एन्टीजेन किट: पाउनै मुस्किल पाइए चर्को शुल्क

Rapid Antigen test kits

Rapid Antigen test kits Source: Getty Images Europe

कोभिड–१९ मामलाहरू बढ्दै जाँदा अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूलाई व्यक्तिगत रूपमा जिम्मेवारीपूर्ण व्यवहार गर्नका लागि आह्वान गरिएको छ।


घरमै कोभिड-१९ परीक्षण सकिने विधि एन्टीजेन किटको माग देश भरीनै बढी रहेको छ।

तर मानिसहरू उक्त किट हात पार्न भने सर्घष गरिरहेका छन्।

हरेक दिन रेभरयान्ड बिन क्रुज र उनको टोलीले सिड्नीका घरबार विहीन करिब एक हजार मानिसहरूका लागि खानाको व्यवस्था गर्छन्।

केस बढ्दै जाँदा उनले आफू र अन्य मानिसलाई सुरक्षित राख्न हप्तामा ५ सय एन्टीजेन परीक्षण किटको माग गरिरहेका छन्।

“हामीले सबैलाई सुरक्षित राख्न करिब २० हजार डलर यी किटहरूमा खर्च गरी सकेका छौ, म सोचिरहेको छु कि मानिसहरू म के गरूँ भन्ने चाहन्छन् पैसाले उनीहरूका लागि खानाको व्यवस्था गरौँ कि रयापिड टेस्ट गरौँ,” उनले भने।

“यतिखेर सरकारले आवश्यक परेका मानिसहरूलाई हेर्नु जरुरी छ, यो अवस्थामा उनीहरू उपेक्षित भइरहेका छन्।”

यता प्रधानमन्त्री स्कट मोरिसनले भने टेस्ट किट निःशुल्क उपलब्ध गराउनु पर्ने मागलाई बेवास्ता गदै खारेज गरिदिएका छन्।
This illustration shows a Rapid Antigen Test kit at Pharmacy Servais in Jodoigne
This illustration shows a Rapid Antigen Test kit at Pharmacy Servais in Jodoigne Source: AFP
सङ्घीय सरकारले ३७५ मिलियन अस्ट्रेलियन डलर ऱ्यापिड एन्टीजेन खरिदका लागि खर्च गदैछ तर ती किटहरू कोभिड-१९ पुष्टि भएका मानिस, 'क्लोज कनट्याक्ट' र एन्ड केयर जस्ता संबेदनसिल क्षेत्रका लागि प्रदान गर्ने बताएको छ।

यता विपक्षी नेता एन्थोनि एल्बानेजिले भने मोरिसनको निर्णयलाई सार्वजनिक नीतिको असफलताका रूपमा निन्दा गरेका छन्।

उनले भनेका छन् कि जनताहरूले “सबै कुरा निःशुल्क होस भनेर माग गरेका छैनन्” महामारीको महत्वपूर्ण चरणका बिच अस्थायी उपाय मात्र माग गरेका हुन्।

यता स्वास्थ्य मन्त्री ग्रेग हन्टले पनि सरकारी निर्णयको बचाउ गदै लेबरले ऱ्याट टेस्ट निःशुल्क वितरण गर्न दिएको सुझावको आलोचना गरेका छन्।

यद्यपि विदेशमा परीक्षण नीति अनुरूप नै यो रहेको बताइन्छ।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

बेलायतमा औषधि पसल र परीक्षण क्लिनिकहरूमा यो निःशुल्क पाइन्छ, केही विज्ञहरू भने अस्ट्रेलियाले त्यसो किन गर्न सक्दैन भनेर प्रश्न गरिरहेका छन्।

ग्रेटान इन्स्टीच्यूटका स्वास्थ्य कार्यक्रम निर्देशक स्टीफन डकेट प्रश्न गर्छन् कि सरकारले अस्ट्रेलियालाई पुन: खोल्ने योजनामा द्रुत एन्टीजेन परीक्षण किटको पर्याप्त आपूर्ति किन गर्न सकेन्?

यता बिश्वस्वास्थ्य सङ्गठनकी सरुवा रोग विशेषज्ञ प्राध्यापक मेरी लुसी म्याकलज यसको परिणाम खतरनाक हुन सक्ने बताउँछिन्।

“विशेषाधिकार प्राप्त धनी र गरिवका बिचमा विभाजन गर्न सक्छ, मानिसहरू अन्जानमै काममा जान सक्छन् र सङ्क्रमण फैलाउन सक्छन्,” उनले भनिन्।

सामान्यतया अस्ट्रेलियामा एन्टीजेन परीक्षण गराउँदा १५ डलर लाग्दछ।

तर पछिल्लो समय २५ डलर या यो भन्दा बढी ५० डलर तिरेका घटनाहरू पनि सार्वजनिक भएका छन्।

औषधि पसल बढी मूल्य लिएको इन्कार गर्छन्।

फार्मेसी गिल्ड अफ अस्ट्रेलियाका डेभिड हेफरनले भने कि धेरैले आफ्नो लागत भर्न संर्घष गरिरहेका छन्।

सरकारले यतिखेर सहुलियत कार्ड धारकहरूलाई छुट दिने विषयमा विचार गरिरहेको छ।

बुधवार हुने राष्ट्रिय मन्त्रीपरिषद् बैठकमा यसको छलफल गरिने छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand