Explainer

निर्वाचन नजिकिए तापनि यस वर्षको सङ्घीय बजेट किन महत्त्वपूर्ण छ?

मङ्गलबार राति सङ्घीय ट्रेजरर जश फ्राइडनबर्गले यस वर्षको बजेट घोषणा गर्ने छन्। आउँदो निर्वाचनमा जनताले कसलाई भोट गर्छन् भन्ने विषयमा बजेटले ठूलो भूमिका खेल्ने छ।

The 2022-2023 Budget Papers are seen at a printing facility prior to being delivered to Parliament House in Canberra, Sunday, March 27, 2022.

The 2022-2023 Budget Papers are seen at a printing facility prior to being delivered to Parliament House in Canberra Source: (AAP Image/Mick Tsikas

यस वर्षको बजेट सङ्घीय निर्वाचन भन्दा केही समय अघि सार्वजनिक गरिँदै छ। ट्रेजरर जश फ्राईडनबर्गले दैनिक खर्चहरू बढिरहेको वर्तमान घडीमा, बजेटले आउँदो निर्वाचनमा मानिसहरूले कसलाई भोट गर्छन् भनी प्रभाव पार्न सक्ने अनुमान रहेको छ।  


रोजगारका अवसर र वस्तुहरूको बढ्दो मूल्य जस्ता पक्षहरू रहे तापनि मुद्रास्फीति र विश्वव्यापी अनिश्चितताले यसपालिको बजेटको लागि चुनौतीहरू खडा गरेका छन्।  


यससँगै, ऋणको भार १० खर्ब डलरसम्म पुगेको अर्थशास्त्रीहरूले चेतावनी दिएका छन्।  


“ट्रेजररले हामीलाई राम्रो खबर दिए पनि, बजेटको लागि केही चुनौतीहरू भने हुने छन्,” डेलोइट एक्सेस इकोनोमिक्सका अर्थशास्त्री क्रिस रिचार्डसनले बताए।  


डेलोइट एक्सेस इकोनोमिक्सले यस वर्षको खातामा ६९ अर्ब डलर घाटा हुने प्रक्षेपण गरेको छ। 


यो सङ्ख्या गत वर्ष २०२१ को सुरुवातमा कोभिड-१९ को अवधिमा भएको २ खर्ब डलरभन्दा बढीको घाटाभन्दा कम हो।  

दैनिक खर्च


अस्ट्रेलियामा हाल दैनिक जीवनयापनमा लाग्ने खर्च बढ्ने क्रममा रहेको छ।  


रुस र युक्रेनबिचको लडाइका कारण विश्वव्यापी रूपमा आपूर्तिको समस्या आउँदा, अस्ट्रेलियामा विशेष गरी पेट्रोल मूल्यमा वृद्धि देखिएको छ।  


दैनिक खर्च गत केही वर्षका लागि रिजर्भ बैङ्कको दुई अथवा तीन प्रतिशत रहेको लक्ष्य भन्दा कम रहेको थियो, तर अहिले ३.५ प्रतिशत पुगेको छ।  


यसले जनताहरूलाई फरक-फरक तरिकाले असर गरेको छ।
Queanbeyan resident Edward Mapiva.
Queanbeyan resident Edward Mapiva. Source: SBS

इडेन-मोनारोको क्वीनबेयन मतदाता क्षेत्रका एडवार्ड मापिभाले हालै अपाङ्गता समर्थन पेन्सन लिन थालेका छन्।  


“अस्ट्रेलिया बसोबासको अझै महँगो बन्दै गइरहेको छ,” उनले एसबीएस न्युजसँगको कुराकानीमा बताए।  
धनीहरू झनै धनी भइरहेका छन्, र गरिबहरू झनै गरिब।

निर्वाचन नजिकिए तापनि बजेट किन महत्त्वपूर्ण छ? 


सङ्घीय निर्वाचनको लागि दुई महिनाभन्दा कम समय बाँकी छ। गठबन्धनले बजेटलाई मतदाताहरूलाई आफ्नो आर्थिक व्यवस्थापनको क्षमता देखाउने मौकाको रूपमा लिएका छन्।  


तर यसको साथै, लेबरले बजेटको बारेमा गर्ने टिप्पणीको पनि पर्खाइ हुन्छ, किनभने गठबन्धनको कुव्यवस्थापनका कारण परिवारहरू मर्कामा परेको विपक्षी दलले बताउँदै आएको छ।  


यता ट्रेजरर जश फ्राईडनबर्गले कर राजस्व बढाएर परिवारहरूलाई नयाँ भुक्तानी प्रदान गर्ने सङ्केत दिएका छन्।  


अस्ट्रेलियन काउन्सिल अफ सोसियल सर्भिसकी कसान्ड्रा गोल्डी बताउँछिन् कि मानिसहरूलाई एक पटक भुक्तानी दिएर समस्याको समाधान हुँदैन।  

विश्वव्यापी अनिश्चितता र रुसको आक्रमण


रुसले युक्रेनमाथि गरेको आक्रमण पछि अस्ट्रेलियामा बढेको पेट्रोल मूल्यको विषयमा प्रत्यक्ष केही कदम चाल्न सङ्घीय सरकारलाई आग्रह गरिएको छ।


तर सरकारले इन्धनको शुल्क कटौती या अन्य कुनै विकल्पको बारेमा केही पनि बताएको छैन।
Australian Treasurer Josh Frydenberg poses for photograph outside the Treasury Department building in Canberra, Thursday, March 24, 2022. (AAP Image/Lukas Coch) NO ARCHIVING
Australian Treasurer Josh Frydenberg Source: AAP

आर्थिक पृष्ठभूमि


गत फेब्रुअरी महिनामा बेरोजगारी दर चार प्रतिशतमा झरेको थियो, जुन आधा शताब्दीमा देखिएको सबैभन्दा कम सङ्ख्या रहेको ट्रेजररले बताए।  


डेलोइटको अनुसार आर्थिक लाभले सरकारलाई यस वर्ष पाँच अर्ब डलरले र आउँदो वर्ष आठ अर्ब डलरले आर्थिक रूपमा बलियो बनाउने छ।  


अर्थशास्त्रीहरू भन्छन् कि सरकारलाई बजेट मर्मत गर्न बचतको आवश्यकता छैन, तर कहाँ कम खर्च गर्न सकिन्छ र कहाँ कर बढाउन सकिन्छ भनेर ध्यान पुराउनु पर्ने हुन्छ। 


Share

Published

Updated

By Tom Stayner
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand