घट्‍दो जन्मदरले आउँदो सङ्घीय बजेट प्रभावित हुनसक्ने

Treasurer Josh Frydenberg arrives to address the media during a federal budget update, ahead of the 2020/21 budget scheduled for October, at Parliament House in Canberra, Thursday, July 23, 2020. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Treasurer Josh Frydenberg Source: AAP

अस्ट्रेलियामा नयाँ जन्मदर द्रुत रूपमा कटौती भइरहेको एक अध्ययनले देखाएको छ जस अनुसार अबको ५ वर्षमा औसत प्रजनन दर निकै तल्लो तहमा झर्नेछ। योसँगै सङ्घर्षरत् परिवारहरुले आगामी सङ्घीय बजेटबाट ठुलै आस राखेको बताइएको छ।


प्रत्येक वर्ष अस्ट्रेलियामा लगभग ३ लाखको सङ्ख्यामा बालबालिकाहरू जन्मिन्छन् ।

 
तर, जनसङ्ख्या सम्बन्धी भर्खरै भएको एउटा अनुसन्धानले भविष्यवाणी गरेको छ कि अब यस्तो समय आउने छ जहाँ, अहिलेको तुलनामा निकै कम मात्र बच्चाहरू जन्मिनेछन् ।
 
साथै, सो अध्ययनका अनुसार अबको ५ वर्षमा औसत प्रजनन दर निकै तल्लो तहमा झर्नेछ।
Being South Asian is as great a risk factor for stillbirth as smoking
Women born in South Asia had a 1.5 increased chance of a stillbirth at the end of their pregnancy compared with women born in Australia or New Zealand. Source: Brand X/Getty Images
अस्ट्रेलिया नेशनल युनिभर्सिटी (एएनयु) का तथ्याङ्कविद् प्राध्यापक पिटर म्याकडोनाल्डले सरकारी जनसङ्ख्या केन्द्रका लागि विश्लेषणात्मक तथ्याङ्क पेस गरेका छन् ।
 
प्रोफेसर म्याकडोनाल्डका अनुसार सन् २०१९ मा १.७ मा रहेको दर कम भएर १.६ मा रहने सम्भावना छ।
कोभिडका कारण पनि यसमा असर देखिएको छ यसको मतलब अहिलेको तुलनामा आगामी वर्ष करिब ५६ हजार कम बालबालिकाहरू जन्मनेछन्।
 
संघिय विपक्षी कोषाध्यक्ष जिम चामर्स यसमा घाटा देख्छन्।
 
 
उनी भन्छन् “यसले सरकारको कोरोनाभाईरसबाट बाहिर निस्कनका लागि गरेको आर्थिक योजनामा यसको गम्भीर असर पर्न सक्छ।”
Opposition Treasurer Jim Chalmers.
Opposition Treasurer Jim Chalmers. Source: AAP
धेरै अभिभावकहरुका लागि काम र बालबच्चाको हेरचाहका बीच तालमेल मिलाउन निकै धौ-धौ परीरहेको छ ।
 
केही आप्रवासी अभिभावकहरुले भने सरकारले कोभिडका कारण गरेको सिमा बन्दको असर आफुहरुलाई परेको बताउँछन्।
आफूलाई सबैभन्दा बढि आवश्यक परेको समयमा आफ्ना परीवारीक सदस्यहरु नभएर उनीहरुको सहयोगबाट आफुहरु बन्चित बनेको बताउँछन्।
 
सोनल त्यानत्रिअमा गत फेब्रअरीमा मात्र न्यूजल्याण्डबाट अस्ट्रेलिया बसाई सरेकी हुन् ।
 
हाल उनी अर्को बच्चा बनाउने मनस्थितीमा छैनन् किनकी उनका परीवारका सदस्यहरु यतिखेर उनीसँग छैनन्।
 
जतिबेला उनी पहीलो बच्चाको आमा बनेकी थिईन् उनको सहयोगका लागि उनको सम्पूर्ण परीवार उनीसँगै थियो ।
A baby is pictured in Brisbane
Fewer babies are being born stillborn later in pregnancy in Australia, a new study has found. (AAP) Source: AAP
अर्थशास्त्री एन्जेला ज्याक्सन भन्छिन् “सरकारले परीवारको आबश्यकतामा बढी ध्यान दिनु जरुरी छ, बालबालिका जन्मीएपछि पाउने प्यारेन्टीयल बिदा लगायतका अन्य सुबिधा बिस्तार भए, अभिभावकका लागि बच्चा कसरी हुर्काउने वा समय कसरी मिलाउने भन्ने कुराको दोधार कम हुन जान्छ, जसको परीणाम मानिसहरु बच्चा जन्माउनका लागि उत्साहित हुनेछन्।”
 
संघिय ट्रेजर जोश फ्राइडेनबर्गले गत जुलाईमा नेशनल प्रेस क्लबमा भएको भएको एक कार्यक्रममा प्रजननदर बढाउने सबैभन्दा उत्तम उपाय भनेको अस्ट्रेलियाको आर्थिका भबिष्य बारेमा जनतालाई बढि बिश्वस्त बनाउनु रहेको बताएका थिए र उनी यतिखेर अक्टोबार ६ मा आउने नयाँ बजेटका बारेमा छलफलका बारेमा व्यस्त छन् ।

 

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
घट्‍दो जन्मदरले आउँदो सङ्घीय बजेट प्रभावित हुनसक्ने | SBS Nepali