Analysis

рд╕рдЩреНрдШреАрдп рдмрдЬреЗрдЯ реирежреиреи-реирей: рдХрд╕рдХреЛ рдирд╛рдлрд╛ - рдХрд╕рдХреЛ рдШрд╛рдЯрд╛?

рд╕рдиреН реирежреиреи рдХреЛ рд╕рдЩреНрдШреАрдп рдмрдЬреЗрдЯрдорд╛ рджреИрдирд┐рдХ рдЬреАрд╡рдирдпрд╛рдкрдирдХреЛ рдЦрд░реНрдЪрд▓рд╛рдИ рдкреНрд░рдореБрдЦ рд╡рд┐рд╖рдпрдХреЛ рд░реВрдкрдорд╛ рд▓рд┐рдЗрдПрдХреЛ рдерд┐рдпреЛ - рддрдкрд╛рдИрдБрд▓реЗ рдХреЗ рдкрд╛рдЙрдиреБрд╣реБрдиреНрдЫ рд░ рдХреЗ рдЧреБрдорд╛рдЙрдиреБрд╣реБрдиреНрдЫ ?

The 2022 federal budget - who are the key winners and losers?

Source: SBS

र्वाचन नजिक रहेको समयमा ट्रेजरर जश फ्राईडनबर्गले प्रस्तुत गरेको बजेटमा २५० डलर भुक्तानी र करिब ६० लाख जनाको लागि पेट्रोलको मूल्यमा अस्थायी सहयोग जस्ता विभिन्न पक्षहरू छन्।  


यस बजेटले कसलाई नाफा हुन्छ र कसलाई घाटा हुन्छ त? 

рдХрд╛рдорджрд╛рд░ рд░ рдХрд╛рдо рдЦреЛрдЬрд┐рд░рд╣реЗрдХрд╛рд╣рд░реВ

ट्रेजरर फ्राईडनबर्गले अस्ट्रेलियाको बेरोजगारी दरको जानकारी दिँदै मङ्गलबार राति बजेटको घोषणा सुरु गरेका थिए।  


बेरोजगार दर हाल चार प्रतिशत छ, जुन “४८ वर्षको अवधिमा सबैभन्दा कम” हो। यो सेप्टेम्बर महिनासम्म ३.७५ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।


कामदार र काम खोजिरहेकाहरूको लागि वर्तमान अवस्था सकारात्मक रहेको छ।
Australia's unemployment rate is set to fall even further to 3.75 per cent in the 2022-23 September quarter.
Australia's unemployment rate is set to fall even further to 3.75 per cent in the 2022-23 September quarter. Source: SBS

ज्याला वृद्धि पनि “एक दशकको अवधिमा सबैभन्दा छिटो बढेको” बताइएको छ।  


सन् २०२१-२२ मा २.७५ प्रतिशत रहेको ज्याला मूल्य सूचकाङ्क सन् २०२२-२३ मा बढेर ३.२५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।  


यसको अर्थ, बजेटको कागजातमा उल्लेख गरिए अनुसार - 
рдХрд╛рдорджрд╛рд░рд╣рд░реВрд▓реЗ рдЕрд╣рд┐рд▓реЗрдХреЛ рд╢реНрд░рдо рдмрдЬрд╛рд░рдХреЛ рдлрд╛рдЗрджрд╛ рдЙрдард╛рдЙрдБрджреИ рдЧрд░реНрджрд╛, рдкреНрд░рддрд┐ рдШрдгреНрдЯрд╛ рдХрдорд╛рдЙрдиреЗ рдФрд╕рдд рдЖрдореНрджрд╛рдиреА, рд╕рдиреН реирежреиреи рдХреЛ рдЬреБрди рдорд╣рд┐рдирд╛рд╕рдореНрдо рдкрд╛рдБрдЪ рдкреНрд░рддрд┐рд╢рддрд▓реЗ рдмрдвреНрдиреЗ рдЕрдкреЗрдХреНрд╖рд╛ рдЧрд░рд┐рдПрдХреЛ рдЫред

рд░рдХреНрд╖рд╛

रक्षा र राष्ट्रिय सुरक्षा सन् २०२२-२३ को बजेटको एक प्रमुख पाटो हो। सन् २०२१-२२ को तुलनामा २०२२-२३ मा अस्ट्रेलियाले रक्षा क्षेत्रमा बढी खर्च गर्दै छ। 


सरकारको अनुसार हाल “विश्व रणनीतिक प्रतिस्पर्धामा बढ्दै गएको समयमा”, नियममा आधारित अन्तराष्ट्रिय व्यवस्था “जोखिममा” परेको छ।  


“विशेष गरी चीनको बढ्दो दृढताका साथ, हामीले यो हाम्रो क्षेत्रमा र विश्वव्यापी रूपमा देखिरहेका छौँ,” सरकारको भनाइ थियो।
The 2022-23 budget contains $9.9 billion to develop AustraliaтАЩs offensive and defensive cyber capabilities.
The 2022-23 budget contains $9.9 billion to develop AustraliaтАЩs offensive and defensive cyber capabilities. Source: SBS

यसपालिको बजेटमा अस्ट्रेलियाको साइबर क्षमताको विकासका लागि ९ अर्ब ९० करोड डलर समावेश गर्दै, यस रक्षा योजनालाई “रेड स्पाइस” नाम दिइएको छ।  


यो वर्ष रक्षामा ४८ अर्ब डलर खर्च गरिँदै छ, जुन कुल ग्राह्यस्थ उत्पादन (जीडीपी)को २.२ प्रतिशत बराबर हो। गत वर्ष यस क्षेत्रमा ४४ अर्ब ६२ करोड डलर (जीडीपीको २.१ प्रतिशत) खर्चिएको थियो।  

рдЕрдлрдЧрд╛рдиреА рд╢рд░рдгрд╛рд░реНрдереА

सरकारले अफगानी शरणार्थीहरू सन् २०२२-२३ देखि चार वर्षसम्म थप १६,५०० मानवीय भिसा प्रदान गर्न भएको छ।  


हरेक वर्ष अस्ट्रेलियाको मानवीय भिसा कार्यक्रममा विश्वव्यापी रूपमा १३,७५० कोटाहरू हुन्छन्।  


अफगानिस्तानमा तालिबानको सत्ता फिर्ता आए पछि अस्ट्रेलियालाई नयाँ घर बनाउन चाहनेहरूका लागि अस्ट्रेलियाले थप भिसाहरू प्रदान गर्ने घोषणा गरेको हो।  

рдиреНрдпреВрди рд░ рдордзреНрдпрдо рдЖрдп рднрдПрдХрд╛ рд╡реНрдпрдХреНрддрд┐рд╣рд░реВ

सरकारले “महामारी, युक्रेनमा भएको लडाइ र खराब मौसमका कारण” दैनिक खर्चमा समस्या भएका अस्ट्रेलियाली घरपरिवार र व्यवसायहरूलाई “अस्थायी र लक्षित” सहयोग गर्ने बताएको छ।
The 2022-23 budget
The 2022-23 budget includes a $420 cost of living tax offset for more than 10 million low- and middle-income earners. Source: SBS

यस अन्तर्गत न्यून र मध्यम आय भएका एक करोडभन्दा बढी मानिसहरूले दैनिक खर्चको कर छुटमा ४२० डलर पाउने छन्।  


यो सन् २०२२ को जुलाई एक तारिखदेखि सुरु हुन्छ, जब तपाईँले आफ्नो २०२१-२२ ट्याक्स रिटर्न गर्न सक्नु हुन्छ।  


एक पटक मात्र पाइने यस रकमले कर रसिदहरू ४ अर्ब १० करोडले घटाउने अनुमान गरिएको छ।  

рдкреЗрдиреНрд╕рди рдкреНрд░рдпреЛрдЧ рдЧрд░реНрдиреЗ рд░ рд╕рд╣реБрд▓рд┐рдпрдд рдХрд╛рд░реНрдб рднрдПрдХрд╛ рд╡реНрдпрдХреНрддрд┐рд╣рд░реВ

