कुराकानीका मुख्य विषयहरू:
- रियल स्टेट बजारको अवस्था सन् २०२४ मा कस्तो रह्यो त?
- सन् २०२५ आर्थिक हिसाबले कस्तो देखिन्छ त?
- यस वर्ष र लगानीकर्ताहरूले अपेक्षा अनुसारको प्रतिफल पाए कि पाएनन् ?
- आगामी वर्ष नयाँ घर किन्नेका लागि कुनै सरकारी योजनाहरू आउँदैछन् कि ?
- मेलबर्नमा घर जग्गाको भाउ अपेक्षित रूपमा नबढ्नुको कारण के होला?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, एक्स (पहिले ट्विटर भनिने), इन्स्टाग्राम मार्फत वा इमेल गरेर पठाउन पनि सक्नुहुन्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।