लगानी सम्मेलन गर्न सरकार फेरी तयार र धरहराको पुनर्निर्माण सुरु: गत सात दिन नेपालमा

Nepal investment

Source: RSS

आशा अनुरुप लगानी नभित्रिएपछि, नेपालको सरकार फेरि लगानी सम्मेलन गर्ने तयारिमा छ र भुकम्पले भत्काएको धरहराको पुनर्निर्माण शुरु भएको छ। साथै, खाडी मुलुकहरुमा कार्यरत घरेलु कामदारहरुलाई लगाइएको प्रतिबन्ध केहि खुकुलो गरिने संभावना देखिएको छ। गत ७ दिन का नेपालका केहि मुख्य समाचार।


फेरी लगानी सम्मेलन गर्दै सरकार

आगामी चैत महिनामा सरकारले लगानी सम्मेलन गर्न लागेको छ। दुई वर्ष अघि पनि सरकारले लगानी सम्मेलन गरेको थियो जसमा करिब १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो। तर त्यो वास्तविक लागनीमा हालसम्म परिणत हुन सकेको छैन।

यस पटकको सम्मेलनमा पाँच वटा क्षेत्रलाई प्राथमिकीकरण गरी विदेशि लगानीकर्ताहरुलाई आह्वान गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

उनका अनुसार सडक, रेल तथा हवाई, कृषि, उर्जा, सूचना, औद्योगिक क्षेत्रमा लगानी गर्न आहवान गरिने छ।

हट्ला त घरेलु कामदार माथि लगाइएको प्रतिबन्ध

 खाडी मुलुकहरुमा कार्यरत घरेलु कामदारहरुलाई लगाइएको प्रतिबन्ध केहि खुकुलो बनाउने मनस्थितिमा सरकार देखिएको छ। अघिल्लो सरकराको अन्तराष्ट्रिय समन्वय तथा श्रम समितिले खाडी मुलुकमा घरेलु कामदरहरु माथि शोषण भएको भन्दै ती मुलुकहरुमा घरेलु कामदार पठाउन रोक लगाउन सरकरालाई निर्देशन दिएको थियो।

त्यसयता खाडी मुलुकमा घरेलु कामदारकाको रुपमा जान चाहनेहरुलाई सरकारले श्रम स्विकृती दिन बन्द गरेको छ। जसका कारण ती मुलुकहरुमा कार्यरत कामदारहरु छुट्टिमा घर आउन पाएका छैनन्। त्यसरी बिदामा आएर फर्कन चाहनेहरुलाई श्रम स्विकृति दिनका लागी श्रम मन्त्रालयले संसदको श्रम तथा उपभोक्ता समितिसंग छलफल गरेको छ।

उक्त छलफलका क्रममा श्रम मन्त्री गोकर्ण विष्टले भने, "राम्रो पारिश्रमिक पाएका र आफ्नो कामदेखि खुशि भएका व्यक्तीला बिदामा घर आएर जान पाउने व्यवस्था गर्न अनुरोध गर्दछ। केहि समय एकजनाको फोन आएको थियो र उनले आफूले महिनाको लाख रुपैयाँ जति कमाउने गरेको बताए। उनको आमाको मृत्यु भएकोले घर आउन चाहेको तर आएपछि फेरी काममा जान नपाउने बारे उनले गुनासो गरेका थिए।"

यो एउटा प्रतिनिधि पात्रको कुरमात्र भनेको र यस्ता गुनासो दिनहुँ धेरै आउने मन्त्री बिष्टले बताए।

तर समितिका कतिपय सदस्य त्यसको विपक्षमा देखिएका छन्। उनीहरुले सरकारलाई थप विवरण र गृहकार्य सहित आउन बताएका छन्। खाडी मुलुकहरुमा करिब डेढ लाख घरेलु कामदार रहेको बताइन्छ।

राजदूत बारे अझै लिइएन निर्णय

सरकारले अघिल्लो सरकारले नियुक्त गरेका तीन जना राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। गत साता बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेश, दक्षिण कोरिया र स्पेनका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

यस्तै विभिन्न पाँच देशमा पनि निर्णय गरेको छ। तर आफ्नै सवारी चालकले मानवतस्करीको आरोप लगाएपछि त्यसबारे अनुसन्धान गर्न परराषट्र मन्त्रालय तानिएकी अष्ट्रेलियाकी राजदूत लक्की शेर्पा बारे भने निर्णय गरिनसकेको सरकारका प्रवक्ता एवं संचार एवं सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए।

