд╡реНрдп рднрдиреЗрдХреЛ рд░реЗрдЦрджреЗрдЦ рдЧрд░реНрдиреЗ рд╡реНрдпрдХреНрддрд┐рд▓реЗ рдЬрдирд╛рд╡рд░рд▓рд╛рдИ рдЙрдЪрд┐рдд рдЦрд╛рдирд╛ рд░ рдкрд╛рдиреА рджрд┐рдПрдХреЛ рдмрд╛рд░реЗрдорд╛ рдирд┐рд╢реНрдЪрд┐рдд рдЧрд░реНрдиреЗ рд░ рдХреБрдиреИ рдкрдирд┐ рд╣рд╛рдиреА рд╣реБрдирдмрд╛рдЯ рд░реЛрдХреНрдиреЗ рднрдиреНрдиреЗ рд╣реЛрдбрд╛. рдЬрд┐рдЯреЛ
कानुनी रूपमा मालिकहरूले आफ्ना पशुहरूलाई चिकित्सकीय हेरचाह र सम्भावित रोकथामको जिम्मेवारी लिनु पर्दछ।
प्रजाति अनुसारको पालन पोषणसँगै प्राकृतिक रूपमा व्यवहार व्यक्त भएको वा नभएका बारेमा पनि सुनिश्चित गर्ने जिम्मेवारी पशु हेरचाहकर्ता वा मालिकको हो।
पशुको हेरचाहको जिम्मेवारी लिएका कानुनी मालिक, नियन्त्रण लिने व्यक्ति वा प्रजनन सुविधाका मालिक वा पशुहरू ब्रिकी, तालिम वा हेरचाह केन्द्रका मालिकहरू पशु सम्बन्धी कानुनको दायरा भित्र पर्दछन्।
पशुको हेरचाहमा चुक्नु, दुर्व्यवहार गर्नु वा परित्याग गर्नु चाहिँ कानुनी रूपमा गम्भीर अपराध भित्र पर्दछ।

Source: Getty / Getty Images/John McKeen
पप्पी र किटेन फार्म भनेका जनावरहरूको प्रजनन गरी, हेरचाह र सुरक्षा पश्चात् नाफाका लागि बेचीने व्यवसायीक फार्म वा केन्द्रहरू हुन्।
कुनै शारीरिक हिसाबले विशेषता राख्ने जनावरहरूलाई प्रजनन गराउँदा वा तिनीहरूको रेखदेखमा भने स्वास्थ्य जटिलता रहने बताइन्छ।
जस्तो कि फ्लयाट फेस्ड डग भनिने थेप्चो अनुहार भएका कुकुरहरूमा स्वास्थ्य समस्या धेरै नै हुने गर्दछ।
कतिपय मानिसमा जनावर प्रजनन र ब्रिकी गर्ने यस्ता फार्महरू अस्ट्रेलियामा गैर कानूनी हुन कि भन्ने भ्रम छ, तर यस्ता प्रजननकर्ताहरूले राज्यबाट इजाजत लिन सक्दछन्।
पिपुल फर द एथिकल ट्रीटमेन्ट आफ एनिमल्सकी (पेटा) प्रवक्ता लौरा वेमेन–जोन्स केही राज्यहरूमा एकै परिसरमा प्रजनन गर्न सकिने जनावरहरूको सङ्ख्यामा भने प्रतिबन्ध लगाउने कुरा अगाडी बढी रहेको बताउँछिन्।
“भिक्टोरियाले सम्भवतः यसको नेतृत्व गर्नेछ,” उनले भनिन्।
पशु पाल्ने इच्छा भएका मानिसहरूले उद्धार केन्द्रहरूबाट जनावरहरू ल्याउँदा उचित हुने बताइन्छ।
कतिपय अवस्थामा उद्धार केन्द्रमा रहेका जनावरहरूले हेरचाह प्रदान गर्ने घर वा सुरक्षित स्थान फेला नपरे उनीहरूलाई पिडा बिना मार्ने काम गरिन्छ।
के अस्ट्रेलियाका रैथाने जनावरहरूको कानुन छ?
अस्ट्रेलियाका रैथाने जनावरहरूसँग हामीले कसरी व्यवहार गर्छौ भन्ने कुराको रेखदेख सरकारले गर्ने गरेको एनिमल डिफेन्र्डस अफिसमा स्वयंसेवकका रूपमा प्रिन्सिपल सोलिसिटरको भूमिका निर्वाह गरिरहेकी टारा वार्ड बताउँछिन्।
“यो सामान्य पशु कल्याण कानुन भन्दा अतिरिक्त हो,” उनले भनिन्।
यस बाहेक लोपोन्मुख जनावरहरूका हकमा थप कानुन लागु हुन्छ।
के अस्ट्रेलियन रैथाने जनावरलाई घरपालुवा जनावरका रूपमा राख्न सकिन्छ?
लोपोन्मुख प्रजातिको संरक्षण र कल्याणकारी सरोकारका कारण रैथाने वा अस्ट्रेलियन मूल भएका जनावरलाई घरमा पाल्न पा पाल्तु जनावरका रूपमा राख्न अनुमति दिइदैन्।
तर कतिपय राज्यहरूमा चाहिँ इजाजत पत्र लिएकाहरूले भने हेरचाहकर्ताका रूपमा वन्यजन्तुहरू राख्न सक्दछन्।
यो नियम केही निश्चित वन्यजन्तुमा भने लागु हुदैन्।
तर धेरै जस्तो क्षेत्रमा चाहिँ घाइते भएका रैथाने जनावरहरूलाई वन्यजन्तु आरक्षण वा उपचारका लागि लग्न पाउने नियम छ।
कस्तो जरिवाना हुन सक्छ?
राज्य पिच्छे फरक कानून भएजस्तै जनावर प्रति गरिने क्रूरता र लापरबाहीको दण्ड वा सजाय पनि फरक हुने गर्दछ।
पशु कल्याण वा क्रूरता सम्बन्धी ऐन अन्तर्गत यस्ता गतिविधिमा संलग्नलाई ७ बर्ससम्मको जेल सजाय हुन सक्दछ।
गम्भीर प्रकृतिको अपराधमा भने व्यक्तिगत रूपमा २००,००० सम्मको जरिवाना हुन सक्छ वा संस्थागत रूपमा दश लाख डलरसम्मको जरिवाना हुन सक्छ।
पशु दुर्व्यवहारे कसलाई जानकारी गराउने?
दुर्व्यवहार, बेवास्ता वा परित्याग सहित पशु माथि हुने अपराधका बारेमा जानकार भए सम्बन्धित संस्था वा अधिकारीहरूलाई सम्पर्क गर्न सकिन्छ।
यसका लागि सबै राज्यमा उपस्थित रहेको रोयल सोसाइटी फर द प्रिभेन्सन टु क्रुएलिटी टु एनिमल्स (आरएसपिसिए) हो।
पशु दुर्व्यवहारको रिर्पोटीङ्ग गर्दा दाखिला गर्ने मानिसको परिचय गोप्य राखिन्छ।
यदि कुनै पशु खतरामा छ भने चाहिँ प्रहरीलाई खबर गर्न सकिन्छ।
बिरामी, घाइते वा अनाथ रैथाने जनावरहरू बारे वाईल्ड लाइफ रेस्क्यु अस्ट्रेलियालाई २४ सै घण्टा १३०० ५९६ ४५७ मा सम्पर्क गर्न सकिन्छ।
рдЖрд░рдПрд╕рдкрд┐рд╕рд┐рдПрдХреЛ рд╡реЗрдмрд╕рд╛рдЗрдЯमा अस्ट्रेलिया भरको पशु सम्बन्धी कानुन र आवश्यक जानकारी उपलब्ध छ।