भिक्टोरियामा आपराधिक जिम्मेवारीको उमेर हद १० वर्षबाट बढाएर १२ वर्ष पुर्‍याइने

A child's hand hooked on a blue metal fence

Youth Justice. Source: Getty / Getty Images

भिक्टोरिया सरकारले आउँदो वर्ष आपराधिक जिम्मेवारीको उमेरलाई बढाउने योजना बनाएको छ। अहिले १० वर्ष रहेको उमेरलाई, आउँदो साल १२ वर्ष बनाउँदै, सन् २०२७ सम्म १४ वर्ष बनाउने सरकारको योजना छ। यता युवा अधिवक्ताहरूले भने आपराधिक जिम्मेवारीको उमेरलाई यसरी चरण चरणमा बढाउनु भन्दा एकै पटक बढाउनु पर्ने बताएका छन्। बालबालिकाहरूलाई हिरासतमा राखिनबाट रोक्नका लागि यस नियममा तुरुन्त परिवर्तन आउनु पर्ने उनीहरूको भनाइ छ।


भिक्टोरिया सरकारले आपराधिक जिम्मेवारीको उमेरलाई आउँदो साल १० वर्षबाट बढाएर १२ वर्ष पुर्‍याउने बताएको छ।

हाल १० वर्ष उमेर भएका बालबालिकाहरू कुनै अपराधको आरोप लागेमा वा दोषी ठहर भएमा, पक्राउमा पर्न या किशोर किशोरीहरूलाई राखिने जुभिनाइल हिरासतमा राखिन सकिने व्यवस्था रहेको छ।

साथै सरकारी योजनामा आउँदो चार वर्षमा आपराधिक जिम्मेवारीको उमेरलाई १४ वर्ष बनाउने रहेको छ।

आपराधिक जिम्मेवारीको उमेरलाई १४ वर्ष बनाउनु पर्ने भन्दै लामो समयदेखि आवाज उठाउँदै आएका अधिवक्ताहरूले सरकारको चरणबद्ध योजनालाई लिएर असन्तुष्टि व्यक्त गरिरहँदा राज्यकी महान्यायाधिवक्ता ज्याक्लिन साइम्सले भने यसलाई प्रगतिशील सुधारका रूपमा लिएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand