हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
'मात्र तीन दिनमा ५०० जनाले पुन:दृष्टि पाए!'

The Fred Hollows Foundation's Director of Brand and Communications, Alison Hill (L) at the Nijgadh Tilganga Community Eye Hospital in November, 2024. Credit: Supplied / Alison Hill
नेपालमा हालै सञ्चालनमा आएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले आँखा उपचारको पहुँचलाई थप सहज बनाउने फ्रेड हलोज फाउन्डेसनकी ब्रान्ड एन्ड कम्युनिकेसन्स डिरेक्टर एलिसन हिल बताउँछिन्। गत १३ नोभेम्बर, २०२४ मा भएको अस्पतालको औपचारिक उद्घाटनका लागि हिल निजगढ पुगेकी थिइन्। तिलगंगा आँखा प्रतिष्ठानले फाउन्डेसनसँगको सहकार्यमा सुरु गरेको उक्त सामुदायिक अस्पतालका योजना, नेपालमा आँखा उपचारको माग र अस्ट्रेलिया-नेपाल सम्बन्धको बारेमा हिलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Share