गत वर्ष फेब्रुअरीमा, ओमानमा भएको चार देश सम्मिलित टि-२० सिरिज अन्तर्गत, आर्यल्याण्ड विरुद्धको खेलमा एन्डी मेकब्रायनलाई उच्च खेल भावना देखाउँदै रन आउट गर्ने अवसर हुँदा हुँदै पनि रन आउट नगरेका कारण उनले उक्त प्रतिष्ठित सम्मान पाएका हुन्।
पहिले ब्याटिङ गरिरहेको आयरल्यान्ड १८औँ ओभरमा ८ विकेटको क्षतिमा ११३ रन बनाएर खेलिरहेको स्थितिमा उसको ब्याटस्म्यान मेकब्राएन नेपाली बलर कमल सिंह एरीसँग अल्झिएर लड्न पुगेका थिए।
त्यही समय उनलाई रन आउट गर्ने अवसर मिलेको थियो तर उच्च खेल भाव देखाउँदै आसिफले त्यसो गरेनन्। यसरी उनी आईसीसी अवार्ड जित्ने पहिलो नेपाली बन्न पुगेका हुन्।