Explainer

अन्तर्क्रियात्मक नक्सा: मेलबर्नमा तपाईँ बस्ने ठाऊँबाट ५ किलोमिटर

महानगरीय मेलबर्नमा बस्नु हुन्छ? कोरोनाभाइरस प्रतिबन्धका कारण हाल तपाईँ आफू बसेको घरभन्दा पाँच किलोमिटर टाढासम्म मात्र जान पाउनुहुन्छ।

SBS News graphic

Source: SBS News

आफू बसेको ठाउँबाट पाँच किलोमिटरको परिधि कहाँसम्म छ त भनेर जान्न चाहनुहुन्छ भने तलको नक्साको “Search address” लेखेको बक्सामा आफ्नो घर भएको सडकको नाम हालेर हेर्नुहोस्।
अत्यावश्यक भनेर वर्गीकृत भएका काममा जान, कोभिड-१९ को खोप लगाउन, कोरोनाभाइरस परीक्षण र जरुरी किनमेल लगायत आफन्तजनको हेरचाह गर्न जानुहुन्छ भने चाहिँ तपाईँलाई पाँच किलोमिटरको नियम लागू हुँदैन।

भिक्टोरियाली सरकारका अनुसार यस प्रकारको यात्रा प्रतिबन्ध आगामी सेप्टेम्बर २ तारिख रातीको ११:५९ बजेसम्म कायम रहनेछ।

महानगरीय मेलबर्नमा ३१ स्थानीय सरकार क्षेत्र वा काउन्सिलहरू पर्छन्, र ती यस प्रकार छन्:

  • बान्युल,
  • ह्युम,
  • मोरल्यान्ड,
  • बेसाइड,
  • किङ्गस्टन,
  • मर्निङ्टन पेनिनसुला,
  • बुरूनडारा,
  • नक्स,
  • निलुमबिक,
  • ब्रिमब्याङ्क,
  • मनिङ्घम,
  • पोर्ट फिलिप,
  • कार्डिनिया,
  • म्यारीब्नङ,
  • स्टनिङटन,
  • केसी,
  • मरून्डाह,
  • ह्वाइटहर्स,
  • डारेबिन,
  • मेलबर्न,
  • ह्विट्टलसी,
  • फ्र्याङ्क्सटन,
  • मेल्टन,
  • विन्डह्याम,
  • ग्लेन आइरा,
  • मोन्यास,
  • यार्रा,
  • ग्रेटर ड्यान्डेनङ,
  • मूनी भ्याली,
  • यार्रा रेन्जेस र
  • हब्सन बे।
कोरोनाभाइरस महामारी बारे हामीले दैनिक रूपमा अस्ट्रेलियाली समाचार, सूचना तथा अन्य आवश्यक जानकारीहरु प्रस्तुत गर्ने गरेका छौँ।

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा


Share

Published

Updated

Source: SBS News

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand