अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी अस्ट्रेलियनहरूले खाने गरेका ‘बुश टकर’लाई कसरी आफ्नो भान्सासम्म ल्याउने?

Woman holding native Australian Lilly Pilly fruit.

A woman holding a harvest of native Australian lilly pilly fruit which is a nutritious form of bush tucker. Source: iStockphoto / Charlie Blacker/Getty Images/iStockphoto

'बुश टकर' भन्नाले अस्ट्रेलियामा नै फलेका आदिवासी अस्ट्रेलियनहरूले परापूर्व कालदेखि खाँदै आएका खानाहरू भन्ने बुझिन्छ। तर यी खाना मात्रै नभएर, अस्ट्रेलियाको सांस्कृतिक सम्पदाको हिस्सा पनि हुन् । अस्ट्रेलियाको परम्परालाई सम्मान गर्नको लागि बुश टकर वा यहाँका स्वदेशी खाद्य सामाग्रीको अवधारणा बारे कुराकानी गर्नु निकै प्रभावकारी हुन्छ। त्यसो भए यस्ता स्वदेशी खानालाई तपाईँ हामीले आफ्नो भान्सासम्म ल्याउन सक्छौँ त? बुश टकरका स्वादलाई आफ्नो भान्सामा भित्र्याउन, तपाईँले सामान्यतया प्रयोग गर्दै आएका सामाग्रीहरूलाई कहिलेकाहीँ बदल्नु जत्ति नै सजिलो छ।


मुख्य बुदाँहरू:
  • बुश टकर अस्ट्रेलियाको स्वदेशी खाना हो, र यो प्रोटिन र फाइबरले भरिएका हुनाले पौष्टिक हुन्छन्।
  • एक विशेषज्ञ भन्छन्, बुश टकर खाने सोच्दै हुनु हुन्छ भने, दक्षिणी गोलार्धको गर्मी याममा के कुराहरू मिल्दो हुन्छ भनेर ध्यान दिनु पर्छ।
  • यी 'नेटिभ' अर्थात् स्वदेशी सामग्रीहरूको उत्पत्तिबारे पनि छलफल गर्नु अस्ट्रेलियन महाद्विपका प्रथम बासिन्दाहरूलाई सम्मान गर्नु हो।
अस्ट्रेलियाका 'नेटिभ' अर्थात् स्थानीय तथा आदिवासी खानाहरू पछिल्लो समयमा चर्चामा आएका छन् । तर आफैँले घरमा यहाँका खानाहरू बनाउन खोज्दा एकदम नै नयाँ लाग्न सक्छ ।

फ्लिन्डर्स रेन्जेजका डेमियन कूलटार्ड अद्न्यामत्न र डिर्री समुदायका पुरुष हुन्।

उनी आदिवासी खानेकुराहरूबारे जानकारी रहेका पुस्तक 'फर्स्ट नेसन्स फुड कम्पेनियन' र 'वर्न्जु माइ: इन्ट्रड्युसिङ नेटिभ अस्ट्रेलियन इन्ग्रिडियन्ट्स टु योर किचेन'का सह लेखक पनि हुन् ।
RX015-Guests-CreditJiwonKim-TheCookUpS5-2023-04-27-4.jpg
Co-founder of Warndu, Damien Coulthard. Credit: Jiwon Kim Credit: Jiwon Kim
उनी भन्छन्, जसरी नयाँ खाना बनाउन खोज्दा हामी त्यसको बारेमा अनुसन्धान गर्छौँ र बुझ्न खोज्छौँ, त्यही कुरा नेटिभ अस्ट्रेलियन खाना बनाउनमा पनि लागू हुन्छ।

"चाडबाडको समयमा जसले घरमा खाना पकाउँदै हुनुहुन्छ, उहाँहरूलाई विभिन्न आदिवासी खानेकुराहरू प्रयोग गर्न प्रोत्साहन गर्छौँ," कूलटार्डले बताए।

र अस्ट्रेलियन संस्कृतिमा रमाउँदै आदिवासी खानालाई आफ्नो भान्सामा भित्र्याउनका लागि चाडबाडको समय भन्दा राम्रो अरू कहिले होला र ?

१. सलादमा नेटिभ सामाग्रीहरूको प्रयोग

यस्ता अस्ट्रेलियन खाद्य सामाग्रीहरूलाई हालेर पूरा नयाँ रेसिपीमा पकाउनु भन्दा पनि आफूले सामान्यतया प्रयोग गर्ने एक वा दुई वटा सामाग्रीको सट्टामा तिनलाई चलाउनु राम्रो हुन्छ।

जस्तो कि, तपाईँको नियमित सलादमा साग अर्थात् स्पिनेचको ठाउँमा वारिगल ग्रिन्सको प्रयोग गर्ने, वा एस्पारागसको साटो स्याम्फायरको प्रयोग गर्न सकिन्छ।

२. 'म्यारिनेट' वा 'सिजनिङ' गर्ने

त्यस्तै, खानामा भने, मसला र स्वादको लागि नेटिभ सामाग्रीहरू राखेर 'म्यारिनेट' वा 'सिजनिङ' गर्न सकिन्छ।

अस्ट्रेलियामा क्रिसमसको खाना भनेको तातो खाइने परिकारहरू हुन्, चाहे त्यो टर्की होस् वा कुखुराको मासु या माछा अथवा भेडाको मासु, अर्थात् 'ल्याम्ब'।

जस्तो कि तपाईँले ल्याम्ब बनाउँदै हुनुहुन्छ भने सल्टबुशको प्रयोग गर्न कूलटार्ड बताउँछन्।

त्यस्तै, कुखुरा वा टर्कीमा 'जेरल्टन व्याक्स', र यदि माछा मन पर्छ भने 'फिङ्गर लाइम'को प्रयोग गर्न सकिन्छ।

३. 'सि फुड' अर्थात् समुन्द्री खाना

मिन्यन्बुल समुदायकी महिला आराबेला डगलस, अस्ट्रेलियन महाद्विपका प्रथम बासिन्दाहरूको सांस्कृतिक पुनरुत्थानका क्षेत्रमा काम गर्ने 'करी कन्ट्री'की संस्थापक हुन् ।

उनी भन्छिन् कि, यहाँको आदिवासी खानालाई आत्मसाथ गर्ने सोचिरहँदा सुरुमा हामीले आफैँलाई एउटा प्रश्न सोध्नु उपयुक्त हुन्छ - दक्षिणी गोलार्धको गर्मी याममा के कुराहरू सुहाउँदो हुन्छ?
RX013-Guests-CreditJiwonKim-TheCookUpS5-2023-04-24-5.jpg
Arabella Douglas is a founder of Currie Country. Credit: Jiwon Kim
“र त्यो भनेको ताजा खानेकुरा हो। सि फुड र हल्का खानपान - यी सबै प्राकृतिक र नेटिभ हुन्। प्रन र क्र्याब [गँगटा] लगायतका सि फुडहरू डगलस परिवारमा छुटाउनै नहुने खाना हुन्," डगलसले बताइन्।

तर यी खानाहरू पकाउँदा प्रयोग हुने सामग्री तथा मसलाहरू भने महत्त्वपूर्ण पाटो हुन्।

उनी भन्छिन् कि यी मसलाहरूको प्रयोगले नै खानालाई विशेष ‘नेटिभ’ स्वादको बनाउने हो।

४. पाभलोभा

Strawberry Gum Pavlova with Wattleseed cream.jpg
Strawberry gum Pavlova with wattleseed cream. Credit: Josh Geelan and Luisa Brimble
अस्ट्रेलियामा चाडबाडको समयमा पाभलोभाको महत्त्व छुट्टै हुन्छ। र यसलाई स्वदेशी सामाग्रीहरू प्रयोग गरेर अझै विशेष बनाउन सकिन्छ।

