राम चन्द्र खड्का दक्षिण सिड्नीबाट हराएको झन्डै एक वर्ष हुन लाग्यो

Ram Chandra Khadka is missing since September 2018

Source: Supplied

अस्ट्रेलियामा दीर्घकालीन रूपमा करिब तीन हजार मानिसहरू हराएको तथ्याङ्क रहने गरेको बताइएको छ र जसको खोजिको लागि पहल गरिदिन अहिले देशव्यापी रूपमै राष्ट्रिय बेपत्ता व्यक्ति सप्ताह अभियान सञ्चालन भइरहेको छ। अगस्ट ४ तारिख देखि सुरु भएको यो अभियान १० तारिखसम्म चल्ने छ।


हाल बेपत्ता रहेकाहरू मध्ये, तीन वर्ष अगाडी बेपत्ता भएका तेज चिटनिस पनि एक हुन्।

हिपहप सङ्गीत मन पराउने र फिटनेसका पारखी रहेका मेलबर्न निवासी चिटनिस, उनको बुवा जयन्तको जन्मोत्सवको अवसर पारेर आयोजना भएको रात्रि भोजमा उपस्थित नभए पछि उनको खोजी सुरु भएको थियो।

अहिले उनको सानो भाइ रुद्र आफ्नो विवाहको तयारीमा लागेका छन् र यस्तो समयमा आफ्नो दाइको अत्तोपत्तो नहुनुले आफूलाई निकै दुखित बनाएको उनी बताउँछन्।

“तीन वर्षदेखि खोजी जारी नै राखेका छौँ तर अहिलेसम्म नयाँ कुरा केही पनि अगाडी आएको छैन,” रुद्र चिटनिस भन्छन्।

उता, तेज र रुद्रकीआमा रिभा आफ्नो छोरा कुनै दिन पनि घर फर्किने आशाका साथ तेजको ओछ्यानका तन्नाहरू नियमित रूपमा फेर्छिन्।

“तेजलाई मेरो सन्देश भनेको हामी सबैले उसलाई धेरै माया गर्छौँ र उसलाई निकै सम्झन्छौँ,” उनले भनिन।
रामचन्द्र खड्का पनि २०१८ सेप्टेम्बर १० देखि बेपत्ता छन्। हामीले खड्काकी श्रीमती शोभासँग पछिल्लो अवस्था के छ त भनेर सोधेका थियौँ Shobha Khadka still waiting for her missing husband

अहिले तेज सहित हाल देशव्यापी रूपमा बेपत्ता रहेका कुल सात जनाको तस्बिर बीस हजार जति कफी खाने कागजको गिलासमा छापिएका छन्।

ती गिलासहरू देशका विभिन्न स्थानमा रहेका क्याफेहरूमा प्रयोग गरिँदै छ।

कफी खाने कागजको गिलासमा हराई रहेका भनिएका मानिसहरूको फोटो छाप्ने अभियानले बेपत्ता व्यक्तिहरूको सङ्ख्यालाई एक तथ्याङ्कको रूपमा नभई उनीहरूको परिचयलाई प्राथमिकता दिन यस्तो गरेको बताइएको छ।

यस अभियानले बेपत्ताहरुको खोजीमा सानै भए पनि सहयोग पुग्ने अभियन्ताहरूले आशा गरेका छन्।
National Missing Persons Week 2019
Source: MPAN
यो अभियान सुरु गर्न संलग्न रहेकी लरेन ओ’कीफ, हराई रहेका भनिएका मानिसहरूको खोजी अभियान संस्था “मिसिङ्ग पर्संस एड्भोकेसी नेटवर्क”मा कार्यरत रहेकी छन्।

उनका अनुसार, बेपत्ता भएका भनिएका व्यक्तिहरूको पोस्टर प्रति आम मानिसहरूले त्यति ध्यान नदिएको देखेर कफीका गिलासहरूमा चित्र राख्ने योजना सुरु गरिएको हो।

“प्रत्येक दिन झन्डै एक सय मानिसहरू अस्ट्रेलिया भरबाट हराउँछन् र हामीले यसलाई गम्भीरता पूर्वक लिन जरुरी छ,” ओ’कीफ भन्छिन्।

सन् १९८० को दशकमा संयुक्त राज्यमा बेपत्ता भएका मानिसहरू बारे जानकारी दूधको बट्टामा राख्ने सफल अभियानमा अहिले केही परिवर्तन गर्दै थप मानिसहरू समक्ष जानकारी पुराउन कफी कपको योजना आएको पनि उनले औँल्याइन।
“मानिसहरूलाई एकक्षणका लागि भए पनि टक्क अडिएर सोच्न, पढ्न र अन्य व्यक्तिहरूका हराई रहेका भनिएका प्रियजनहरू बारे केही जान्ने प्रेरणाका लागि यसो गरिएको हो।”
प्राय जसो हराउने मानिसहरू चाडै नै भेटिने गरे तापनि अस्ट्रेलिया भर बेपत्ता रहेका मानिसहरूको दीर्घकालीन सङ्ख्या ३,००० को हाराहारीमा रहको बताइन्छ।
अनि, जयन्त चिटनिस भने यस्तो कफी कप अभियानले सन् २०१६को अप्रिल देखि हराई रहेका छोरा तेजको अवस्था कस्तो रहेको छ भन्ने जान्न आफूलाई केही सहयोग हुने आशा गर्दछन्।

“हाम्रो यत्रो विशाल देश छ, कसो मेरो छोराको फोटो भएको कप देखेर कसैलाई उसको बारेमा याद आइ पो हाल्छ कि?”

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand