हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
दशैँ-तिहारमा नेपाल जाने योजना छ भने टिकट काट्न ‘लास्ट मिनेट’सम्म नकुर्नुहोस् भन्छन् यी ट्राभल व्यावसायी

माग अनुसार हवाई सेवा आपूर्ति नहुँदा नेपाल जान योजना बनाएकाहरूले छिटो टिकट काट्नु पर्ने महेन्द्रकुमार लम्सालको भनाइ छ। Credit: (L) Facebook/Mahendra Kumar Lamsal, (R) AP/ Niranjan Shrestha
कोभिड-१९ महामारी पछि अझै पनि माग अनुसार हवाई सेवा आपूर्ति नहुँदा नेपाल जान योजना बनाएकाहरूले छिटो टिकट काट्नु पर्ने बताइएको छ। सिड्नीका एक ट्राभल एजेन्सी सञ्चालक महेन्द्रकुमार लम्सालले दशैँ-तिहारमा नेपाल जानेहरूको चाप बढ्ने भएकाले महिनौँ अगाडीदेखि टिकट बिक्री सुरु भइसकेको एसबीएस नेपालीलाई बताएका छन्। लम्सालसँग गरिएको उक्त कुराकानीसँगै कोभिड-१९ महामारी पछि फ्रान्सको पेरिसमा जारी पेरिस एयर सोमा विभिन्न कम्पनीहरूले गरिरहेको नयाँ विमानहरूको प्रदर्शनी सम्बन्धी एक रिपोर्ट सुन्नुहोस्।
Share