“पाभलोभा सबैले मन पराउँछन्। हामीसँग स्ट्रबेरी गम पाभ्लोभा छ र त्यसको क्रिममा वटल सिड मिसाइएको हुन्छ। दुई वटा नेटिभ सामाग्रीहरू त यहाँ सजिलै आइसक्यो," कूलटार्डले बताए।

साथै यसलाई यहाँकै परम्परागत फलफूलको प्रयोग गरेर पनि बनाउन सकिने उनको भनाइ छ।

उनी भन्छन्, ६० हजार वर्षदेखि प्रयोग हुँदै आएका क्वन्डङ र डेभिडसन प्लम जस्ता आफूलाई मन पर्ने स्वादको सामग्री त्यसमा मिसाउन सकिन्छ।

५. पेय पदार्थ

तातो होस् वा चिसो, जब पेय पदार्थको कुरा आउँछ, घरमा आएका पाहुनाहरूलाई सिधै नेटिभ स्वादका पेय पदार्थको प्रस्ताव गर्न सकिन्छ।

यसमा पनि सोडा वा ककटेलमा डेभिडसन प्लम र फिङ्गर लाइम हाल्दा निकै मिठो स्वाद दिन सक्छ भने टोनिक चाहिने पेय पदार्थमा लेमन मर्टल मिसाउन सकिन्छ।

६. अनुसन्धान गर्नुहोस् र अरूलाई पनि बताउनुहोस्

जब नेटिभ सामग्रीहरूको प्रयोग गरिन्छ, तब तिनीहरूको उत्पत्तिबारे छलफल गर्नु पनि महत्त्वपूर्ण हुन्छ।

यो हामीलाई अस्ट्रेलियाको सांस्कृतिक विविधताको बारेमा जान्ने र त्यसलाई सम्मान गर्ने अवसर पनि हो ।

कूलटार्ड भन्छन् कि कुन खानेकुरा कुन राज्यबाट आएको हो, वा त्यस ठाउँको एबोरजिनल नाम चिन्ने प्रयास गर्दा त्यसको इतिहासबारे थाहा हुन्छ।

“म के विश्वास गर्छु भने जब तपाईँलाई कुनै पनि कुरालाई लिएर प्रेम र चाहना उत्पन्न भयो भने आगामी दिनमा तपाईँले गर्ने निर्णयहरू पनि त्यही अनुसारको हुन्छ, चाहे त्यो यात्रालाई लिएर होस् वा खानाको स्वादमा डुब्न, या त सांस्कृतिक सम्पदालाई सम्मान गर्न। चाहे तपाईँ अस्ट्रेलियाकै हुनुहोस् वा अस्ट्रेलिया बाहिरको," उनले बताए।

डगलस भन्छिन् कि अस्ट्रेलियाको सांस्कृतिक सम्पदालाई मनाउने अर्को तरिका भनेको नेटिभ खानेकुरा आफ्ना बगैँचामा फलाउने र अरूसँग बाँड्ने पनि हो।

“आफ्नो लागि जतिसक्दो धेरै फलाउनुहोस् किनभने आफूलाई चाहिने कुरा आफ्नो बगैँचाबाट नै ल्याउनु जस्तो राम्रो अरू केही हुँदैन,” उनले बताइन्।

“आफ्ना साथीहरू तथा परिवारसँग ती बिरुवा साटासाट गर्नुहोस्। जब ठुला सुपर मार्केटहरूको प्रयोग कम हुन्छ, तब सामुदायिक सम्बन्धहरू विकास हुन्छन्।”

त्यसैले आउँदै गरेको क्रिसमस लगायतका चाडबाडमा आफ्ना परम्परागत खानाहरूसँगै अस्ट्रेलियाका खानाहरूलाई पनि समावेश गरौँ र यहाँको समृद्ध सांस्कृतिक सम्पदालाई मनाऔँ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand