हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
'मेन्टरशिप र गाइडेन्स पुगेन': के हो त अस्ट्रेलियाका नेपाली युवाहरूको मुख्य समस्या?

Mohit Sirohi (R) is the head of the NRNA Australia Student Advisory Council. Source: Facebook / Fantastic Pictures Service
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाले युवा जनसङ्ख्यालाई लक्षित गर्दै पहिलो ‘एनआरएनए युथ कन्क्लेभ' सम्पन्न गरेको छ। एनआरएनए अस्ट्रेलियाले सङ्घको युवा फोरम र विद्यार्थी सल्लाहकार परिषद्सँगको सहकार्यमा एडिलेडमा २१ सेप्टेम्बरमा गरेको उक्त कार्यक्रमको नारा ‘ब्रिजिङ जेनेरेसन्स’ रहेको कार्यक्रम संयोजक मोहित सिरोहीले बताएका छन्। अस्ट्रेलियाको युवा नेपाली जनसङ्ख्याका प्रमुख चुनौती र तिनका समाधानका बारेमा विद्यार्थी सल्लाहकार परिषद्का प्रमुख पनि रहेका सिरोहीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
Share