उक्त आरोप बारे छानबिन गर्न गठन गरिएको टोलीले आफ्नो प्रतिवेदन बुझाएको करिब एक साता बितिसक्दा पनि कुनै निर्णय नआएको बारेमा संचारकर्मीहरुले गरेको प्रश्नको जवाफमा मन्त्री बास्कोटाले भने, "अष्ट्रेलियाको राजदूतको विषयमा छानविन भएको छ र त्यसको प्रतिवेदन प्राप्त भएको छ र प्रतिवेदन उपर अब आवश्यक कारबाहि उने प्रकृयामा छ। परराष्ट्र मन्त्री भर्खरै अमेरिकाको भ्रमण सकेर फर्कनु भएको छ त्यसैले उहाँहरुले प्रतिवेदन अध्ययन गर्दै हुनुहुन्छ।"
Nepal government
उच्चस्तरीय राजनीतिक वार्ता टोलीले उसको प्रतिवेदन सरकारलाई बुझाएको छ। Source: RSS
वार्ता टोलीले सरकारलाई प्रतिवेदन बुझायो

सरकारले गठन गरेको अधिकार सम्पन्न उच्चस्तरीय राजनीतिक वार्ता टोलीले उसको प्रतिवेदन सरकारलाई बुझाएको छ। वार्ताका क्रममा विभिन्न २६ समूहसँग औपचारिक वार्ता गरेको टोली संयोजक एवं सासंद सोमप्रसाद पाण्डेले बताए। तर स्वतन्त्र मधेशको माग गर्दै आएको सीके राउतको समूहसंग भने वार्ता नगरेको पाण्डेले बताए। यस्तै नेत्रविक्रम चन्दको पार्टीका विभिन्न तहका नेतासंग अनौपचारिक छलफल भएको तर ‌औपचारिक छलफल हुन नसकेको राजनीतिक वार्ता टोलीले बताएको छ। यस्तै प्रतिवेदनमा करिब ३ सशस्त्र समूहले हतियार बुझाएर नि:शस्त्र भएको उल्लेख गरिएको छ।

सकियो मैथिली सम्मेलन

दशबुँदे जनकपुरधामा धोषणापत्र जारी गर्दै अन्तराष्ट्रिय मैथिली सम्मेलन सम्पन्न भयो। घोषणापत्रमा नेपलाको प्रदेश १ र २ मा प्रेदेशस्तर र स्थानीय तहका सरकारी, अर्धसरकारी र गैर सरकारी कार्यलयमा मैथिली भालाई कामकाजको भाषा घोषणा गर्नुपर्नेमाग गरिएको छ। यस्तै लोकसेवा आयोग सहित सबै सेवा आयोगमा परिक्षाको माध्यममा मातृभाषा मैथिली भाषालाई पनि मान्यता दिनुपर्ने, भाषा आयोगलाई पूर्णता दिँदै आयोगमा मैथिली भाषाका विज्ञहरुलाई समानुपातिक रुपमा समावेशको माग सम्मेलन गरे गरेको छ।

विद्यालयस्तरमा पनि मैथिली भाषाको पढाइनु पर्ने अर्को माग रहेको बताइएको छ।

अख्तियारमा १९ हजारबढि उजुरी

गत आर्थिक वर्ष २०७३/२०७४मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १९ हजार ४ सय उजुरी परेको छ। जसमध्ये ६ हजार ४ सय ५८वटा प्रारम्भिक छानबिन गरेर तामेलीमा राखेको, २ सय ३२ वटा सुझावसिहत तामेलीमा राखेको, ५ सय ४६ वटा विस्तृत अनुसन्धान गरिएको र ५ हजार १ सय ३४ वटामा अन्य आवश्यक कारबाहि भएको आयोगले उसको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगका प्रमुख आयुक्त नविन घिमिरेले राष्ट्रपति समक्ष सोमबार उक्त प्रतिवेदन बुझाएका हुन्।