अस्ट्रेलियामा पेन्सन प्रयोग गर्ने, कल्याणकारी सहयोग पाउने, दिग्गज र सहुलियत कार्ड (कन्सेसन कार्ड) प्रयोग गर्ने योग्य व्यक्तिहरूले दैनिक खर्चको लागि २५० डलर पाउने छन्।  


एक पटक प्राप्त गर्न मिल्ने यो रकम करिब ६० लाख जनालाई दिइनेछ, र यसबाट मुख्य गरी पेन्सन प्रयोग गर्ने व्यक्तिहरू लाभान्वित हुने छन्। यसको लागि सरकारले १ अर्ब ५० करोड डलर खर्च गर्दै छ।  

рдЕрд░реНрдерддрдиреНрддреНрд░

यस बजेटको अनुसार यस वर्ष र आउँदा सालमा आर्थिक प्रगतिको अनुमान गरिएको छ। यसको कारण “श्रम क्षत्र र उपभोक्ता खर्चमा सोचेकोभन्दा बढी भएको वृद्धि” रहेको बताइएको छ।  


सन् २०२१-२२ को अवधिमा वास्तविक कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) ४.२५ प्रतिशतले बढ्दै, सन् २०२२-२३ मा ३.२५ प्रतिशतले बढ्ने अनुमान रहेको छ।  


त्यस्तै, उकालो लाग्दै यो दर २०२३-२४, २०२४-२५ र २०२५-२६ मा २.५ प्रतिशतले बढ्ने अनुमान छ।  

рд╕рд╡рд╛рд░реА рдЪрд╛рд▓рдХрд╣рд░реВ

इन्धनको मूल्य बढेर प्रति लिटर दुई डलर पुग्दा, चालकहरूले केही राहत पाउने भएका छन्।
Drivers can now save 22 cents per litre at the bowser, for six months starting 30 March 2022.
Drivers can now save 22 cents per litre at the bowser, for six months starting 30 March 2022. Source: SBS

सरकारले बुधबार ३० मार्चको मध्यरातदेखि पेट्रोल र डिजेलमा लाग्ने अन्त:शुल्क करलाई (एक्साइज ट्याक्स) ६ महिनाको लागि आधा घटाउने भएको छ।  


यसको मतलब चालकहरूले इन्धन खरिद गर्दा प्रति लिटर २२ सेन्ट बचाउन पाउने छन्। ३ अर्ब डलरको यो योजनाले एउटा गाडी भएका एक परिवारलाई औसतमा ३०० डलरको नाफा हुने सरकारको भनाइ छ।  

рд╕рд╛рдирд╛ рд╡реНрдпрд╡рд╕рд╛рдпрд╣рд░реВ

कामदारको अभावसँग सङ्घर्ष गरिरहेका साना व्यवसायहरूले १०,००० दक्ष प्रवासी स्थानहरूको वृद्धिबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। 


सन् २०२२-२३ को आर्थिक वर्षमा सम्भावित ब्याकप्याकरहरूका लागि थप ११,००० ठाउँहरू पनि छन्। 

рдХреНрд╖рддреНрд░рд┐рдп рдЕрд╕реНрдЯреНрд░реЗрд▓рд┐рдпрд╛

सरकारले “अस्ट्रेलियाको उत्पादन र विकासमा वृद्धिका लागि पूर्वाधार निर्माण गर्न” ७ अर्ब १० करोड डलर प्रदान गर्ने बताएको छ।  


यस रकमलाई सरकारले “राष्ट्रिय समृद्धि” माथि ध्यान केन्द्रित गर्दै यी चार वटा स्थानमा प्रयोग गर्ने बताएको छ: 


नर्दन टेरिटरीको निर्यातलाई डार्विन हुँदै एसिया पुराउनका लागि २ अर्ब १० करोड डलर। ग्रेटर डार्विन क्षत्रको पानी सुरक्षा सुधारका लागि सरकारको आठ अर्ब ९० करोड बराबर नेशनल वाटर ग्रिड फन्डबाट थप करिब ३० करोड डलर प्रयोग बताइएको छ।  


उत्तरी र मध्य क्वीन्सल्यान्डको पानी सम्बन्धी पूर्वाधार र आपूर्ति परियोजनाहरूका एक अर्ब ७० करोड डलर। पिल्बारा क्षत्रमा कम उत्सर्जन हुने उत्पादनलाई बढाउन एक अर्ब ५० करोड डलर प्रदान गरिने बताइएको छ।  


हन्टर क्षेत्रमा आपूर्ति र निर्यातलाई सुधार्ने उद्देश्यका साथ यातायात र बन्दरगाह पूर्वाधार परियोजनाका लागि ७५ करोड डलर प्रदान गरिने बताइएको छ।  

рдШрд░ рднрд╛рдбрд╛ рд░ рдЖрд╡рд╛рд╕ рдмрдЬрд╛рд░

अस्ट्रेलियाका थुप्रै ठाउँमा अहिले घर भाडाहरू बढिरहेका छन् र सरकारले यस क्षत्रमा लाखौँ डलर खर्चिरहेको छ।
A sale sign is seen in front of a property in Canberra, Thursday, February 24, 2022. (AAP Image/Lukas Coch) NO ARCHIVING
A sale sign is seen in front of a property in Canberra, Thursday, February 24, 2022. (AAP Image/Lukas Coch) NO ARCHIVING Source: AAP

तर अर्थशास्त्री ग्याब्रिएला डि’सूजा भन्छिन् कि, मानिसहरूको घर किन्ने सपना साकार गर्न यी सरकारी योजनाहरूले गर्दैनन्।  


“जब प्रमुख सहरहरूमा घरको औसत मूल्य १० लाख भन्दा बढी छन्, यी योजनाहरूले खासै केही गर्दैनन्,” उनले भनिन्।  

рд╡рд╛рддрд╛рд╡рд░рдг

पछिल्ला केही वर्षमा आगलागीदेखि बाढीसम्म, अस्ट्रेलियाले थुप्रै प्राकृतिक प्रकोपको सामना गर्नु परेको छ। तर बजेटको कागजातमा भने “जलवायु परिवर्तन” केवल एक पटक उल्लेख गरिएको छ।  


“अस्ट्रेलिया सन् २०५० सम्म शून्य उत्सर्जन गर्ने मार्गमा छ, र विश्वव्यापी जलवायु परिवर्तनको सन्दर्भमा आफ्नो भूमिका निभाउँदै छ। त्यस लक्षमा हामीलाई करले होइन, प्रविधिले पुराउँछ,” ट्रेजरर फ्राईडनबर्गले मङ्गलबार बताए।
Australian Treasurer Josh Frydenberg poses for photograph outside the Treasury Department building in Canberra, Thursday, March 24, 2022. (AAP Image/Lukas Coch) NO ARCHIVING
Australian Treasurer Josh Frydenberg poses for photograph outside the Treasury Department building in Canberra, Thursday, March 24, 2022. Source: (AAP Image/Lukas Coch) NO ARCHIVING

рдХрд▓рд╛

कोभिड-१९ महामारीका कारण घाटामा गएका क्षत्रहरू मध्य कला पनि पर्दछ। तर यसपालिको बजेटमा यस क्षत्रको लागि धेरै सहयोग देखिएको छैन, र आउँदा सालमा खर्च झनै घटाउने बताइएको छ।  


सन् २०२२-२३ को बजेटले कला क्षत्रलाई ७९ करोड ९० लाख डलर प्रदान गर्ने भनेको छ। गत वर्ष २०२१-२२ मा यो रकम ९८ करोडभन्दा बढी थियो, र अर्को वर्ष सन् २०२३-२४ मा यसलाई ७३ करोड ६० लाखमा घटाउने बताइएको छ। 





Share

Published

Updated

By Isabelle Lane
Presented by SBS Nepali
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
рд╕рдЩреНрдШреАрдп рдмрдЬреЗрдЯ реирежреиреи-реирей: рдХрд╕рдХреЛ рдирд╛рдлрд╛ - рдХрд╕рдХреЛ рдШрд╛рдЯрд╛? | SBS Nepali