यस्तै आयोगका प्रवक्ता रामेश्वर दंगालले सबैभन्दा धेरै उजुरी शिक्षा सम्बन्धी र दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग सम्बन्धित उजरी बढेको जानकारी दिए। अख्तियारले गत आर्थिक वर्षमा १६ करोड १३ लाख रुपैयाँ राजश्व संकलन गरेको पनि उनले बताए।

 

नेपालमा लगानी गर्न अमेरिकालाई आग्रह

अमेरिका भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले अमेरीकी सरकारलाई नेपालाई गरेको सहयोगप्रति धन्यवाद दिँदै थप लगानी गर्न आग्रह गरेको बताए। करिब दुई दशकपछि भएको यो ठूलो औपचारिक भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धमा नयाँ आयमा सृजना गरेको उनले दावी गरे।

अमेरिकी विदेशमन्त्रीले नेपालकोविकास र राजनीतिक उपलब्धिमा सहयोग गर्ने वचन दिएक पनि बताए। "मैले नेपालमा लगानी गर्न अमेरिकी सरकारसंग आग्रह गरेँ। आउँदो मार्च महिनामा नेपालले गर्न लागेको लागनी सम्मेलनमा अमेरिकाको सहमागिताको लागि पनि अनुरोध गरेँ," मन्त्री ज्ञवालीले भने।

यस्तै गार्मेन्टका सामानमा भन्सार छुट दिन पनि अमेरिकी सरकारसंग आग्रह गरेको उनले बताए।

 

मनाङले चाम्पियन

मनाङ मर्स्याङ्दी क्लबले जारी सहित स्मारक ए डिभिजन लिग फुटबलको उपाधि हात पारेको छ। मानाङले जारी लिगमा हालसम्म खेलेको ११ वटै खेल जितेको छ र उसको ३३ अङ्क छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा  बिहिबार भएको ११ औं राउण्डको खेलमा मानङ्ले संकटालाई ३-१ले पराजित गर्यो र लिगको २ खेला बाकिँ रहँदै उपाधि हात पार्न सफल भएको छ। यसअघि मानाङले तीन पटक ए डिभिजन लिगको उपाधी जितिसकेको छ।

नेपाल भारत उर्जा सहमति

नेपाल र भारतका अधिकारीबीच उर्जा ब्याङकिङ गर्न सहमत भएका छन्। बुधबार नयाँ दिल्लीमा भएको बैठकमा उक्त सहमति भएको हो। यससंगै नेपालले खेर जाने बिजुली सदुपयोग गर्न पाएको अधिकारीहरुले बताएका छन्। यससंगै नेपालमा बढि भएको बिजुली भारतले खरिद गर्ने र नेपालमा बिजुलीको आवश्यकता परेको बेला भारतबाट खरिद गर्ने मिल्ने गरि सम्झौता हुन लागेको हो। माघको दोस्रो साता नेपालमा हुने नेपाल-भारत जलस्रोत सचिवस्तरिय बैठकले उक्त सम्झौता गर्ने बताइएको छ। उकत सम्झौता कार्यान्वयन भएपछि बर्खायाममा खेर जाने ४ हजार मेगावाट भन्दा बढि बिजुली नेपालले भारतमा आपूर्ती गर्न पाउने भएको छ।

बिजुली बस चलाउने तयारी गर्दै सरकार

सरकारले काठमाण्डूमा बिजुली बस संचालनमा ल्याउने तयारी थालेको छ। गत साता बसेको मन्त्रीपरिषदको बैठकले कम्तीमा ३ सय बिजुलु बस खरिद गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णय बारे सरकारका प्रवक्ता संचार एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने, "सहरी क्षेत्रमा विद्युतीय परिवहनलाई बढावा दिने नीति अनुसार उक्त निर्णय गरिएको हो।"

पुनर्निर्माण हुँदै धरहरा

भूकम्पले भत्काएको धरहार पुनर्निर्माणको काम अघि बढेको छ। गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास गरे। नयाँ बन्ने धरहरा आधुनिक सुविधायुक्त हुने अधिकारीहरुले बताएका छन्। करिब चारवर्ष अघि केपी शर्मा ओलीको सरकारले मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेको थियो। तर पुनर्निर्माणको काम भने सुरु हुनसेकेको थिएन। धरहरा पुनर्निमाणको जिम्मा जीआईईटिसी-रमन जेभीलाई दिइएको छ।

 

 

 

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand